काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिक तहमा एकपटक झस्काइदिने स्थिति महासचिव शंकर पोखरेलको दुई दलीय सिन्डिकेटको हौवा असफलताले पैदा गराएको छ । यसपटक अध्यक्ष केपी ओलीले महासचिव पोखरेललाई उपनिर्वाचनको कमाण्ड गर्न अधिकार सुम्पेका थिए । उपनिर्वाचनमा एमालेले माओवादीविरुद्ध कांग्रेसलाई साथ दिँदा पनि कतिपय ठाउँमा सरकारी उम्मेद्वार पराजित भएका थिए ।
कांग्र्रेस एमाले मात्र नेपालका राजनीतिक दल हुन्, अरुको सटर बन्द गरे हुन्छ भन्ने शंकर पोखरेल भारतीय गुप्तचरका सारथी भएको दाबी गरिन्छ । उपचुनावको सन्देशले एमाले भित्रको प्रो–इन्डियन र अमेरिकी लबीले वामपन्थीहरूमाथि दमन हो । पोखरेललाई जापानका नेताहरु केपी ओलीसँग छैनन् भन्ने थाहा छ । सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, धनेन्द्र बस्नेत र नारदमुनि वाग्ले जस्ता नेताहरूलाई केपी ओलीले खेदका हुन् । स्वर्गीय मदन भण्डारीको जनताको बहुदलीय जनवादका व्याख्याकार शंकर होइनन्, जसले एमालेलाई वामपन्थी ध्रुवीकरणबाट टाढा लैजाने काम भएको छ ।
वाम संस्कृतिले नेकपा एमाले तल्लो तहसम्म बिग्रेको छ । पार्टी सत्तामा भएपनि जनताको काम गर्न नपर्ने बृहत्तर योजना शंकरकै पहलमा भएको छ । पोखरेलले लुम्बिनी प्रदेशमा आफ्नो हैकम जमाउँदा प्रदेश तहकै कमिटीको नेतृत्व फुत्कियो । विष्णु पौडेल, छविलाल बिकहरु उनैका निम्ति घाँडो भएका छन् । प्रदेशमा स्थापित नेतृत्वलाई प्रदेशमै विस्थापित गर्ने काम भएपछि महासचिवका योजना अप्ठ्यारोमा पर्छन् । पार्टी अध्यक्ष ओलीले बारम्बार एमालेको बैठकमा सरकारी नाम र कामको प्रचार केन्द्रीय सदस्यहरूबाट भएन भन्नुको कारण नै महासचिव पोखरेललाई काममा लगाउन नसकेको संकेत हो ।