दुई तिहाई बहुमतको आधारमा बनेको सरकारको दम्भका कारण नेपाली जनताहरूले दुःख पाए: निधि

राजनीति

ग्लोबल युथ एलाएन्स द्रारा आयोजित युवा र राजनीतिक बिचार गोष्ठी कार्यक्रममा नेपाल बिधार्थी संघका नि.वर्तमान केन्द्रीय सदस्य सुमन पाण्डेले देशमा समृद्धि ल्याउन युवा जनशक्ति खाँचो रहेको बताएका छन् ।

उक्त कार्यक्रमको सभापतित्व समेत गर्नु भएको युवा नेता पाण्डेले युवालाइ खाडीमा पठाएर समृद्धि नेपाल र शुखी नेपालीको आशा गर्नु कल्पना भन्दा बाहिरको कुरा रहेको अठोट गरेको थिए । युवा र राजनीतिक बिचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथि पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको उप सभापति बिमलेन्द्र निधि साथै सम्पूर्ण विशिष्ट अतिथि को उपस्थिति रहेको थियो ।

सो अबसरमा प्रमुख अतिथि पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको उप सभापति बिमलेन्द्र निधिले देश चलाउन सिङ्गापुरबाट पाईदैन भन्ने आरोप लगाउँदै उनले भने कम्युनिष्ट सरकारले जनतालाई दुःख दिनलाई मात्र रहेको कुरा प्रष्ट गरेको थिए। उनले दुई तिहाई बहुमतको आधारमा बनेको कम्युनिष्ट सरकारको दम्भका कारण नेपाली जनताहरूले दुःख पाएको बताएका छन् ।

वर्तमान सरकारले जनतालाई राहतभन्दा दुःख दिने काम गरिरहेको आरोप लगाए । “यो सरकार बनेदेखि जनताले दुःख पाइरहेका छन्,” उनले भने, “करको भार थोपरिएको छ, महँगी बढेको छ । जनताले राहत होइन आहत महसुस गरिरहेका छन् ।”

अनावश्यक रुपमा करमा वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको उनको भनाइ थियो । जताततै हत्या, हिंसा बढ्नु पनि सरकारको नालायकताको उदाहरण भएको उनले बताए । नेपाली जनताले दिएको जनमतको कदर सरकारले गर्न नसकेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *