सरकारले सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्रको स्थापना गर्ने

राजनीति समाचार

काठमाडौं । सरकारले सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना तथा सञ्चालन गर्ने भएको छ ।

सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना तथा सञ्चालन गर्ने उल्लेख गरेका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ,‘प्रदेश तथा स्थानीय सरकार तथा निजी क्षेत्रहरूसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धन, सम्वर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्य शृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र, सम्वर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *