भारतको हलमा चलचित्र ‘ज्वाइँ साब’ प्रदर्शन

मनोरञ्जन समाचार

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ ।नेपालमा गत दसैँमा रिलिज भएको चलचित्र अहिले नेपालीभाषी रहेका भारतको विभिन्न ठाउँमा ‘ज्वाइँ साब’ रिलिज भएको हो ।

भारतको डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा सिक्किम, एसभीएफ सिनेमा दार्जिलिङ, सविन किङडम सिलगुडी, ड्रिम थिएटर कालिङपोङ र इम्पेरियल थिएटर निामची सिक्किममा ‘ज्वाइँ साब’ प्रदर्शन भई रहेको निर्देशन वसन्त निरौलाले जानकारी दिएका छन् ।

नेपालीभाषी रहेका ठाउँमा ‘ज्वाइँ साब’ रिलिज भएको हो’, निरौलाले थपे ‘दिल्ली, सुरत, मुम्बई, अहमदाबाद, हैदराबाद, देहरादुन, मोहली, चण्डीगढ, चेन्नेइ र गोवाहटीमा पनि फिल्म रिलिजको प्रयास भैरहेको निर्देशकले बताएका छन् ।

चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *