गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुर वजारमा नैं शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूहको आफ्नै कार्यालय भवन रहेको छ । यो चन्द्रकोट गाउँपालिकाको वडा नंं ४ मा पर्दछ । भोगाधिकारसहितको तीनतले भवन वनाएको रहेछ । चन्द्रकोट गाउँपालिका ५ वटा वडा र छिमेकी जिल्ला वाग्लुङअन्तर्गतका २ वटा वडाका केही घरधुरीसमेत गरी करिब २ हजार ८ सयभन्दा बढी घरधुरी परिवारलाई विद्युतीकरणमा सेवा पु¥याइरहेको यो संस्थाले २५ भदौ ०७६ मा सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई आयोजना गरेको थियो । सो कार्यक्रमलाई प्रभावकारी बनाउन सहजीकरणका लागि हामी काठमाडौंबाट गएका थियौँ । यो अभियानले मलाई सामुदायिक विद्युतीकरणका अभ्याससँग सम्वन्धीत विषयमा साक्षात्कार गर्ने अवसर मिलिरहेको थियो ।
०६० सालमा ग्रामीण स्तरमा विद्युतीकरणका अभियानलाई प्रभावकारी वनाउनका लागि यो संस्था गठन भएको रहेछ । यो संस्थाले स्थापनापछि पहिलोपटक सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको हो । यस कार्यक्रममा प्रमुख अतिथि स्थानीय सरकारका प्रमुख अर्थात चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री थिए । विशेष अतिथिमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका केन्द्रीय महासचिव रामकृष्ण हुमागाईँ, चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष राधिका अर्याल थिइन् । त्यसैगरी यस संस्थाको कार्यक्षेत्रभित्रका वडा अध्यक्षलगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यसैगरी संस्थाका सञ्चालक समिति, उपभोक्तालगायत अधिकारवाला तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष सिद्धवहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको थियो । अध्यक्षले संस्थाका गतिविधि, प्राप्त उपलब्धि, चुनौती र अवसरकाबारेमा चर्चा गरे । त्यसमाथि उपस्थितहरुले प्रश्न तथा सुझावहरु राखेर अन्तक्र्रिया भएको थियो ।
यस संस्थामा १७ सदस्यीय कार्यसमिति रहेको र ७ जना नियमित कर्मचारी रहेका छन् । २७ लाख खर्च गरेर तयार गरेको तीनतले भवनवाट कार्यालय सञ्चालन भइरहेको छ । २२ वटा ट्रान्सफर्म रहेका छन् । त्यसवाट बिजुली वितरण हुन्छ । यी ट्रान्सफर्मअनुसार एक उपसमिति बन्दो रहेछ । त्यसलाई लोडसेन्टर भनिँदोरहेछ । पानी पर्नासाथ बत्ती जाने गरेको, ठाउँ ठाउँ तार झोलिएको, काठको पोललाई साट्नु पर्ने, यस क्षेत्रमा सबस्टेसन आवश्यक रहेको, यसका लागि यसै क्षेत्रमा वा नजिकै उपल्लो हुम्दी जलविद्युत् ५ मेगावाट उत्पादन भइरहेको छ तर, यसको उत्पादन राष्ट्रिय प्रशारणमा जाने भएकाले समस्या परेको विषयमा व्यापक बहस भयो । यो समाधानका लागि स्थानीय तह र महासंघसमेतले भूमिका खेल्ने प्रतिवद्धता जाहेर भयो । यो सामुदायिक संस्थालाई दिगोपना दिनका लागि बिजुली खपतका वैकल्पिक उपायहरुको खोजी गर्नेजस्ता विषयमा व्यापक छलफल भयो ।
यो सुनुवाइ पहिलो अभ्यास भएकाले पर्याप्त सहभागीसमेत गर्न नसकिएको हुँदा हरेक लोडसेन्टर स्तरमा यस्तो सुनुवाइ गर्ने भन्ने निष्कर्ष निकालिएको छ । विद्युत्को खपत गर्नका लागि उद्यम विकासका सम्भावनालाई बढाउने यसका लागि गाउँपालिकाले समेत सहयोग गर्ने वचन आएको छ । यो संस्थाको कामप्रति सबैको सकरात्मक दृष्टिकोण रहेको देखियो । तथापि प्राविधिक सेवालाई अझ चुस्त बनाउन थप भूमिका खेल्नुपर्ने साझा बुझाइ तयार भयो । सहभागीहरुको प्रश्न र सामूहिक अन्तक्र्रियापछि सरोकारवालाहरु संक्षिप्त मन्तव्य र दृष्टिकोण राखिएको थियो ।
यो सुनुवाई विधि संस्थाका सेवा प्रदायक र सेवाग्राहीबीच प्रष्टाप्रष्टी हुने र आपसी विश्वासको वातावरण तयार गर्ने प्रक्रिया हो । यसले संस्थागत सुशासनलाई समेत योगदान गर्दछ । त्यसैगरी अधिकारवाला तथा सरोकारवालाहरु बीचमा समेत सहकार्य, सहअस्तित्व र समन्वयको वातावरण बनाई राख्न सहयोग पुग्छ भन्ने यो अभ्यासवाट पुष्टि भएको छ ।
हाम्रो टोली शान्तिपुरको कार्यक्रमपश्चात बेलुका बास बस्न खैरनीमा झर्ने सल्लाह प्राप्त भएको थियो । शान्तिपुरबाट १४ किलोमिटर ओरालो झरेपछि वाग्लुङतिर जाने मोटरबाट फेला पर्दछ, त्यहाँबाट रिडीतर्फ फर्कनु पर्ने रहेछ । खैरनी भन्ने स्थान चाहिँ अर्को गाउँपालिका अर्थात सत्यवती गाउँपालिका पर्दछ । खैरेनीमा नै सत्यवती गाउँपालिकाको केन्द्रसमेत रहेको छ । हामी शान्तिपुरबाट ओरालो रमाइलो हेर्दै झ¥यौँ । हिजो जाँदा रात परिसकेको हुँदा केही पनि हेर्न पाइएको थिएन । आज धित् मरुञ्जेलसम्म हेरियो । बाटोमा रमाइलो गफ गरियो । बडीगाडको फाँटहरु देखियो । कच्ची बाटो पछ्याइरहेका थियौँ । खैरेनीमा मेगा थकाली होटलमा हाम्रा लागि कोठा भनी दिनु भएको रहेछ स्थानीय संस्थाका पदाधिकारीहरुले । हामी त्यही बस्यौँ । केहीबेर वजार घुम्यौँ । स्थानीय निग्रो देखेकोले सो ल्याएर पकाउन र रोटी खाने सल्लाह ग¥यौँ । होटलवालाले मिठोसँग खाना खुवाए । शान्तिपुरमा पंखा चलाउनु पर्ने गर्मी भएपछि लामखुट्टे चाहिँ लाग्दो रहेनछ । त्यस्तै खैरेनी अझ धेरै गर्मी हो । तैपनि लामखुट्टे खासै लागेन । शान्तिपुरमा पनि वाइफाइको सुविधा थियो । अझै खैरेनीको मेघा थकाली होटलमा त गुणस्तरीय इन्टरनेटको सुविधा उपयोग गर्न पाइयो ।
२६ भदौ ०७६ बिहानैं हाम्रा यात्रा सत्यवती गाउँपालिकाको वडा नं। ४ लिम्घातिर हुँदै थियो । खैरेनीवाट २ किलोमिटर दक्षिण वा रिडीतर्फ साहघाटमा आई पूर्वतर्फको उकालो लाग्नु पर्दथ्यो । रातभर पानी परेकाले लिम्घा जाने बाटो बिग्रेको भन्ने खबर आयो । हाम्रो टोली आत्तियो पनि के गर्ने भनेर । तैपनि जे होला त भन्दै अगाडि वढ्यौँ । साहघाट आएपछि लिम्घा जाने दुई बाटा छन् एउटा पहिरोले बिगारेको भए पनि अर्कोबाट जान सकिन्छ भन्ने सूचना पाउँदा खुसी लाग्यो । हाम्रो टोली केही माथि पुगेर एक सामान्य होटलमा सेल रोटी पाक्दै गरेको देख्यौँ । त्यही खाने रहरले केही समय रोकियौँ । फेरि उकालो लाग्यौँ । बाटो भन्नु मात्र गाइगोरु हिँड्ने खाल्को थियो । भीरमा साँघुरो बाटो र डरलाग्दो थियो । हामी सबैलाई डर लागिरहेको थियो । हाम्रो गाडी चालक प्रेम ज्ञवालीको सुझ्बुझले हामीलाई सकुशल लिम्घा पुगियो ।
लिम्घा पुगेपछि वाटोको दुःख सवैको भागेको महशुस भयो । असाध्यै सुन्दर गाउँ रहेछ, लिम्घा । समतल फाँट, उब्जनी राम्रो हुने । हामी पुग्दा पानी परिरहेको थियो । वडा कार्यालय, सामुदायिक विद्युत् संस्था, माध्यमिक विद्यालय र नेकपाको कार्यालय एउटै स्थानमा रहेछ । त्यही हामीले वडा अध्यक्ष दानबहादुर रानासँग भेट भयो । उनी सत्यवती सामुदायिक ग्रामीण विद्युत् उपभोक्ता समूहको अध्यक्ष पनि रहेछन् । अहिले भने उपाध्यक्षलाई कार्यबाहक दिएका रहेछन् । उनको कार्यालय कक्षमा बसेर गफगाफ भयो । तयारी छलफलहरु गरिए । राजनीतिक रुपमा राना नेकपाको रहेछन् । यसपटक २ वटा पालिका गइयो । यी दुवैका प्रतिनिधित्वको सन्दर्भमा समान अवस्था देखियो । चन्द्रकोट र सत्यवती गाउँपालिका दुवैका अध्यक्ष नेपाली कांग्रेसको रहेछन् । उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष नेकपाको भएको भेटियो । यो दुवै पालिका एकै संसदीय निर्वाचन क्षेत्रमा पर्दछ । यहाँबाट जित्ने संघीय सांसद भने प्रदीप ज्ञवाली हुन् ।
सत्यवती सामुदायिक ग्रामीण विद्युत् उपभोक्ता समूहका बारेमा केही कुरा जिज्ञासा राख्दै छलफल गर्दै गर्दा नैं विद्यालय नजिककै एक होटलमा हाम्रा लागि खाना तयार भइसकेछ । फर्सिका मुन्टा, भैँसीको दूधसहितको खाना स्वादिलो मान्दै खायौँ । सहभागीहरु आउने क्रम चरिरहह्यो । हामी २ दिने छलफलको व्यवस्थापनतिर लाग्यौँ ।
सत्यवती गाउँपालिका वडा नं। ४ का अध्यक्ष एवं सत्यवती सामुदायिक ग्रामीण विद्युत् उपभोक्ता समूहका अध्यक्ष दानबहादुर रानाको अध्यक्षता भएको सुरुवाती सत्रमा सामुदायिक विद्युत् राष्ट्रिय उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष रामकृष्ण हुमागाईले कार्यक्रमको औचित्यमाथि प्रकास पारेका थिए । सो सत्रको सञ्चालन महासंघका लेखा अधिकृत नवराज ज्ञवालीले गरेका थिए ।
सुशासनको औचित्य, यस संस्थामा सुशासनको अवस्था, सुशासनका विशेषता, आधार सूचकसमेतका बारेमा छलफल भए । दोस्रो दिन त्यस संस्थाका सहभागितामूलक सुशासन आंकलन र सुशासन सुधार योजना तयार भयो । सो योजना कार्यान्वयन गर्ने साझा प्रतिबद्धतासमेत आयो ।
दोस्रो दिनको छलफल समाप्त गरेर सबैसँग बिदा भएर हामी पुनः हिजो कै बाटो साहघाटतर्फ ओरालो लाग्यौँ । र, रिडीतर्फ मोडियौँ । रुद्रवेणीमा आएर चिया खायौँ । यो स्थानमा बडीगाड र कालिगण्डकी मिसिन्छ । कालिगण्डकीको पानी असाध्यै कालो रहेछ । यहि नदीको किनारै किनार हुँदै मुस्ताङ र कोरालो नाका पुगिने सडक बन्दै रहेछ । सायद यो नैं पहिलो बाटो होला जस्ले भारत–चीन दुबै जोड्ने छ ।
हामी रिडी बजार पुग्यौँ । त्यहाँ हाल राष्ट्रिय बाणिज्य बैंक रिडी शाखामा कार्यरत विगतमा महासंघका लेखा अधिकृतसमेत रहेकी दुर्गा ज्ञवालीसँग भेट्ने सल्लाह अनुसार भेटियो । केही बेर त्यहाँ अल्मलिएर दुर्गा ज्ञवालीसहित हामी तानसेन तिर लाग्यौँ । तानसेनको चिसो हावा खाने मनसायले साँझपख टुँडिखेलतिर टहलिन गयौँ । बास भने गौरीशंकर होटलमा बस्यौँ । त्यहाँ बस्दाबस्दै शिद्धबाबामा पहिरोको ढुंगोले किचेर गाडी चालकको मृत्यु भएको खबर सुन्यौँ । चिन्ता लाग्यो । हामीलाई जान पनि मुश्किल पर्छ भन्ने लाग्यो ।
हामी बिहानैं उठेर दुर्गा ज्ञवालीसँग बिदा हुँदै वर्तुमतिर लाग्यौँ । अनि, केराबारी भन्ने स्थानमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका संस्थापक जेके मगरको होटलमा हामीलाई निम्ता भयो । त्यहाँ पसेपछि खाना नखाई हामीलाई हिँड्न दिइन् । खाना खाएर हाम्रो यात्रा चल्यो । शिद्धबाबाको पहिरो भएको स्थानमा आधाघन्टा जति रोकिएपछि सहजै पार पाउन सकियो । पहिरो पार भएपछि हामी खुसी भयौँ । पानी यत्ति धेरै प¥यो कि संसारकैं पानी यहि ओइरिएजस्तो भान भयो । तथापि हाम्रो यात्रा निरन्तर चलिरह्यो । साँझमा हामी काठमाडौं आइपुग्यौँ ।
सदाको भन्दा केही विषयगत फरक रुपमा समुदाय स्तरको अन्तक्र्रियासहितको साक्षात्कार हुने मौका मिल्यो । सामुदायिक विद्युत् अभियानका बारेमा धेर थोर जान्ने र केही योगदान दिने पनि मौका मिलेको छ । यसपटकको भ्रमणमा सामुदायिक विद्युतीकरणका क्रियाशिल भइरहेका सामुदायिक संस्थाको सुशासन आंकलन गर्ने औजारको पहिलो खाकासमेत तयार भई परीक्षणसमेत भएको छ । धन्यवाद ।