‘कालापानी, लिपुलेक, लिम्पियाधुराको सट्टा बंगलादेश जोडिने भाग साट्न सकिन्छ’

प्रमुख राजनीति

प्रेस युनियन मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली भुमी अतिक्रमणका विषयमा बहस आबश्यक भएको बताएकी छिन् ।

सरकार र प्रतिपक्षिदलहरु समेत सिमा बिवादका विषयमा नवोलेको आरोप लगाउदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन् । नेपाली भूमी कालापानी,लिपुलेक र लिप्पियाधुरा भारतले प्रयोग गर्ने भए त्यसको सट्टा ,पट्टामा भारतले मेची देखि बंगलादेश जोडिने समुद्र सम्मको भाग दिन ,लिन सकिने तर्क गरिन । यसवाट ब्यापार सहित आन्तरिक समृद्धी आउने बताइन् । सिमा अतिक्रमणका विषयमा कोही पनि नबोल्ने तर आफुले देशकै हितमा बोल्दा विवादास्पद टिप्पणी भएकोमा आश्चर्य ब्यक्त गरिन्।

यस्तै, एमसीसीका विषयमा पनि सरकार र दलहरुले जनताको भावना जितेर पास गर्नु पर्ने बताइन् । बिवादास्पद विषय र बुंदाहरुलाई परिमार्जन गरेर एमसीसी पास गर्न पर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *