नासु आरसीको हर्कतले संघीयमन्त्री बद्नाम

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचार गरेको भिडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामकुमार गुप्ता रन्थनिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनी मन्त्रालयमा कम आउने गरेका छन् । मन्त्री गुप्तामाथि भ्रष्टाचारको आरोप लागेपछि उनका निजी सचिव र सचिवालयका कर्मचारीहरु पनि आलोचित बनेका छन् । आगामी साउनबाट संघीयमन्त्रालयले कर्मचारी सरुवा गर्ने परम्परा छ । सो कर्मचारी सरुवामा मन्त्री गुप्ताले कस्तो भूमिका खेल्छन् भन्ने आशंका पनि त्यत्तिकै छ । संघीमन्त्रालयमा वर्षौं जरा गाडेर बसेका नासु रामचन्द्र अधिकारी (आरसी)ले निजामती कर्मचारी संगठनको महासचिव भएपछि कर्मचारी सरुवा, बढुवामा हुने गरेको भ्रष्टाचार रोक्न सकेका छैनन् ।

अधिकारी कर्मचारी संगठनको महासचिव भएको दिनदेखि मन्त्रालयको आफ्नो कार्यकक्षमा महिनौंदेंखि नआएको कर्मचारीले बताउने गरेका छन् । कार्यालयमा आइहाले तापनि मन्त्री र सचिवलाई भेट्ने र कर्मचारी सरुवामा सेटिङ गर्ने गरेको आरोप आरसीलाई लाग्दै आएको छ । महासचिव आरसीले कर्मचारी संगठनलाई चलायमान त बनाउन सकेनन् नै उल्टै संगठनलाई नै बद्नाम गराएर आफ्ना आसेपासेलाई मालदार अड्डामा सरुवा गराउँदै आर्थिक लाभ लिएको आरोप पनि उनीमाथि लागेको छ । कतिपय कर्मचारीहरुले ‘भविष्यमा अध्यक्ष बन्ने त उनै आरसी होलान् त्यतिबेला मूल्याङ्क हुन्छ’, भन्न थालेका छन् । माओवादी कर्मचारी संगठनबाट प्रवेश गरेका कर्मचारीहरुले एमाले कर्मचारी संगठन माओवादीको भन्दा निम्कमा रहेको निप्पणी गर्न थालेका छन् । आरसीकै कारण अन्य संगठनबाट आएका कर्मचारीहरु असन्तुष्ट बन्न पुगेको स्रोतले उल्लेख गरेको छ ।

किन कि अधिकारी कहिले बच्चा विरामी भएको त कहिले घरायसी काम परेको त कहिले आफै बिरामी भएको बहाना बनाउँदै कार्यालयमा अनुपस्थिति रहने गरेका छन् । उनी अफिस जानुको सट्टा बिहान गाडी लिएर कर्मचारी संगठनको मिटिङ छ भन्दै संगठनको अफिसमा बस्ने गर्दछन् । संगठनको अफिसमा अन्य कर्मचारी नभएको मौका छोपी गोप्य सूचना गुपचुप पार्ने र विरोधीका सूचना बाहिर प्रचारमा ल्याउने काम गर्दै आएका छन् ।

अर्कोतर्फ आरसीले मन्त्री र सचिवबाट यति माग भएको छ, त्यसमा तपाईंहरुले सहयोग गर्नु प¥यो भन्दै असुली धन्दा चलाउने गरेको संगठनका एक सदस्यले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् । अर्कोतर्फ अध्यक्ष भवानी दाहाल र वरिष्ठ उपाध्यक्ष रेवन्त गौतमको धन्दा पनि आरसीको भन्दा कम छैन ।महासचिव आरसीको अगाडि अध्यक्ष भवानी दाहाल र वरिष्ठा उपाध्यक्ष गौतम निरिह बन्ने गरेको स्रोतको दावी छ । यसले के देखाउँछ भने नेपाल निजामती कर्मचारी संगठनभित्र यतिबेला महासचिव आरसी हावी भएका छन् । उनी खान र खुवानसँगै सुरासुन्दरीमा त्यत्तिकै माहिर कर्मचारी हुन् भन्ने भनाइ कर्मचारी वृत्तमा चर्चा चल्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *