कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा बनाउन १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान शुरु

खेलकुद समाचार

काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानमा पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान शुरु भएको छ ।

रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका अनुसार प्यारापिटमा पहेलो,सेतो,खैरो,हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् ।प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६ सय ५२ कुर्सी राखिने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *