भ्रष्टाचारले लिप्त बैतडि ,बढे अख्तियारमा उजुरी

प्रमुख प्रशासन सुदूरपश्चिम प्रदेश

टेक सिंह धामी
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी पर्नेमा तेस्रोमा छ । स्थानीय तहका भ्रष्टाचार सम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोग लगायत उजुरीको चाप बढ्दै गएको आयोगले बताएको छ । गत वर्षभन्दा चालू वर्षमा धेरै उजुरी परेको पाइएको छ । २०७५र७६ को पुस मसान्तसम्म बैतडीमा भएका भ्रष्टाचारका

२९ उजुरी दर्ता भएका थिए भने चालू आवको सोही अवधिमा ४० उजुरी दर्ता भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । गतवर्ष ९६ ओटा उजुरी परेकोमा ३० उजुरी फछ्र्योट भइसकेको उनले बताए । चालू वर्षमा परेका उजुरीमध्ये अहिलेसम्म १६ ओटा फर्छ्योट भएको उनले जानकारी दिए ।

स्थानीय तह बाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ । स्थानीय तहले सञ्चालन गरेका विकास निर्माण सम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *