कम्युटर ह्याकमा प्रहरी नै फस्यो

प्रमुख बिबिध

काठमाडौं । जसले अपराधको नियन्त्रण र अनुसन्धान अनुगमन गर्छ त्यही संस्था प्राविधिक संकटमा प¥यो भन्ने सुन्दा प्राविधक पाटोमा हलचल ल्याएको अहिलेको प्राविधिप्रति नै प्रश्न उठाउनु पर्ने बेला आएको छ । आइजिपी सर्वेन्द्र खनाल त्यो पद समाल्न आएपछि प्रहरीले साइबरब्युरो विभाग र महिला बेचविखन विभागको रुपमा स्थापना गरिएको बताए । अहिलेको कम्प्युटर ह्याक काण्ड सामसुम हुँदैन । प्रहरीको कमजोरी कै कारणले कञ्चनपुर घटना काण्डको निष्कर्ष आएन । देशमा भएका मानव हत्या, तस्करी, चोरी, बलात्कार, आत्महत्या दुरुत्साहनजस्ता केसमा प्रहरीको पोसाक लगाएर उपस्थित हुन्छ ।

जसले छानबिन अनुसन्धान र तहकिकात गर्छ, त्यसैले अपराधजन्य धन्दालाई सघाउने गर्छ भन्ने कुरा एयरपोर्टको सुन तस्करीमा प्रहरीकै उच्च ओदाहाका एसएसपी विकास खनालको सहभागिताले छर्लंग पार्छ । सर्वोच्चका न्यायाधीशलाई पैसा खुवाएर विकासले सफाइ पनि पाए । अहिले आइजिपी खनालले आफ्नो पुरानो गाँउ, बस्ती र गोत्रीय भाइको रुपमा लिएर बाराजस्तो ठाउँमा तस्करी संजाल चम्केको ठाउँमा विकास खनाललाई जिल्ला प्रहरीको नेतृत्व गर्न पठाएका छन् ।
नेपाल प्रहरीको सरुवा बढुवाजस्ता काममा भनसुन र पैसाले ठूलो अर्थ राख्छ । तत्कालिन गृहमन्त्री वामदेव गौतम र भीम रावल गृहमन्त्री बन्दा तत्कालिन एमालेका चल्तापुर्जा युवाहरुको धन्दा लेनदेनमा केन्द्रित थियो । कांग्रेसका खुमबहादुर खड्काको समयमा त शंकर भण्डारीको धन्दा नै प्रहरीको सरुवा बढुवा र एयरपोर्टबाट तस्करी चम्काउने अभियान नै चलाएका थिए भनिन्छ । कांग्रेसको तरुण दलका धन्दा नै तस्कर संरक्षण मात्र होइन, गृहमन्त्रीबाट पाउनु पर्ने माग थियो । बालकृष्ण खाँडले तत्कालिन गृहमहन्त्री गोविन्दराज जोशीको कठालो समाउन पुगेका थिए । अहिले गृहमन्त्री रामबहादुर थापा छन् । उनलाई जातीय नेताका रुपमा लिइन्छ । संयोगले गृह सचिव पनि जनजाति परे । मन्त्री र सचिवले प्रहरी संरचनामा भद्रगोल बनाइराख्दा आइजिपी सर्वेन्द्रले बेल्न सकेका छैनन् ।

प्रहरी प्रधान कार्यलयले नियन्त्रणमा राखेको प्रहरी प्रशिक्षण केन्द्रको कम्प्युटर सर्भर ह्याकरले नियान्त्रण गर्दासमेत पत्तो नपाउने कस्तो क्षमता रहेछ त यो प्रहरीमा रु पूर्वआइजिपीले दामासाही बाँड्थे तर सर्वेन्द्र एक्लै खान्छन् । तर उनी आफू शुद्ध भन्छन् उनको शुद्धता प्रहरी हेडक्वार्टरमा हलचल ल्यायो । त्यहाँ तस्कर दीपक मलहोत्राले ४५ हजार जोर गुणस्तरहीन बुट जबर्जस्त भिडाएर पैसा लागिसकेका छन् ।

यस्तै संगठनमा सफलता पाएका आइजिपी खनालले राजनीतिक दबाबकै कारण निर्मला पन्त बलात्कार र हत्या प्रकारणको अपराधी पत्ता लगाउन नसक्ने स्थितिसम्म पुगेका छन् । आन्तरिक सरुवामा पनि उनले बद्नाम निरीक्षक असरफ अलीलाई पैसा पठाएका छन् । सोमेन्द्रसिंह राठौरले ललितपुरमा बस्दा घुस लिँदालिँदै समातिएका रमेश सिंहलाई बौद्धको डिएसपी बनाएकै छन् । त्यसो त तस्कारका देवी पौडेल काठमाडौं परिसर आएका छन् । धादिङका एसपी राजकुमार बैदावार क्रसर व्यापारीको घुसले पेट भर्न बाँकी छ । त्यही कारण तानिएका छैनन् । तर नुवाकोटका कृष्ण पल्ली भने तानिए । हृदय थापाजस्ता एसपी कहिले रुपन्देही जान्छन्, कहिले प्रबन्ध, अहिले प्रबन्धमै ल्याइको छ । यसमा आइजिपीको स्वार्थ जोडिएको छ । रोयल क्यासिनोदेखि जुवा अखडासम्मको कमाइ गरेका प्रकाश रानाभाटले मुग्लिनमा बसेर जनता तर्साउने मौका पाए । त्यसो त एयरपोर्ट काण्ड लागेको सहयोग भाइ विकास खनाललाई बारा पठाएर आइजिपीले आफ्नो हैसियत प्रदर्शन गर्न छाडेनन् । जुवा अखडाको संरक्षण गरेर चर्चित त्यही बौद्धका डिएसपी श्याम राईलाई गृह सचिवको आडमा धमाधम उठाउँदा अख्तियारले जोगाउन खोजेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *