चुनावी माहोल तयार गर्दै राजनीतिक दल आचारसंहिता अगाडि नै खर्च जुटाउने अभियान

समाचार

काठमाडौं । मुलुकमा संघीय र प्रदेश चुनावको तयारी सुरु भइसकेको छ । राजनीतिक दलका आ–आफ्नै दाउ सुरु भइसकेका छन् । गठबन्धनको छहारी बिना संसदमा बहुमत आउने अवस्था कुनै पनि राजनीतिक दलको छैन । मौका पाउँदा आफै ठूलो हुने एमाले अध्यक्ष केपी ओली र शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रचण्ड, शेरबहादुर देउवा, आरजु राणा चुनावपछि प्रधानमन्त्री बन्ने चर्चामा छन् । कांग्रेसको अस्तित्व रक्षाको अवस्थामा माधव नेपाल र प्रचण्ड लागेका छन् । गणतन्त्रको स्थापनाको लागि भएको आन्दोलनका विरोधी केपी ओली भएको बताइन्छ । गणतन्त्रमाथि खतराको घण्टी बजाउने काम केपी ओलीले गरेको भए यो मुलुक कम्युनिष्टमय हुन्थ्यो । आफैंले बिगारेको संरचना जोड्नु एमालेका अध्यक्ष केपी ओलीले बिगार्दैछन् भन्ने आरोप लागेको छ ।
एमालेको गठबन्धनमा प्रतिगमनकारी राप्रपा नेपाल, राप्रपा पृथकतावादी जनमत पार्टी र रमेश चौधरीको भागवण्डामा बिग्रह नआउला भन्न सकिँदैन । ओली प्रधानमन्त्री भएका बेला आतंककारी गतिविधिमा लाग्दा पार्टी प्रतिबन्ध लागेको नेकपा चन्दले स्थानीय चुनावमा भाग लियो तर शून्य भयो । अहिले चुनावको कारण फुटेको नेकपा हेमन्त ओली (सुदर्शन), धर्मेन्द्र बास्तोलाले बहुमत लिएर पार्टी चलाएका बेला चन्द पक्षले चन्दा आतंक मच्चाएको छ ।
प्रचण्डलाई कमजोर बनाउन यूरोपियन यूनियनको पैसामा चलेको नेकपा क्रान्तिकारी माओवादीले आफ्नो शक्ति नहुँदा चुनाव बहिष्कारको घोषणा गरेको छ । पहिला त्यो समूहबाट पम्फा भुसाल, हितमान शाक्य, देव गुरुङले कांग्रेस र एमालेका उम्मेद्वारहरुसँग राम्रै पैसा खाएका थिए । आज उनीहरु माओवादी केन्द्रको सत्ता स्जार्थ र कमाउमा लागेका छन् । रामबहादुर थापा एमाले बनेका छन् । संसदीय मोर्चामा सहभागी नहुने तर चुनावको मुखमा ठूला व्यापारी, उद्योगी, नेपाल सरकारका आयोजनाहरुबाट ठूलो परिणाममा चन्दा उठाउने क्रम शुरु भएको छ । चुनाव बहिष्कारको कार्यक्रमको लागि भन्दै उठाइने चन्दासँग दाताको राजनीतिक सम्बन्ध जोडिने कुरा पनि हुन्छ । चन्दा दिनेले मत माग्दा ती क्रान्तिकारीले आफ्नो भोटको संख्या पनि विगतमा बताउँथे । यसपटक नेत्रविक्रम चन्दमाथि एमाले अध्यक्षको शक्ति जान्छन् कि राप्रपाका कमल थापाको त्यो भने खुलेको छैन ।
नेकपा चन्दको हैसियत स्थानीय निर्वाचनमा रुकुम पश्चिम र रोल्पामा देखिएकोले नेकपा एमालेले महत्व नदिने होकि भन्ने शंका पनि छ । चुनावमा सहभागी हुन नहुने ठेगान नभएको नेकपासँग एमालेको सम्बन्ध भने छैन । तर अध्यक्ष केपी ओलीले नगद दिएर प्रचण्डको सेखी झार्न नेकपा चन्द र हेमन्त प्रकाश (सुदर्शन) ओलीको प्रयोग गर्न सक्ने अनुमान छ । सिंहदरबार परिसरमा नेपाल सरकारका सचिव टेलिकम, दूरसंचार प्राधिकरण, विद्युत प्राधिकरण, साल्ट्र टेड्रिङ कर्पोरेशन, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सडक विभाग, सहरी विकास विभााग, वन विभाग, नागरिक उडड्यन प्राधिकरणका प्रमुखहरुलाई सचिवहरु मार्फत फोन गर्न लगाएर चन्दा उठाउने क्रस बढेको बताइन्छ । नेपाल सरकारका अधिकृत, उपसचिव, सहसचिवहरुको कार्यक्षेत्र र बजेट हेरेर चन्दा माग गरिएको बताइन्छ । ओली सरकारले प्रतिबन्ध लगाएको त्यही सरकारले प्रतिबन्ध फुकाए पनि ज्यान मुद्दा, विस्फोटकजन्य अपराध, धम्की तथा शरीर बन्धक मुद्दा लागेको हकमा सरकारले मुद्दा फिर्ता लिन नसक्ने भनको छ ।
नेकपाको सरकारको बेला सोमप्रसाद पाण्डेको कार्यदलले मधेसको सिके राउत र नेकपा चन्दसँग वार्ता ग¥यो । त्यो वार्तापछि भूमिगत भनिएको नेकपा चन्दले स्थानीय चुनावमा भाग लिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले सम्झौता गराउँदा त्यो समूह उपर लागेको मुद्दा क्रमशः फिर्ता लिने भनियो । तर कानूनी जटिलताको पाटो बाँकी थियो । स्थानीय चुनावमा नेकपा एमाले र कांग्रेसको साथ पाएर पनि चन्द समूह रोल्पाको आफ्नै वडा पालिकामा जित्न सकेन । त्यो समूहको घमण्ड उदांग भयो । एमालेले यो समूहप्रति महत्व दिन छाडेको छ । यसपटक चुनावमा भाग लिने नलिने ठेगान छैन । तर धम्काए र चन्दा उठाउन योजनामा सक्रिय रहेको बताइन्छ । जसको जनस्तरमा शक्ति छैन । त्यसैले चुनाव बहिष्कार गर्छ । मोहन वैद्य नेकपा बहुमत अर्थात हेमन्त ओलीले भाग नलिने भनेका छन् । चन्द पक्षले चुनावलाई कमाइको माध्यम बनाउँदैछ । त्यो पार्टीका खड्क विक अन्नपूर्ण होटलको मजदुर मालिक विवादमा ५ करोडमा मुछिएका छन् । कथित क्रान्तिकारीहरुको द्रव्य मोहको परिचय यही गतिले खुल्दै गयो भने जनतालाई बारम्बार सताउने ठाउँ घट्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *