कांग्रेसभित्र आन्तरिक किचलो बढ्दै, डा. शेखरको योजनाले देउवालाई छटपटी

राजनीति समाचार

काठमाडौं । ल्यापटप र व्यवसायी बाख्रापालनका योजनाकार पार्टी महामन्त्री गगन थापाको हजुरलाई व्यवस्था गर्दै कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला । आफ्नो एजेन्डामा सक्रिय छन् । डा.शेखरलाई सभापति शेरबहादुर देउवाले दिएको खाएर वंशवादविरुद्ध उत्रिने डा. शशांक हुन् कि सुजाताप्रति कुनै सोधपुछ गर्नु छैन । उनको एउटा पंक्ति झापाबाट पसेर महाकालीको राजनीति यात्रा चलाएको छ भने अर्को पंक्तिले मंसिर १८ र १९ मा आफ्नो पक्षका गाउँ नगर जिल्ला तहका कार्यकर्ताको भेला सम्पन्न ग¥यो । जबकि संस्थापनले २२ गते प्रदेश समितिको सम्मेलन राखेको थियो ।

कोशी प्रदेशका १३७ पालिकाका सभापति र आफ्नो तर्फका सभापतिहरूलाई त्यो बेलामा सहभागी गराएर डा शेखरले १५ औं महाधिवेशनको तयारी थालेका हुन् । कोशीबाट डा. शेखरले सुरु गरेको विद्रोहको अरु प्रदेशमा पनि नसल्केला भन्न सकिँदैन प्रदेशको अध्यक्ष बनेका उद्धव थापा कृष्ण सिटौला पक्षधार हुन् । उनलाई डा. शेखर पक्षले गनेन त्यहीकारण पार्टी क्रियाशीलताको भावना अनुसार यो समूह पूर्व मेची पश्चिम महाकाली गरेको हो ।

हिजो आफू त्यही गुटबाट महामन्त्री बनेर फन्टुस भाषण गर्दा पनि उपचुनावमा २०७९ भन्दा कम स्थान पाउँदा पनि महामन्त्रीको संगठन संरचनामा खिया लागेको महसुस नगर्ने गगन थापालाई संरक्षकको अभाव भएको छ । थापासँग शेखर समूह फुत्कदा संस्थापन पक्षले आफ्नो कोर टिममा प्रवेश गराउने आश हुन सक्छ । तर कांग्रेस संस्था र समूहभन्दा व्यक्ति निर्णायक हुनाले शेखर समूहले संस्थापनलाई अप्ठ्यारो पार्ने निश्चित छ ।

कांग्रेसभित्र पदको ख्याल नगर्दा शेखर कोइरालाले कोशी प्रदेशको भेला बहिष्कार गरेका छन् । महामन्त्री गगन थापा सभापतिका लागि संस्थापनको पछि लागेको बताइन्छ । महामन्त्री थापासँगै अर्का महामन्त्री विश्व प्रकाश शर्माले आगामी महाधिवेशनमा उपाध्यक्ष पद ताक्छन् कि उही पद दोहो¥याउँछन् पत्तो छैन । सरकारमा कांग्रेस छ तर कांग्रेसले जनतामा प्रभाव पार्न सकेको छैन ।

सरकारकै काम गराइमा पनि असन्तुष्टि डाक्टर शेखरलाई देउवा पछिको वरिष्ठ नेता भएर पनि व्यवहारमा वरिष्ठको ठाउँ राखिएको छैन । रामचन्द्र शेरबहादुरपछिको रोलक्रममा थिए । तर सभापति देउवाले डाक्टर शेखर कोइरालालाई ठाउँ नदिँदा कोशी प्रदेशको भेलामा सहभागी भएनन् डाक्टर शशांक र सुजाता कोइरालालाई ठाउँ पाए हुन्छ । ठूलो पदमा यिनको पहुँच छैन । सभापति देउवाको काम सुस्त छ । पूर्णबहादुर उपसभापति छन् । डाक्टर शेखरलाई उछिन्दै गगन थापालाई आफ्नै टिम पचेन ।

थापा १५ महाधिवेशनमा सभापतिमा उम्मेदवार दिने तयारीमा छन् । थापालाई आफ्नो पछिको बाटो हेर्दा संस्थापन पक्षलाई युवाहरू समेट्न सहज बन्दैछ । डा.शेखरले आफ्नो टिमका भूपेन्द्र जङ्ग शाहीलाई जागरण अभियानको नेतृत्व गरेर डा.शेखरको मत बढाउन हिँडेका गुरु घिमिरे र डाक्टर चन्द्र भण्डारीहरू शेखरसँगै जोडिएका छन् । आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गरेर डा.शेखरले संस्थापनसँग रिस फेरेका हुन् । कोइराला पक्षले मङ्सिर १८ र १९ मा आफ्नो तहको बेला सम्पन्न गरेको थियो । त्यहाँ संस्थापनका उद्धव थापा सहभागी भएनन् थापा अर्का नेता कृष्ण सिटौला पक्षका हुन् । डा. शेखर र सिटौला बीचमा मिलाप छैन । त्यही कारण पनि शेखरले आफ्नो अभियान चलाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *