काठमाडौं । गृह सचिव गोकर्णमणि दुवाडीकै कारण गृह प्रशासन फितलो बन्न पुगेको छ । प्रहरी प्रशासन चलायमान हुन सकेको छैन । गृहसचिवले प्रहरी प्रशासनभित्रको सुधार गर्नुपर्र्ने ेकामहरु गर्नसकेका छैनन् । गृहसचिव दुवाडीकै लापरवाहिले गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमा बढुवा रोकिएको छ । राजनीतिक भागबण्डाले गर्दा प्रहरीभित्रको मनोबल खस्किएको छ । प्रहरी संगठनलाई चाहिने हात हतियार खरिद प्रक्रिाय अलपत्र परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ८ भन्दा बढि डिआइजीहरुले जिम्मेवारी पाएका छैनन् ।
प्रहरीमा एसएसपी पद रिक्त रहेको छ । प्रहरीभित्र बढुवा हुन सकेको छैन । यी यस्ता कारणले गर्दा पहरीभित्र सरुवा बढुवामा समस्या परिरहेको छ । गृहसविच दुवाडी बद्नाम हुदै गएका छन् । गृहमन्त्री र सचिव दुवाडी असक्षम रहेको प्रहरीहरुको गुनासो छ । प्रहरी संगठनहरु ध्वस्त हुदैँ गएका छन् । गृहमन्त्रालय राजनीतिक दलहरुको छत्रछायाँमा पर्ने गरेको र प््रहरी सरुवा बढुवादेखि प्रहरीको रासन खरिद, लत्ताकपडा खरिद लगायतमा भ्रष्टाचार हुदैँ आएको छ ।
सो भ्रष्टाचार अहिले पनि कायमै रहेको छ । गृहमन्त्री रमेश लेखकले प्रहरीभित्रको विकृति र विसंगति र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेका छैनन् । प्रहरी सरुवा र बढुवाको लागि परराष्ट्रमन्त्री डा. आरजु राणाको इशारामा गृहमन्त्री लेखक चल्ने गरेका छन् । गृहमन्त्रालयले गर्नुपर्ने कामहरु गर्न सकेको छैन । दुबै प्रहरी संगठनहरुले सुरक्षाको लागि थप हतियार किन्न सकेको छैन । \
हतियारकै अभावले गर्दा प्रहरीहरुले राम्रोसँग सुरक्षा दिन सकेका छैनन् । सुरक्षा निकायभित्र पनि नातावाद र क्रिपावाद हावी हुँदा प्रहरी संगठनहरु चलायमान हुन सकेको छैन । प्रहरी संगठन चलायमान हुन नसक्दा सुरक्षामा कमी आएको छ । प्रहरीलाई अति आवश्यक सामान खरिदमा भ्रष्टाचार हुने गरेको छ । आइजीपी बसन्त कुँवरले प्रहरी संगठनभित्रको विकृति र विसंगतिलाई रोकथाम गर्न सकेका छैनन् । कुँवरको जागिरे अवधि पनि धेरै छैन । त्यसकारण कुँवरले प्रहरी संगठनलाई चलायमान बनाउन सकेका छैनन् ।