भारतीय नागरिक नेपाली मन्त्री

प्रमुख राजनीति

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई लिएर अहिले नेकपाभित्र एउटा सबाल निकै पेचिलो ढंगबाट उठेको छ । के पार्टीभित्र कुनै योग्य र दक्ष व्यक्ति थिएनन्  र ? त्यहाँ भारतीय नागरिकलाई ल्याएर मन्त्रिमण्डलभित्र हुुल्नुपर्ने त्यस्तो बाध्यता र विवशता के आइलाग्यो हाम्रा प्रधानमन्त्रीमाथि र रातारात नेपाली र नेकपाकै नेता तथा सांसदहरुलाई छक्क पार्दै भारतीय नागरिकलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाए ।

सेन्चुरी मसला उत्पादन गर्दै आएका दुगड भारतीय नागरिक रहेकोमा कुनै शंका रहेन । नेपालमा विदेशीहरुले लगानी गर्ने व्यापार व्यवसाय गर्न कुनै बन्देज छैन पनि । दुगड सेन्चुरी मसलाका अलवा पोलिमर र होटल क्षेत्रको व्यवसायी हुन् । उनै व्यापारी दुगडले विराटनगरमा व्यापारको सम्म्राज्य अखडा गरेको छन् । यिनै भारतीय नागरिक दुगड अघिल्लोपटकको संविधानसभामा नेपाल सद्भावना आनन्द देवीबाट समानुपातिक सांसद पड्काए । बीचमा ०७० सालमा ‘नव नेपाल पार्टी’ गठन गरेर चुनावी मैदानमा होमिए र पत्तासाफ भएपछि उनी कमरेड मोतीलाल दुगड बनेका हुन् । पार्टीलाई सहयोग गरेको, सामानुपातिकमा परेका दुगडले आफ्नो पार्टी नै एमालेमा बिलय गराएका थिए । यिनै व्यक्ति अहिले नेपालको राजकाज सञ्चालन गर्ने ठाउँमा पुगेका छन् । प्रश्न उठ्दै छ के राजकाज सञ्चालन गर्नका लागि ओली सरकारले योग्य र दक्ष कोही व्यक्ति नै थिएन् । र पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेका व्यक्तिलाई टपक्क टिपेर रातारात राज्यसत्ता चलाउने ठाउँमा पुराइयो रु भारतीय अखबारहरुले नै भारतीय नागरिक तथा विराटनगर प्रवासी (अर्को देशको बासिन्दा) दुगड मन्त्री हुनु हामी राजस्थानबासीका लागि गर्वका बिषय हो भन्दै भारतीय चर्चित अखबारहरुमा खबर छापिएको छ । न त यो सबालमा दुगडले केही प्रष्टीकरण नै दिएका छन् । दुगडनिकट स्रोतका अनुसार, उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्री बनेका दुगड भारतको राजस्थानस्थित फत्तेहपुरका बासिन्दा हुन् । तर उनी नेपालको सांसददेखि मन्त्री बन्दा भारतीय नागरिकता त्याग गरे ? प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमरुपमा प्रश्न गर्न थालिएको छ अहिले । भारतीय नागरिकता नत्यागेका दुगड कसरी नेपाली नागरिक बने र राज्यसत्ता हाक्ने जिम्मा पाइरहेका छन् ? दुविधा रहेन नेपालका कर्मचारीहरुलाई प्रभावमा पारेर उनले नेपाली नागरिकता त उम्काए । उनले मोरङबाट लिएको नागरिकता अंगिकृत भने होइन । बंशजका आधारमा नागरिकता लिएको देखिन्छ । उनको बंशज राजस्थानको फत्तेहपरमा छ । तर उनले नक्कली बंशज खडा गरी नागरिकता लिएको स्रोतहरुको दाबा छ । नेकपाकै एक सांसदका अनुसार,दुगडले नेपालको नागरिकता लिएको हुनसक्छ, तर भारतीय नागरिक हुन भन्नेमा कुनै शंका छैन । नेपाली नागरिक हुनलाई पहिले भारतीय नागरिकता त्याग गर्नु पर्दछ । त्याग गरेको प्रमाण नेपालको संसदलाई दुगडले दिनु पर्ने नेकपाकै सांसदहरुले आवाज उठाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *