काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभी) को ’रिजल्ट बेस फाइनान्सिङ’ परियोजनाअन्तर्गत ५,७२८ सुधारिएको चुल्हो वितरण गरिएको छ । बैंकले परियोजनासँग मिलेर यो परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका बिभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।
बैंकको लघुबित्त विभागले परियोजना सफलतापूर्वक कार्य गरिरहेको विज्ञप्तिमा जनाएको छ । अन्य बिभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्दत पुग्ने, विषेशगरी महिलाले भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमी ल्याउने, धुवाँधुलोमा कमीको कारणले वायु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुवाँ तथा धुलोको कारणले स्वास्थ्यमा आउने रोग तथा बिकारहरुमा समेत कमी हुने विश्वास लिइएको छ ।