काठमाडौं । आफैले खनेको खाडलमा आफै परिन्छ भन्ने भनाइ अहिले प्रधानमन्त्री एवं एमाले ध्यक्षको हकमा लागू भयो । आफू बाहेक सहयात्री समकक्षी कसैको चासो नराख्ने र नटेर्ने प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष प्रचण्डलाई धोका दिएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छन् । केपी ओलीले अहिले सरकार पुरै अवधि जान्छ, म इमान्दारपूर्वक कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद सुम्पने दाबी गरिरहेका छन् । यसपटक प्रधानमन्त्री ओलीलाई चिनको औपचारिक भ्रमणबाट भएका सम्झौतामा विवाद भएको छ ।
कांग्रेसले चीनसँग बिआरआईमा ऋण स्वीकार नगर्ने भनिरहेको छ भने परराष्ट्रमन्त्री डा.आरजुले बिआरआई फ्रेमवर्क अन्तर्गतको सम्झौता ऋण होइन अनुदान भनिरहेकी छिन् । तर परराष्ट्रविद्हरुले भने बिआरआईभित्र सहयोग चीनले त्यो आयोजना जहाँ लागू भयो, त्यहाँ ऋणकै रुपमा सञ्चालन भएको कुरा छर्लङ्ग छ । तर भ्रमण दलका नेता तथा सहभागीहरु नाम जहाँ जे घुसाए पनि ऋणमै बिआरआई जोडिन्छ । यही विषय प्रधानमन्त्रीको लोक रिज्याइँ बन्दैछ ।
आफू विश्वासघाती हुँदा अरूको टिका टिप्पणीले तर्साउँछ । प्रधानमन्त्री केपी ओली स्वार्थमा सम्झौता गरेर तोड्न सफल भएको उदाहरण थुप्रै छन् । ओलीले माओवादीका अध्यक्षलाई पटकपटक धोका दिए । जब कि सुरुमा ओलीलाई प्रधानमन्त्री बनाउने प्रचण्ड हुन् । प्रचण्डले संविधान जारी भएपछि ओलीलाई प्रधानमन्त्री बनाए । तर ९ महिनापछि सत्ता हस्तान्तरण गर्न उनी तयार भएनन् ।
प्रचण्डलाई ३ पटकसम्म ओली आफैले धोका दिएर सरकारमा रमाएर दिन बिताएका छन् । डा.शेखरले सरकारले काम देखाएन भन्ने आवाज उठाएका छन् । सत्यतामा आधारित डा.शेखरको टिप्पणीसँग चीनको बीआरआई पनि परेको छ । पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत बीआरआईका विषयमा स्पष्ट छन् । उनी आफैं त्यो सम्झौताको सुरुवाती चरणको हस्ताक्षर कर्ता हुन् ।
०७२, ०७४ र २०८१ गरी ३ पटक प्रम ओलीले दिएको ाधेकाका घाइते भनेकै प्रचण्ड हुन् । कांग्रेस ठलो पार्टी र नेकपा एमालेको मुख्य प्रतिस्पर्धी पनि हो । सरकारमा छ, उपचुनावमा स्वार्थअनुसार सम्झौता भएकै थिए । बोलेको कुरा पुरा जसले गर्दैन, उ आतंकित हुन्छ ।