उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चिकित्सकद्वारा आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चिकित्सकहरूले आइतबार आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन् ।

नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । सङ्घले आज आफ्नो कार्यस्थलमा निर्णय अनुसार एक घण्टा धर्ना दिएका हुन् । सङ्घले घोषण गरेको आन्दोलनको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभिएमआइए, एनपिएचओले ऐक्यबद्धता जनाएका छन् ।

यसैगरी, सम्पूर्ण शाखा कार्यालयलाई चिकित्सकको हस्ताक्षर र नेपाली मेडिकल काउन्सिलको प्रमाणपत्र सङ्कलन गरी सोमबारभित्र केन्द्रीय कार्यक्रममा बुझाउन सङ्घले आग्रह गरेको छ । सङ्घले मंगलबार सम्पूर्ण चिकित्सकको प्रमाणपत्र काउन्सिलमा बुझाउने कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *