टानमा नयाँ नेतृत्व छानिँदै

पर्यटन प्रमुख

काठमाडौं । पर्यटन क्षेत्रका लागि अति चर्चामा रहने टानमा यही २० भदौमा ४१औँ साधारण सभा सम्पन्न हुँदै छ । यसका लागि द्वितीय उपाध्यक्ष पदका लागि तेन्जिङ शेर्पाले उम्मेदवारी दिएका छन् । उनी सोलुखुम्बु जिल्लाको विकट जिल्लामा जन्मिएर पर्यटन क्षेत्रका लागि ट्रेकिङ गाइडबाट सुरु गरेका शेर्पा नेपालको कुनाकाप्चासम्म पर्यटन सम्बन्धि ज्ञान हासिल गरेका छन् ।

ट्रेकिङ क्षेत्रमा लागेर विभिन्न देशबाट आएका पर्यटकलाई दुःख, सुख परेको बेलामा विदेशीलाई सहयोग गर्ने र उदाहरणीय भूमिका निभाएका छन् र नेपालीको पनि गरिब निमुखा दाजुभाइ, दिदीबहिनीको छोराछोरीलाई निःशुल्क पढाएका छन् । सेवा गरेका छन् । यस्तै आपत्विपत आइपर्दा साँझ, बिहान भोक तिर्खा नभनी सेवा गर्दै आएका छन् । उनी समाजमा राम्रो उदाहरणीय काम गरेका छन् । र, अहिले पर्यटन क्षेत्रलाई राम्रो बनाउनका लागि उनले टानमा द्वितीय उपाध्यक्षको उम्मेदवारी दिएका छन् । आफू विजय भएमा टान हस्पिटल खोल्ने उनले बताएका छन् । टान हस्पिटल खोलेर पर्यटनका लागि राम्रो सेवा सुविधा दिने सोचमा उनी छन् । नेपालमा आएका पर्यटकलाई नेपालको कुुनाकाप्चासम्म पु¥याउने योजना रहेको उनी बताउँछन् । पर्यटक बिमारी हुँदा ठगी गर्ने विभिन्न बहानामा ठग्ने व्यक्तिको पहिचान गर्ने उनको लक्ष्य रहेको छ ।

यस्तै हिमाल आरोहण गर्ने र दुर्घटना र भैपरी आउने समस्यालाई समाधान गरी अंगभगं भई मृत्यु भएको व्यक्तिहरुको सालिक निर्माण गर्ने योजना रहेको छ । उनी भन्छन्, ‘टानमा जति पनि काम हुनुपर्नेमा भएको छैन । टानमा राजनीतिक खिचातानीले टानको विकास हुन नसकेको बताएका छन् । यदि द्वितीय उपाध्यक्षमा म जितेर आएको खण्डमा टान र अन्य क्षेत्रमा समेत आफूले सकेको सहयोग गर्ने छु ।’

उनले १९९५ देखि टे«किङ व्यवसायमा लागेको बताएका छन् । उनलाई यस क्षेत्रमा ल्याउन आफ्नै मामाको योगदान रहेकोसमेत बताएका छन् । यस्तै ट्रेकिङ व्यवसायीबाट आम्दानी भएको पैसा बिरामी हुँदा बुढाबुढी र बालबच्चालाई सहयोग गर्ने गरेकोसमेत बताए । नेपालमा भौतिक पूर्वाधार सम्पन्न भएमा नेपालमा ४० लाख पर्यटक आउने सम्भावना रहेको बताएका छन् । यसका लागि सबैतिरबाट पहल गर्नुपर्नेसमेत बताए । टानलाई व्यावसायीकरण गरेर लाने, पर्यटन व्यवसायीहरुलाई एकताबद्ध बनाएर सहकार्य गरी पर्यटनको विकासका लागि सधैँ लागि पर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *