बिजनेस साइज वृद्धि गर्नेतिर नै बैंकको ध्यान केन्द्रित छ

अन्तरवार्ता अर्थ/वाणिज्य प्रमुख बैंक

 

गोविन्द ढकाल
प्रमुख कार्यकारी अधिकृत
गरिमा विकास बैंक

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल स्याङ्जाको आँधिखोला गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । ०५१ मा एमबिएका अध्ययन पूरा गर्नु भएका ढकालले स्नातकोत्तर (एमएम) पनि गरिसक्नुभएका छन् । ०५३ सालदेखि नै बैंकिङ क्षेत्रमा जोडिनु भएका ढकाल तत्कालीन पश्चिमाञ्चल ग्रामीण विकास बैंकको सातौँ तहको अधिकृतका रूपमा जागिरे भएर सेवामा प्रवेश गर्नु भएको थियो । त्यहाँ उहाँले विभिन्न जिम्मेवारीसहित १३ वर्ष बिताउनु भयो । यसपछि ०६५ सालमा गरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आउनु भएको छ । करिब २० वर्ष बैंकिङ क्षेत्रको अनुभव बटुलिसक्नु भएका सिइओ ढकाल हाल डेभलपमेन्ट बैंर्कस एसोसियसनको प्रथम उपाध्यक्षका रुपमा पनि कार्यरत हुनुहुन्छ । उहाँसँग एटिएम र बैंक ह्याकिङका कारण गर्दा सर्वसाधारणमा परेको नकारात्मक असर, यसले सर्वसाधारणमा पारेको प्रभाव तथा सर्वसाधारणको रकमको सुरक्षालगायत विषयमा आधारित भई तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल।बी। विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

० बैंकिङ क्षेत्रमा एटिएम ह्याकिङले तरंग ल्याएको छ । जनमानसमा यसको प्रभाव कस्तो छ ?
यो समस्या होइन, संस्थागत सुशासनको कमी हो । जुन अहिले परिवर्तन हुँदै गइरहेको छ । विश्व डिजिटल प्रविधिमा प्रवेश गरिरहेको छ । यसैले गर्दा आइटीबिना बैंकिङ क्षेत्र सञ्चालन गर्न अहले कठिन बनिसकेको छ । जति नयाँ प्रविधिहरु पछिल्लो समय भित्रिने गरेका छन् । हामीले त्यत्ति नै खतरा र जोखिम मोलिरहेका छौँ । आइटीको रिक्सलाई आइटीबाटै समाधान गर्न सक्नुपर्छ । यस्ता आइटी सम्बन्धीका घटना विगतदेखि नै हामीले देख्दै आएका छौँ । विगतमा भन्दा पछिल्लो समय नेपालमा पनि यस्ता थुप्रै खालका घटनाहरु बाहिरिने गरेका छन् । यी बढी नै दोहोरिरहेका छन् । थुप्रै बैंकमा यस्ता घटना भएका छन् । यसैले आइटी क्षेत्रमा लगानी बढाएर बढी सेक्युर बनाउनु पर्छ । अहिले विभिन्न खालका सफ्टवेयसहरु प्रतिदिन बाहिरिने गरेका छन् । यस्ता सफ्टवेयरबाट पनि आइटीलाई बढी रिक्स छ । अहिले क्यासलेस जाने तयारीमा हामी छौँ । यसले गर्दा विभिन्न एप्लिकेसनको एउटा सफ्टवेयर एउटै टिभीमा कनेक्सन गरेर सर्भिस दिएका छौँ । यसले गर्दा पनि रिक्स दिएको छ । अहिले ठूलो घटना भएर करोडौँ नोक्सानी हुनबाट हामी जोगिँदै आएका छौँ । अब समयमै यसलाई कन्ट्रोल गर्न सक्नुपर्छ । आइटी क्षेत्रलाई बलियो बनाउनु पर्छ । ह्याकरहरुको नेपालमा आँखा लागेको देखिन्छ । यसैले यसलाई हामीले समयमै नियन्त्रण गर्न जरुरी छ ।

गोविन्द ढकाल
प्रमुख कार्यकारी अधिकृत
गरिमा विकास बैंक

० आइटी क्षेत्रमा आगामी चुनौतीहरु कस्ता छन् ?
आइटी क्षेत्रका चुनौतीहरु धेरै छन् । विश्वमा जति पनि नयाँ टेक्नोलोजीहरु आएका छन् । ती सबै बैंकिङ क्षेत्रले प्रयोग गरिरहेका छन् । यसले गर्दा अत्याधिक चुनौतीको हामीले सामना गरिरहेका छौँ । विश्वका बैंकको इतिहास चार–पाँच सय वर्ष पुरानो छ । हामी सय वर्षमा पनि पुगेका छैनौँ । तर, अहिले आइटी विकसित मुलुकमा जति प्रयोग भएका छन् । ती सबै नेपाली बैंकहरुले प्रयोग गरेको छ । यसका कारण आइटीसम्बन्धी जानकार र आइटीका विज्ञहरुको हामीमा कमी भएको महसुस भएको छ । आइटीमा जुन रिक्स छ । यस्ता कुराहरुमा संस्थाकै कर्मचारीको कारण बढी देखिएको छ । त्यसले गर्दा भोलिका दिनहरुमा यो रिक्स बढ्दै जान्छ । तर, रिक्स बढ्दा पनि आइटीमा लगानी बढाएर बैंकहरु अगाडि जानुको विकल्प छ्रैन । हामीले यसमा विषेश ध्यान दिएकाले हाम्रो बैंकमा यस्ता समस्या हालसम्म देखा परेका छैनन् ।

० बैंक क्षेत्रको आम्दानीको अवस्था कस्तो छ ?
बैंक क्षेत्रको आम्दानीको विषेश चर्चा हुने गर्छ । आम्दानीका बारेमा विभिन्न टीकाटिप्पणीहरु पनि हुने गर्छन् । बैंक वित्तीय संस्था भनेको एक व्यवसाय हो । यसमा लगानीकर्ताले आफ्नो नाफाका लागि लगानी गरेका हुन्छन् । विगतमा बैंक क्षेत्रमा लगानी धेरै भयो भनेर प्रसस्तै आवाजहरु आएका छन् । तर, हामीले बैंक क्षेत्रमा कति उसको लगानी भयो ? कति नाफा भयो ? त्यो हेर्नुपर्छ । र इक्यिटीलाई कति रिटर्न दिएको छ ? त्यो कुराहरु हेर्नुपर्छ । यसैले अहिले बैंकहरुले १५ प्रतिशत बढिमा ऋण दिने गरेका छैनन् । यसरी १५ प्रतिशत लगानीकर्ताले नाफा लिनु ठूलो समस्या होइन । बढी आम्दानी पनि त त्यसबाट हुँदैन । अहिले नेपाल राष्ट्रबैंकले एउटा स्प्रिट रेटका कुराहरु ल्याएको छ । आफ्नो आम्दानीको निश्चित प्रतिशत लगानी गर्नुपर्ने कुराहरु ल्याएको छ र १५ लाखसम्म सर्भिस चार्ज लिन नपाउने र शुल्क लिन नपाउने भन्ने छ । यसले गर्दा बैंकिङ क्षेत्रमा गत वर्षको भन्दा १०–१५ प्रतिशत आम्दानी कम हुन्छ । बैंक वित्तीय संस्थाहरुको आम्दानी खुम्चिँदै गएको छ । यी कुराहरु बैंक वित्तीय संस्थाले धेरै कमाउन हुन्न भन्ने हेतुले आएका हुन् ।

० लगानीको अवस्था कस्तो छ ?
नेपाल सरकारले बजेटमा ग्रोथ रेट लिएको छ । त्यो ग्रोथ रेट पूरा गर्न २०–२१ प्रतिहत लगानी बढाउन आवश्यक छ । त्यो लगान िगर्न हामीसँग फन्ड छैन । लगानीको अवसर छ । तर, बैंकहरुमा पैसाको अभाव छ । यसले गर्दा आफूले चाहेर र खुलेर लगानी गर्न सक्ने अवस्था छैन । कुनै नयाँ सरकारी योजना र अन्य कुनै प्रोजेक्टहरु आएको खण्डमा पनि खुलेर लगानी गर्ने अवस्थामा बैंक वित्तीय संस्थाहरु छैनन् । नेपाल सरकारले बजेट आफ्नो तरिकारले खर्च लिक्विटी खर्च भयो भने त्यसमा लगानी गर्न सकिन्छ । अहिलेका अवस्था हेर्दा सहज छैन ।

० गरिमा विकास बैंकले कस्ता खालका योजनाहरु अघि सारेको छ ?
नेपाल सबै बैंकहरुका योजना र उस्तै भिजनहरु उस्तै छन् । हामी पनि त्यही मार्केट र सिनारियोभित्रको त्यही पनि हामीले गत साल शाखा विस्तारमा लागेकाले ४२ शाखा सञ्चालनमा ल्याउन सफल भयौँ । अहिले हाम्रो ९१ शाखाहरु विस्तार भइसकेका छन् । अहिलेको हाम्रो लक्ष्य ती ९१ वटा शाखाहरुमा बिजनेस ग्रोथ गर्ने, बिजनेस साइज वृद्धि गर्ने र ती शाखाहरुलाई भायभल बनाउनेतिर हाम्रो ध्यान केन्द्रित भएको छ । त्यो बाहेक आइटीका रिक्सहरुलाई जोड्दै हामी अगाडि बढिरहेका छौँ । हाम्रो बैंकमा यस्तो समस्या अहिलेसम्म देखिएको छैन । हामी अझ बढी सचेत बनिरहेका छौँ । यसैले आइटीमा लगानी बढाइरहेका छौँ । यसैगरी, व्यवसाय विस्तारतिर हामी लागिरहेका छौँ ।

० कति प्रदेश र जिल्लासम्म पुग्नुभयो नी ?
हामी देशैभरि छौँ । ७ वटै प्रदेशका विभिन्न जिल्लामा हाम्रो शाखाहरु छन् । हामीले विकट र बैंकहरु नपुगेको स्थानमा शाखाहरु विस्तार गर्ने गरेका छौँ । सहरदेखि लिएर ग्रामीण क्षेत्रमा हामी छौँ । अहिले पुराना शाखामा २० देखि ३० प्रतिशत व्यापार विस्तार गर्ने र नयाँ शाखाहरुमा सुरक्षित लगानी गर्ने वातावरण सिर्जना गरिरहेका छौँ । त्यहीअनुसारको लगानीको वातवरण पनि हामी बनाएका छौँ । अहिले हामी ३० अर्ब नाफामा छौँ । यसैले यो वर्ष ३८ अर्ब लगानी गर्ने योजनामा छौँ । ४२ देखि ४४ अर्ब निक्षेत्र संकलन गर्ने लक्ष्य लिएका छौँ । हाम्रोमा अहिले ३० लाख ३० हजार ग्राहकरु छन् । यसलाई पनि वृद्धि गरेर साढे लाख बढी पु¥याउने योजनामा छौँ । सेवाको हिसाबले पनि कार्यक्रमहरु सञ्चालन गरेका छौँ ।

० गरिमा बैंकले कस्ता ग्राहक योजना ल्याएको छ, सञ्चालनमा छन् ?
मलाई लाग्छ ग्राहकहरु सबैजना बुझ्ने भइसक्नु भएको छ । कतिपय स्थानमा अहिले केही बुझ्दै गइरहेको अवस्था पनि छ । कसैलाई बैंक के हो थाहा छैन । जनसंख्याको ४० प्रतिशत मानिसहिरु बैंकिङ पहुँचभन्दा बाहिर छन् । यसैले सर्वसाधारणलाई आकर्षक योजना बनाएर भ्रमको खेती अहिले चलिरहेको छ । म आफैँ पनि एउटा बैंकर हो, यसैले अर्को बैंकरको बारेमा बोल्नु त्यत्ति उचित भने होइन । तर, वास्तविकता यही हो । देखाउनका लागि योजना ल्याउने र पछि त्यसबाट लाभान्वित हुने अवसर नपाउने गरेका प्रशस्तै योजनाहरु छन् । यस्ता योजना टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन समाचार र ब्रोसरहरुमा लेखेर बाँडेको देखेको छु । तर, हामीले त्यस्ता प्रचारात्मक कार्यक्रम गर्दैनौँ । विश्वास जितेर मात्र अगाडि बढ्न चाहन्छौँ । अहिले १ सय ३६ प्रतिशत ब्याज दिनेलगायत बोर्डहरु सडकमा राखिएको देख्छु । जबकि १५ प्रतिशत ब्याज दिनु पनि हम्मेहम्मे छ । हामीले प्रचारभन्दा पर रहेर इन्टरनेट बैंकिङ, डेबिड कार्ड, क्रेडिट कार्डलगायतको सुविधा प्रधान गरेपछि मात्र हामीले अहिले स्वास्थ्य सम्बन्धी खाता सञ्चालनमा ल्याएका छौँ, गरिमा सुरक्षित निक्षेप योजना । त्यसको इन्सुरेन्स ट्राई गरेर बचत दिने गरेका छौँ । अर्को हाम्रो दम्पत्ति बचत खाता छ । त्यसमा हामीले १८ किसिमका रोगहरु इन्सुरेन्सले स्वीकार गरेका छन् । त्यो सुविधाअन्तर्गत ७ प्रतिशत ब्याज पाइने छ भने यसका लागि कम्तिमा १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । यस्तै कर्जा योजनामा छिटो लिएर थप सुविधा राखेका छौँ । हामीले नाफा कमाउने नाममा बढी ब्याज लिने काम गर्दैनौँ । भोलुममा नाफा कमाउने गरेका छौँ । अहिले धेरै बैंकहरुले कर्जाका फाइल छैनन् भनिरहेको बेलामा हामीसँग प्रशस्त कर्जाका फाइलहरु आएका छन् । सायद सस्तो रेटमा दिएर होला । बिनाधितो पनि कर्जा दिने व्यवस्था पनि गरेका छौँ । यसअन्र्तगत आफ्नो घर परिवार र आफू आएर बैंक ग्यारेन्टीमा ३ लाख ऋण दिने गरेका छौँ । यसैगरी, नेपाल सरकारले ल्याएको कृषि कर्जा, युवा जनस्वरोजगारलगायत कर्जाहरुलाई पनि हाम्रो क्राइटेरिया र पोलिसीमा पर्ने वर्गलाई कर्जा दिने गरेका छौँ । कर्जामा ब्याजदरका सहुलियतका कुराहरु छन् । निक्षेपमा पहिले उसको पैसा सुरक्षित हुने र हाम्रा प्रोडक्टमा सहुलियत दिने कामहरु हामीले गरिराखेका छौँ ।

० विकास बैंकका अगाडि के कस्ता समस्या देख्नुहुन्छ ?
समस्या र चुनौती सबै क्षेत्रमा हुन्छन् । अहिले देश संघीयतामा गइसकेको अवस्थामा विकास बैंक मात्र नभई सबै वित्तीय संस्थालाई स्थानीय तहमा पुग्नुपर्ने स्थिति छ । विगतमा जस्तो वर्तमानमा त्यस्ता खालका समस्याहरु छन् जस्तो लाग्दैन किनकि अहिले सबै क्षेत्रमा सञ्चार तथा यातायातको पहँुच पुगेको हुनाले त्यति धेरै समस्या आउँलाजस्तो लाग्दैन । अन्य समस्याहरु हिँड्दै जाँदा आइहाल्छन्, त्यसको समाधान गर्नु सबैको दायित्व हो । त्यसैले चुनौती, समस्याभन्दा पनि अवसरहरु बग्रेल्ती छन् जस्तो लाग्छ मलाई चाहिँ । अर्कातिर अहिले विकास बैंकलाई अघि बढ्नै नदिने खालका समस्याहरु त छैनन् तर पनि स्थानीय तहमा वित्तीय संस्थाहरु प्रतिनिधित्व गर्ने विषयमा खुलस्त हुन नसक्दा विकास बैंकलाई पनि केही समस्या परेको देखिन्छ ।

० बैंकहरुले सामाजिक क्षेत्रमा सहयोग नगरेको आरोप छ नी ?
बढी नाफा कमाउन जाने ठाउँ पनि त छैन । एकाध बैंकहरुले कही कतै कमाए होलान् । लिन नहुने र नेपाल सरकारले तोकिएको भन्दा बाहिर रहेर काम गरिरहेको पनि धेरैपटक खुल्नमा आएको छ । त्यसैले राष्ट्रबैंकले प्रत्येक वर्ष आफ्नो सुरभिजन गर्दा दायरामा ल्याउँछ । र, कारबाही गर्छ । सामाजिक कार्यका लागि हामीले सोसाइटीमा केही गर्नैपर्छ तर, बैंकहरु सामाजिक कार्य गर्न स्थापना भएका होइनन् । समाजसेवा गरेको खण्डमा लगानीकर्ता र हाम्रो ग्राहकहरुलाई दिने भनिएको सुविधा दिन सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *