मुख्यसचिवकै कारण सर्वसाधारणको काम अलपत्र

राजनीति समाचार

काठमाडौं । मुख्य सचिव एक नारायण अर्यालकै कारण कर्मचारीभित्र विकृति र विसंगतिहरु बढ्दै गएको छ । ‘मियो गतिलो भए पो दाईँ राम्रो हुन्छ’ भन्ने भनाइ कर्मचारीभित्र चरितार्थ भएको छ । यतिबेला अधिकांश कर्मचारीहरुले काम गर्न छाडेका छन् । कतिपय कर्मचारीहरुले कति बेला कहाँ फसिने हो भनेर फाइलमा सहि गर्न समेत छाडेका छन् । कतिपय कर्मचारीहरु यहि हो कमाउने मौका भन्दै मुख्य सचिव अर्यालको चाकडी गर्दै कमाउ अड्डामा पुग्ने गरेका छन् । मुख्य सचिव अर्यालले पनि कर्मचारीलाई छानी–छानी मालदार ठाउँमा पठाउने गरेका छन् ।

अर्याललाई मुख्य सचिव हुँदा भएको खर्च उठाउनै प¥यो । विभिन्न शक्तिकेन्द्रहरुलाई पनि सहयोग गर्नैप¥यो । समय अनुसार घुमघाम, रमाइलो गर्नैप¥यो । त्यसकारण मुख्य सचिव एकनारायण अर्यालले भन्सार कार्यालय, अध्यागमन कार्यालय, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय र स्थानीय तहको मालदार अड्डाजस्ता ठाउँमा आफ्ना आसेपासेलाई फिट गरेर कमाउधन्दा सुरु गरेका छन् । उनी कमाउधन्दा मात्रै गर्दैनन्, उस्तै परे उनको विरोध गर्ने व्यक्तिहरुलाई सधै सिंहदरबारको बरन्डामा थन्क्याउने काम गर्दछन् । त्यसकारण कर्मचारीहरुले उनलाई सहयोग गरेका छैनन् । आफूलाई मन परेका कर्मचारीको जन्मदिनमा समेत मुख्य सचिव भएर बधाई दिन स्थानीय तहको कार्यालयमा समेत पुग्ने गर्दछन् ।

आफ्नो विरोध गर्ने कर्मचारीलाई बरण्डामा मात्र राख्दैनन्, मिडियामा समाचार प्रकाशन गर्न लगाउने, अख्तियार र राष्ट्रि सतर्कता केन्द्रमासमेत उजुरी हाल्न लगाउने काम गर्ने गरेको स्रोतको भनाइ छ । त्यसै कारणले पनि कर्मचारीहरुले काम नगरेको भुक्तभोगी कर्मचारीहरुले तामाकोशी सन्देशलाई बताए । मुख्यसचिव अर्यालले निजामती विधेयकमाथिको छलफलका क्रममा गत आइतबार प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी खेलौना भएको गुनासो समेत गर्न भ्याएका थिए ।

मुख्यसचिव अर्यालले त्यसो भनिरहँदा पनि कर्मचारीहरुले आफ्नो कामलाई थाती राख्दै जागिर खाने भन्दा अन्य काम गर्न सकेका छैनन् । मुख्य सचिवकै कारण कर्मचारी प्रशासन चलायमान हुन सकेको छैन । किनभने कतिपय सिनियर कर्मचारीहरु वाइपास हुने र जुनियर कर्मचारीहरुले स्थान पाउने भएकाले कर्मचारी प्रशासन यतिबेला खस्कँदै गएको छ । त्यसको मारमा आमसर्वसाधारण सेवाग्राही परिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *