पूर्व बाललडाकु भन्छन्‌- ‘अलपत्र पर्‍यौं, बरू कुल्ली काम भएपनि देउ’

प्रमुख समाचार

बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्न निस्केको माओवादी १० वर्षे सशस्त्र आन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएको पनि १० वर्ष नै हुन लाग्दासमेत उसमा जनयुद्ध को धङधङी हट्न सकेको छैन।

बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्न निस्केको माओवादी १० वर्षे सशस्त्र आन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएको पनि १० वर्ष नै हुन लाग्दासमेत उसमा ‘जनयुद्ध’ को धङधङी हट्न सकेको छैन। तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे शसस्त्र युद्ध लडेका लडाकुहरुले १३ बर्षपछि पनि आफूहरुलाई जीवन जिउन मुस्किल परिरहेको दुःखेसो गरेका छन्।

उनीहरुले समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन(यापनका लागि सरकारले ध्यान नदिएको भन्दै विभिन्‍न माग अघि सारेका छन्। ‘कि जन कि धन’ भन्दै थुप्रै बालबालिकालाई समेत माओवादीका नेताहरुले(कार्यकर्ताहरुले युद्धमा संलग्‍न गराएका थिए। यसरी कलिलै उमेरमा जङ्गल पसेकाहरुमध्ये कोही अंगभंग भए भने कतिले ज्यान नै गुमाए। विस्तृत शान्ति सम्झौतापछि माओवादी विद्रोहमा पूर्णविराम नै लाग्यो। तत्कालिन सरकार र राजनीतिक दलहरुसँग विभिन्‍न सम्झौता गर्दै माओवादी शान्ति प्रक्रियामा फर्कियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *