वैदेशिक रोजगार विभागमा सेटिङ अख्तियार रमिते

प्रशासन समाचार

काठमाडौं । लोसपाको पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने हल्ला चलाएको थियो ।

त्यो हल्ला चलेको पनि करिव तीन महिना हाराहारी हुन थालेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने चाहना गरे तापनि कांग्रेस तयार नभएपछि त्यत्तिकै थाति रहेको थियो । अहिले सरकार नै धरापमा प¥यो । उता श्रम सचिव कृष्णहरि पुष्करले पनि श्रम मन्त्री भण्डारीलाई परिवर्तन गर्न लोसपाका नेताहरुसँग हारगुहार गरिरहेका थिए ।

मन्त्रिमण्ड फेरबदलको हल्लासँगै श्रम तथा रोजगार विभागमा सुधारको कामभन्दा पनि उठ्तीपुठ्ती धन्दा फस्टाइरहेको छ । त्यसमा मन्त्री भण्डारी बेखबर जस्तै बनेका थिए । श्रम मन्त्रालयदेखि वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, सामाजिक सुरक्षा कोष, ईपीएस कोरिया शाखा र वैदेशिक रोजगार बोर्ड जस्ता मालदार अड्डामा श्रम सचिव कृष्णहरि पुस्कर (कर्ण)ले सेटिङ फिट गरेरका छन् ।

वैदेशिक रोगार विभागका महानिर्देशक कमल भट्टराईले म्यापावर कम्पनीको ठेक्का लिएका छन् भने श्रम सचिव कर्णले वैदेशिक रोजगार बोर्ड, इपिएस कोरिया शाखा र सामाजिक सुरक्षा कोषको ठेक्का लिएबापत अर्बौं असुलिरहेका छन् । त्यसरी असुलेको धन कृष्णहरि पुस्करले मुख्यसचिव बन्नमा लगाउने उद्देश्य रहेको थियो । तर, सरकार गिर्न पुगेको छ ।

उता, वैदेशिक रोजगार विभागका महानिर्देशक भट्टराईको ध्यान म्यानपावर कम्पनीबाट उठाएको पैसा खर्च गरेर सचिव बन्ने चाहना थियो । उनको पनि सपना चकनाचुर हुन पुगेको छ । त्यसैगरी वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनी अनुगमन गर्न तीन जनाको टोली खटाएको छ । बिहान नौबजेदेखि बेलुका ७ बजेसम्म अनुगमन टोली खटाएर उर्ठी धन्दा चलाएको छ ।

विभागबाट खटिएर टोलीहरुले अनुगमन गर्दा के के कारबाही भयो भनी तामाको सन्देशले सम्पर्क गर्न खोज्दा विभागका सूचना अधिकारी सम्पर्कमा आउन चाहेनन् । विभागले म्यानपावर कम्पनी अनुगमन गर्ने नाममा व्यापक असुली धन्दा चलाइरहेको स्रोतले उल्लेख गरेको छ । हाल १६ सयभन्दा बढी म्यानपावर कम्पनी सञ्चालनमा रहेका छन् ।

गत असार मसान्तसम्ममा ३ सय हाराहारी म्यानपावर कम्पनीहरु अनुगमन भइसकेका छन् । साउनदेखि भदौम्ममा कति म्यानपावर कम्पनी अनुगमन भयो भन्ने सम्बन्धमा जानकारी लिन खोज्दा विभागका सूचना अधिकारी सम्पर्कमा आउन चाहेनन् । विभागका सूचना अधिकारी उप–सचिव टिकाराम ढकालले देशव्यापी म्यानपावर कम्पनी अनुगमन गर्ने नाममा निस्किएका थिए ।

यता, काठमाडौं उपत्यकाभित्रको अनुगमनमा तेजेन्द्र ओली, युवराज आचार्य र अर्का एक कर्मचारीले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खटिएका छन् । मापदण्डविपरीत सञ्चालनमा रहेका मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा जानेहरुसँग मनलाग्दी पैसा असुली गर्ने गरेको, अनुमति नभएका युरोपियन देशहरुमा कामदार पठाउने गरेको, लागतभन्दा बढी रकम लिएको, नक्कली डिमान्ड लेटर खडा गरेर विदेशमा मान्छे पठाएको, विदेशी जेलमा अलपत्र परेका र अंगभङ्ग भएकालाई उद्दार तथा राहत नदिएको जस्ता विषयमा अनुगमन गर्ने गरिन्छ ।

त्यसरी अनुगमन गर्दा प्रतिम्यानपावर कम्पनीबाट ५ देखि ७ लाखसम्म असुली धन्दा चलाउँदा समेत अख्तियार रमिते बनेको स्रोतले उल्लेख गरेको छ । गत असार मसान्तसम्ममा संस्था नविकरण, नयाँ दर्ता र रिन्यू फेल भएकाहरुको रिन्यू गर्दा समेत करोडौं पैसा उठाएको स्रोतको दावी छ । तर, सम्बन्धित निकाय भने गुमनाम भएको बताइन्छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भट्टराईले यस्तो धन्दा चलाएका छन् भने मन्त्रालयका सचिव कर्णलाई कोरिया शाखादेखि वैदेश रोजार बोर्डको पैसामा विदेश घुम्ने र आर्थिक लाभ लिने गरेको पीडितहरुको गुनासो छ ।

त्यसैगरी महानिर्देशक भट्टराईले चाडवाड नजिकिएसँगै विदेश जाने नेपालीहरुलाई श्रीम स्वीकृति दिँदा अन्तिम स्वीकृति, रिइन्ट्री र पूर्वस्वीकृति दिँदा सरलीकरण गरेको र अन्य काममा मोटो रकम असुल्ने गरेको बताइन्छ । भट्टराई दशैंपछि वैदेशिक रोजागर विभागबाट अन्यत्र सरुवा हुने अथवा सचिव भइछाड्ने मुडमा रहेको स्रोतले उल्लेख गरेको छ । तर, सरकार कसले बनाउने हो र कुन मन्त्री हुने हो त्यसमा भर पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *