दुई जना सहसचिवलाई सचिवमा बढुवा

समाचार

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा. गोपी खनाल र डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीलाई पछि पार्दै खनाल सचिव बनेका हुन् । खराल भने एकल सिफारिसमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *