जसको एजेन्डा उसको स्वर कहिँ सुनिँदैन । ०६२/६३ को आन्दोलनमा गोरुगाडा चढेर अमेरिकाको यात्रा गरेकोजस्तो भन्दै भाषण गर्ने व्यक्ति नेकपाको नयाँ राजा बनेका छन् । समयले दिएको नेपाली जनतालाई यहाँभन्दा बढी कति र किन दिनु प¥यो । र, सरकार बिचौलियाको सेवक बनेको छ । जीवन उत्सर्ग गरेका सहिदको अपमान गरिँदै छ । संसदीय व्यवस्थाले धेरै देश इज्जत राखेको छ । तर, नेपालमा कम्युनिस्ट पार्टीमा सरकार र भ्रष्टचारमोह बढेको छ । कांग्रेसजस्तो देश र जनताको विरुद्ध बेला मौकामा उभिने पार्टीले समेत दर्शक बनेर हेर्नु परेको छ ।
नेकपाको गुटको खेलोफड्कोबाहेक अरुले केही पाउँदैनन् । गणतन्त्रको आन्दोलनमा गोरुगाडाको व्याख्या गर्दै ज्ञानेन्द्रको निरंकुश शासनलाई साथ दिने जमातलाई सत्ता र राष्ट्रको अग्राधिकर प्राप्त छ । सामाजिक दायित्व नभएको परिवार र गुटको खेतीको कुरा समृद्धि र विकासमा झुलेका छन् । त्यही कारण संसद छलेर मन्त्रिपरिषदले एक वर्षमा चार पटकसम्म सार्वजनिक खरिद ऐन फेर्न अग्राधिकार पाएको छ । यो देशमा भ्रष्टाचारको साक्षी अख्तियार बनेको छ ।
सरकारको खर्च पारदर्शी छैन । सांसदले प्रश्न उठाउँदैनन् । जंगे शासकका हिमायती प्रधानमन्त्री ओलीलाई सत्ताको कुर्सी प्यारो छ । नेकपाको पार्टी छ, सत्ताको वरिपरि सांसद छन् । राज्य अपराधविरुद्ध एक शब्द बोल्दैनन् । यस्तो लापरबाही गर्न र गराउन जनताले कम्युनिस्टलाई रोजेको होइनन् ।