काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका छन्।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले स्टार्टप कार्यक्रमका लागि जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका हुन् ।
त्यस्तै राष्ट्रपति पौडेलले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए। त्यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याउने बताएका छन् ।
उनले अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको र गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने पनि नीति तथा कार्यक्रममा बताएका छन् ।