अर्थमन्त्री शर्मामाथि छानबिनको माग

राजनीति समाचार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नुपर्ने माग गरेका छन्। बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनपर्ने उपसभापति खड्काको माग छ।

“बजेट निर्माणको वेलाको विषय समेतलाई जोडेर संसद र आम(जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ‚” उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ।”

खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका हुन्। यसअघि महामन्त्री गगन थापाले पनि प्रधानमन्त्रीसँग अर्थमन्त्रीलाई हटाउन माग गरेका थिए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूले प्रा. पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, प्रा. गोविन्द पोखरेल र प्रा। पुष्प कँडेल पनि अर्थमन्त्री शर्मामाथि छानबिन गर्न माग गरेका छन्।

अर्थमन्त्रीमाथि बजेट निर्माणका वेला अनधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेको छ। त्यसैले बजेट निर्माणका वेलाको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने माग उठ्दै आएको छ। तर‚ अर्थ मन्त्रालयले त्यस वेलाको फुटेज मेटिएको जिकिर गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *