अवैध रुपमा बसेका नेपाली अमेरिकी चार्टरमार्फत् काठमाडौंमा

देश/विदेश समाचार

काठमाडौं । अमेरिकामा अवैध रुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं आइपुगेको छ । अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौं अवतरण गरेको हो ।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका ११ जना नेपालीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गरी नेपाल फर्काएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता

आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो। इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *