नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुनेमा सांसद ज्वालाको जोड

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आईतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै ज्वालाले सबै कुराको जग भनेको कानुन रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्न सक्ने उल्लेख गरे ।

उनले जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नुपर्ने बताए । सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको उनले बताए । सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुनेमा जोड दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *