आफन्तलाई कर्मचारी पुरस्कार

प्रमुख प्रशासन

काठमाडौं । मुख्य सचिव लोकदर्शन रेग्मीका प्रिय पात्रहरुले पुरस्कार पाएपछि कर्मचारी वृत्तमा हलचल शुरु भएको छ । झन्डै १ लाख कर्मचारीमध्येबाट सरकारले १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट सम्मानित ग¥यो । जसमध्ये उत्कृष्ट १० कर्मचारीले १ लाखको पुरस्कार थापे । बाँकी ३० कर्मचारीले ५० हजार राशीको निजामती पुरस्कार पाए । यो वर्ष पनि निजामती सेवा पुरस्कारका लागि १५५ कर्मचारीको नाम सिफारिस भएको थियो । तर यो भीडमा सरकारले सर्वोत्कृष्ट कर्मचरी नै भेट्न सकेन । सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येकवर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान भए पनि सर्वोत्कृष्ट कर्मचारी भेट्न नसक्दा ४० जना कर्मचारी मात्रै पुरस्कृत भए निजामती सेवा दिवसको अवसरमा । २ लाख राशीको सर्वोत्कृष्ट निजामती पुरस्कार दिने कर्मचारी नै भेटिएन लाखौँ कर्मचारीहरुको बीचमा । वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सहसचिव महेश्वर काफ्ले, नारायणप्रसाद रेग्मी, रामकाजी खड्का, हुमकला पाण्डे, केदारनाथ शर्मा, केदारप्रसाद पनेरु, दिनेशकुमार घिमिरे, उपसचिव विष्णुप्रसाद रेग्मी, नासु रोशन सुब्बा र कार्यालय सहयोगी कृष्णगोपाल मर्हजन पुरस्कृत भए । यस्तै निजामती सेवा पुरस्कार पाउनेहरुमा सहसचिव रामप्रसाद घिमिरे, जगन्नाथ देवकोटा, मणिराम गेलाल, अरुणप्रसाद न्यौपाने, उपसचिवहरु पूर्णमान श्रेष्ठ, रुद्रप्रसाद पण्डित, दिनेश भट्टराई, महेन्द्रप्रसाद साँखी, केशवप्रसाद घिमिरे शाखा अधिकृतहरु विकास सुन्दास, शोभाकुमारी पोखरेललगायत कर्मचारी छन् । यसरी ४० कर्मचारीलाई पुरस्कृत गरिँदा छनोट समिति कहाँ चुक्यो रु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार मन्त्रालयले विभिन्न मन्त्रालयबाट सिफारिस भई आएका नाम छनोट समितिमा पठाएको हो । छनोट गर्ने जिम्मा समितिकै हो । मन्त्रालयले पठाएका नामलाई मुख्यसचिवको अध्यक्षतामा रहेको छनोट समितिले छनोट गरी पुरस्कारका लागि सिफारिस गर्ने हो । संयोग कस्तो प¥यो भने मुख्य सचिव लोकदर्शन रेग्मी छनोट समितिको संयोजक । यस वर्षको उत्कृष्ट १० मध्ये २ जना रेग्मी थरकै परेका छन् । नारायणप्रसाद रेग्मी (सहरजिस्ट्रार, सर्वोच्च अदालत), विष्णुप्रसाद रेग्मी (उपसचिव, कानुन मन्त्रालय) । दुवै जना रेग्मी थरी कर्मचारीले १ लाख राशीको पुरस्कार थाप्ने अवसर पाएका छन् । हरेकवर्ष निजामती सेवा दिवसका दिन सरकारले ४१ कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि ४० कर्मचारी पुरस्कृत भए । सँगै प्रश्न उठ्न थालेको छ, समितिको आँखा किन सिंहदरबार बाहिरका कर्मचारीहरुमा पर्न सकेन ? अहिले यो प्रश्न पेचिलो रुपमा उठ्न थालेको छ । काठमाडौंबाहिर पनि नेपाल हो भन्ने कुरा छनोट समितिले किन बुझ्न सकेन ? यस्तै ४० कर्मचारी पुरस्कृत गरिँदा कृषि, वनलगायत सेवाबाट कुनै कर्मचारी छनोट गरिएको छैन । कर्मचारीहरुले यो पुरस्कार नभई कर्तव्यनिष्ठ निजामती कर्मचारीको उपेक्षा र अपमान भएको टिप्पणी गर्न थालेका छन् । यस्तै कर्मचारीहरुको आक्रोश छ, पुरस्कार थाप्नका लागि चिनजान,भेटघाट,चिल्लोचाप्लो गर्नुप¥यो नि अफिसमा बसेर काम गरेर नि पुरस्कृत भइन्छ र ? अहिले सामाजिक सञ्जालमा यही पुरस्कारको विषयलाई लिएर कर्मचारीहरुको आक्रोश बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *