काठमाडौं । एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका देवेन्द्र दाहालले एक वर्षे कार्यकाल पार गरिसक्दा पनि पूर्वाधारका कामहरुसमयमा सम्पन्न गर्न सकेका छैनन् ।
सचिवालयका कर्मचारीदेखि मन्त्री र पीएको काम कर्मचारी सरुवा गर्ने र ठेक्का पट्टा हात पार्नेमै ठिक भएको छ । त्यसले गर्दा मन्त्री दाहाल मात्रै नभएर एमाले पार्टी नै बद्नाम हुन पुगेको छ । मन्त्री एमालेका तर कमाउ अड्डामा कांग्रेसनिकट कर्मचारी भएपछि कसरी हुन्छ भौतिकको काम ? मन्त्री दाहालले मालदार अड्डामा कर्मचारी सरुवा गर्दा करोडौं असुल्दै आएका छन् ।
मन्त्री दहालले गत जेठ १२ गते डा. बिजय जैसीलाई करोडौं रुपैयाँ लिएर सडक विभागको महानिर्देशक बनाएका थिए । महानिर्देशक नियुक्ति गर्दा मन्त्री दाहालले ठूलो मात्रामा धनरासी हात पारेका थिए । त्यही खर्च गरेको पैसा उठाउन महानिर्देशक लाग्दा गत असार मसान्तसम्ममा हुनुपर्ने भौतिक संचनाको काम हुन सकेको थिएन । भौतिक संरचना काम समयमा हुन नसक्दा बजेट पनि फ्रिज हुन पुगेको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा पनि भौतिक संरचनाको काम नहुने देखिन्छ । किन कि एकातिर बजेट अभाव र अर्कोतिर कर्मचारी सरुवा गर्दा ठूलो मात्रामा रकम खलखेल भएको कर्मचारीहरु खर्च उठाउन लागिपर्दा विकास निर्माणका काम अलपत्र पर्ने देखिन्छ । महानिर्देशक जैसी पनि भौतिक पूर्वाधारको काममा लाग्नेभन्दा महानिर्देशक बन्दा भएको खर्च उठाउन व्यस्त रहने छन् ।
भौतिक मन्त्रालय अन्तर्गत पर्ने सडक विभागले यही भदौ ५ गतेको निर्णय अनुसार ५६ जना सीडीईहरु सरुवा गरिएको छ । ५६ जना सीडीईहरुको सरुवामा अर्बौं रुपैयाँको चलखेल भएको स्रोतले उल्लेख गरेको छ । त्यसमा कांग्रेस निकट कर्मचारीहरु हावी भएको पाइन्छ । काठमाडौं डिभिजन सडक कार्यालयमा कांग्रेस निकटका सुवोध देवकोटालाई ल्याइएको छ भने काठमाडौंका नारायणदत्त भण्डारीलाई चरिकोट पु¥याइएको छ ।
आठ अर्बको बजेट भएको भक्तपुरमा सुमन योगीलाई यथावत राखिएको छ । योगीको योसहित दुई कार्यकाल भक्तपुरमै बित्ने छ । त्यसैगरी रामुमार देवलाई सडक डिभिजन धनकुटाबाट सेती राजमार्ग (दक्षिण खण्ड) टिकापुर लोडे थामलेक सकड योजना, मेघराज मरासिनीलाई सकड सुधार तथा विकास योजना कार्यालय काठमाडौंबाट कान्ती राजमार्ग सकड योजना, राजेन्द्र प्रसाद साहलाई सडक डिभिजन, विराटनगरबाट सडक डिभिजन धनकुटा, विशलाल दाहाललाई सडक विभागबाट योजना प्रमुख, कालीगण्डकी कोरिडोर (गैंडाकोट राम्दी मालढंगा सडक योजना, कृष्णनाथ ओझालाई काठमाडौं चक्रपथ सकड विस्तार योजनाबाट गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सकड आयोजना, आशिष थापा मगरलाई पुल सेक्टर, नेपालगञ्जबाट पुल सेकटर, धरान, अविमनदास मुल्मीलाई सडक विभागबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेख, कृष्ण राज अधिकारी सिद्धबाबा सुरुङ मार्ग योजनाबाट पुल सेक्टर पोखरा, बद्रीप्रसाद शर्मा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबाट सडक डिभिजन नुवाकोट, राजेश कुमार दास भौतिक पूर्वाधार तथा यातायातबाट कमला ढल्केवर पथलैया सकड आयोजना (पूर्वी खण्ड), केदारप्रसाद नेपाल नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिमखण्ड)बाट सडक विभाग पुल शाखा, नारायण प्रसाद निहुरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक डिभिजन विराटनगर, अर्जुन सुवाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय, खड्गलाल श्रेष्ठ गल्छी–त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सकड योजनाबाट सकड विभाग, पुल महाशाखा, दीपेन्द्र पाण्डे पुपलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरबाट सडक डिभिजन, लुम्लिङटार, प्रदीप भण्डारी गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट सडक विभाग, सम्भार महाशाखा, पशुपति ज्ञवाली मिर्चैया–कटारी–घुर्मी सडक योजनाबाट नारायणघाट बुटवल सडक आयोजना (पश्चिम खण्ड)मा सरुवा भएका छन् ।
त्यस्तै अमित कुमार श्रेष्ठ सडक डिभिजन चरिकोटबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नातिबाबु खड्कालाई सडक विभाग सम्भार महाशाखाबाट सडक विभाग, HIMS तथा ICT शाखा, सञ्जयकुमार मिश्र गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथर, बलिराज मल्ल पुल सेक्टर सुर्खेतबाट सडक डिभिजन साँझेबगर, विसुन दास लामा सडक डिभिजन प्यूठानबाट कर्णाली कोरिडोर दक्षिण खण्ड (खुलालु सल्लीसल्ला सकड योजना, शम्भुप्रसाद आचार्य योजना प्रमुख, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतबाट सडक सुधार तथा विकास योजना कार्यालय रामेछाप, दीपककुमार झा पुल सेक्टर धरानबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, आरती साह पुल सेक्टर काठमाडौंबाट सकड विभाग पुल महाशाखा, सजना अधिकारी सूर्यविनायक–धुलिखेल सडक आयोजनाबाट नागढुङ्गा सडक योजना (पश्चिम खण्ड), ध्रुवकुमार झा कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरोला सकड योजना)बाट सडक डिभिजन लहान, अमिन्द्र खड्का गोरखा सकड योजनाबाट गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, शशांक मिश्र नारायणघाट–बुटवल सडक योजना पश्चिम खण्ड)बाट धनगढी (हसनपुर)–खुटीया–वी.पी.नगर–पश्चिम खण्ड), छविलाल पौडेल कमला–ढल्केवर–पथलैया सडक योजना (पूर्वी खण्डबाट कमला–ढल्केवर पथलैया सडक योजना (पश्चिम खण्ड), नवराज बास्तोला सडक डिभिजन पोखराबाट सिद्धबाब सुरुङ मार्ग योजना, निरज ठाकुर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतबाट भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय, अन्जु परियार पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, दैलेखबाट सूर्यविनायक–धुलिखेल सडक आयोजना, अनुक्षा घिमिरे सडक विभाग पुलबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वत, विवश बाबु सदादेव महाकाली पुल योजना, योजना प्रमुख पुल सेक्टर धनगढीबाट सडक डिभिजन सुर्खेत, दीपेश रजक सडक सुधार तथा विकास योजना कार्यालय पाँचथरबाट मिर्चैया–कटारी–घुर्मी सडक योजना, रत्नलक्ष्मी बज्राचार्य कान्ती राजमार्ग सडक योजनाबाट पुल सेक्टर काठमाडौं, कल्पना अधिकारी कालगण्डकी कोरिडोर (गैंडाकोट राम्दी मालढुंगा सकड योजनाबाट सडक विभाग पुल, अमित कुमार शर्मा सडक विभाग योजना अनुगमन तथा मूल्यांकन शाखाबाट सडक डिभिजन पोखरामा सरुवा भएका छन् ।
त्यसैगरी क्षितिज जोशी सडक सुधार तथा विकास आयोजना निर्देशनालयबाट आयोजना निर्देशनालय (एडीवी), शभाञ्जन दाहाल सडक डिभिजन तुम्लिङटारबाट सडक विभाग योजना अनुगनम तथा मूल्यांकन शाखा, तेजस्वी शर्मा सडक डिभिजन चौरजहारीबाट कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोराला सडक योजना), ज्ञानेन्द्रप्रसाद कलौनी पुल सेक्टर पोखरबाट सडक विभाग पुल महाशाखामा काजमा, आशिका पोखरेल सडक विभाग पुल महाशाखाबाट काठमाडौं चक्रपथ सडक विस्तार योजना, निरञ्जन थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक सुधार तथा विकास आयोजना निर्देशनालय, खुमबहादुर भण्डारी सडक डिभिजन सुर्खेतबाट सडक डिभिजन चौरजहारी, आशुतोष कर्ण सडक डिभिजन लहानबाट सडक सुधार तथा विकास योजना कार्यालय पाँचथर, सविना रानाभाट संघीय सडक सुपरीक्षण तथा अनुगमन कार्यालय सुर्खेतबाट पुल सेक्टर नेपालगञ्ज, मनिषमान शाक्य कमला–ढल्केवर–पथलैया सडक योजना (पश्चिम खण्ड)बाट तमोर कोरिडोर (चतरा मूलघाट सुभाङखोला) सडक योजना, दीपक सुनार महाकाली कोरिडोर (चाँदनी गड्डाचौकी ब्रम्हदेव झुलाघाट दार्चुला तुषारपानी) सडक योजनाबाट सडक डिभिजन प्यूठान, शिला श्रेष्ठ आयोजना निर्देशनालय (एडीवी)बाट सडक विभाग संभार महाशाखा, अल्का प्रजापति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विनोद पुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतबाट गोरखा सडक योजना र ई.नेत्रप्रसाद देवकोटा सडक डिभिजन साँफेबगर (निमित्त)बाट महाकाली पुल योजना (निमित्त)मा सरुवा भएका छन् । यसरी सरुवा गर्नुले भौतिक मन्त्रालयमा अर्बौं रकम चेलखेल भएको बताइन्छ । यो सरुवामा पैसा खर्च गर्नेलाई छानीछानी मालदार ठाउँमा पु¥याइएको छ भने पैसा खर्च गर्न नसक्ने कर्मचारीलाई काम नहुने अड्डामा पु¥याइएको स्रोतले उल्लेख गरेको छ ।
