जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ

Uncategorized

प्रेम र अनुराग सबैभन्दा कोमल र मधुरतम भाव हुन्। जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ। जो प्रेमको अभावमा जिउन बाध्य छन् उनीहरूको जीवन जस्तो सुकै देखिएतापनि आत्म भोकै हुन्छ। हो प्रेममा स्वार्थ हुन्छ, शड्ढा हुन्छ त्यसभन्दा ठूलो कुरा विश्वास हुन्छ। यही कारण यो संसार चलेको छ। प्रेमको कुनै आकार हुँदैन, प्रकार हुँदैन, तौल हुँदैन मात्र यसलाई हेर्ने र बुझ्ने तरिका फरक फरक हुन्छ। प्रेम सबैमा हुन्छ तर यसलाई उजागरण गर्ने शैली भिन्न भिन्न हुन्छ।

प्रेम सदैव सकरात्मक हुन्छ। यसले सबैलाई खुसी दिन्छ आनन्द दिन्छ शक्ति तथा उत्साह दिन्छ। जब पहिलो पल्ट कसैले प्रेमरूपी आँखाले हेर्छ त्यही बेला आफ्नो जीवन मूल्यवान लाग्छ। आफू जन्मेको अर्थ भएजस्तो लाग्छ। जीवन देखि गर्व लागेर आउँछ। मनभित्रका नैराश्यता हट्दै जान्छन्। आफ्नो अस्तित्व तथा जन्मले कमसेकम एक हृदयलाई आनन्दित तुल्याएको भावले एक गहन आत्मसम्मान र तृप्ति दिन्छ। प्रेमबिनाको जीवन सम्पत्ति भए तापनि दरिद्र हुन्छ। धमिरो लागेको रुखजस्तै हुन्छ। प्रेमको अभावमा कुनै उत्तप्रेरणा पैदा हुँदैन। मनमा अमन चैन हुँदैन। मात्र निराश एक दुःखद तथा असिर्जनशील जीवन जिउन बाध्य भइन्छ। प्रेमले नै मानिसलाई निष्ठावान, कर्तव्यवान, सफल तथा असल बनाउँछ। आज जसरी हामी यस संसारमा विभिन्न किसिमका आपराधिक महत्त्वाकांक्षी र घमण्डी मानिसहरू देखिरहेका छौं त्यसको कारण सही किसिमको प्रेम नपाएर वा अनुकूल जीवन नपाएर भन्दा र्व्यर्थ नहोला।
यो दिवसको सुरुवात प्राचिन रोमनबाट शुरु भएको हो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक शुरुवात इस्वी सम्वत २६९ रोमनबाट शुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।

तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *