लौ पढौँ, बैंकका सिइओहरुको हर्कतहरु

अर्थ/वाणिज्य कर्पोरेट प्रमुख

चलखेल कस्तोसम्म बैंकर्स अजय श्रेष्ठझैं काण्डमा डामिएका नेपाल बंगलादेश बैंकमा प्रमुुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुुंगानालाई पुनः बैंकर्स संघको अध्यक्षमा दोह्रो¥याउने भित्रभित्रै तयारी हुँदै छ । ढुंगना तिनै पात्र हुन् जस्ले नक्कली कागजात बनाएर एउटा व्यक्तिगत फर्मलाई २ करोडभन्दा बढी कर्जा प्रवाह गरेको भन्दै उनीविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको छ । तर सेटिङ मिलाउनमा माहिर मानिन्छन् ज्ञानेन्द्र । उनले केही अघि नेपाल प्रहरीसँग सम्झौता नै गरी उत्कृष्ठ प्रहरीलाई बैंकको तर्फबाट मासिक १८ लाखका दरले प्रदान गर्ने निर्णय गरी नेपाल प्रहरी संगठनलाई करोडौँ रकम दिएका थिए । कारण थियो प्रहरीको कारबाहीबाट बच्न । त्यही संस्थाबाट पुरस्कार थापेका प्रहरीले एनबी बैंकका हाकिमलाई कसरी समात्ने ?

यिनै चतुर खेलाडी ज्ञानेन्द्र बैंकर्स संघमा समेत फेरि दोहोरिएन अध्यक्ष पड्काउने धुनमा छन् । उनलाई केही बैंकका सिइओहरुको साथ त छ । तर बहुमत पुग्दैन । ढुंगनालाई दोह्रोर्याउने पक्षमा छन् जनता बैंकका सीइओ पर्शुराम कुँवर, मेगा बैंकमा रहँदा ज्ञानेन्द्रझैँ कर्जा प्रवाह काण्डमा डामिएका सेलिब्रेटी सिइओ अनिल शाह, हिमालयन बैंकका सिइओ अशोक राणा । यी बाहेक अन्य सिइओहरु ज्ञानेन्द्रका पक्षमा छैनन् । यही १९ गते बैंकर्स संघको साधरणसभा तय गरिएको छ । नियम अनुसार बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउनु पर्ने हो । तर कस्तो आइलाग्यो भने अहिले संघको उपाध्यक्षमा नेपाल एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नाकर उपाध्यक्ष छन् । उनी भारतीय मूलका । तिनलाई केही हालतमा पनि अध्यक्ष बनाउन नहुने तर्क बलियो भए पछि ज्ञानेन्द्र दोहोरिने सम्भवना पनि छ । तर ज्ञानेन्द्र तिनै पात्र हुन्, जो जहाँ पनि दोहो¥याई तेह¥याई नेतृत्व लिन सक्छन् । बैंक तथा वित्त संस्था सम्बन्धी ऐन वाफियाले भन्छ कुनै पनि बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बढीमा दुई कार्यकालसम्म बन्न सकिन्छ । तर उनी राष्ट बैंकका नियम र ऐनलाई धज्जी उडाउदै तेह्रोर्याएर सिइओ पड्काइरहेका छन् । ६८ सालदेखि उनी निरन्तर सोही बैंकका सिइओ छन् । बंगलादेशीहरुको लगानी रहेको बैंक हो । ज्ञानेन्द्रले सेवा सुविधासम्बन्धी निर्देशिका विपरीत हुुण्डाई टक्सन गाडी बिक्री गरी लिएको र दोस्रो कार्यकालको लागि भक्सवागन टिगुुन गाडी सुुविधा लिएका बैंक स्रोतहरुको दावा छ ।

जहाँ ज्ञानेन्द्रको ६ हजार ६ सय १ कित्ता शेयर समेत रहेको छ । गत आर्थिक बर्षमा उनले बैंकबाट १ करोड २८ लाख ५५ हजार तलब,४५ लाख ३५ हजार ३ सय ५० भत्ता र अन्य सुविधा वापत ९ लाख ६१ हजार १ सय बुझेको देखिन्छ । उनका कार्यकालमा भएका बदमासीका बिषयलाई लिएर शेयरधनीहरुले दर्जनौ पटक नेपाल राष्ट्र बैंकदेखि अख्तियारसम्म उजुरी समेत दिइसकेका छन् । तर राष्ट बैंकका अनुगमनमा शाखामा शिवराज श्रेष्ठजस्ता डेपुटी गभर्नरहरुकै एक छत्र राज चलेको समयमा सेटिगमा माहिर ज्ञानेन्द्रलाई कस्ले छुने रु कारवाही गर्ने हिम्मत कस्को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *