हिन्दु धर्ममा छोराको महत्त्व अत्यन्त धेरै छ।छोरालाइ परिवारको उत्तरधिकारी, पिताको लागि स्वर्ग जाने कडि वँशको हकवाला पनि मान्ने गरिन्छ ।शायद त्यसैले होला सम्पत्ति सम्बन्धी हक अधिकार पनि छोरालाई बढी दिइएको ।छोरालाइ मात्र वङ्शज भित्र राखी बंश र अंशको हक दिइएको थियो।छोरिलाइ अंश र अपुतालिको अधिकार दिइएको थिएन।हिन्दु ग्रन्थहरुमा केही अवस्थाहरु छोरिलाइ अपुतालीको हक दिइएको थियो।तर त्यो समनताको आधारमा भने निश्चय नै थिएन।धार्मिक धारणा अनुसार कुनै बिधवा आफ्नो पतिको मृत्युको समय अपतिब्रत्ता भएको कारण अपुताली नपाउने भनी उल्लेख गरेको पाइन्छ।कुनै ब्याक्ती पुत्रहिन भएको अवस्थामा पुत्रीलाई पनि सम्पत्ति दिनहुने उल्लेख गरिएको देखेका छौ।विवाहित भन्दा अविवाहित छोरिलाइ अपुतालीको प्राथमिकताक्रममा समेत राखेको पाइन्छ।त्यसै गरि आमाको स्त्रीधन छोरिको हुन्छ र आमाको अन्त पश्चात् आमाको अपुताली छोरिले पाउने अन्य हकवालाको अधिकार भएको पाइन्छ।तर पनि मृतक विधवा पत्नि जिबित रहेसम्म उस्को छोरिहरुलाइ हुदैन थियो ईतिहासका अनुसार।।त्यस्तै १९१० को मुलुकी ऐनमा पनि छोरिले अपुताली पाउने व्यवस्था गरिएको थिएन।त्यस्तै मुलुकी ऐन २०२० ले पनि छोरालाइ अपुताली पाउने प्राथमिकतामा राखी छोरिलाइ हकवालासङ्ग राखिएको देखिन्छ।
२०५८ सालमा मुलुकी ऐन एघारौं संशोधन्ले १२ ९क० गरि अपुताली पाएको सम्पत्ति अविवाहित छोरिको विवाह भएमा निजले खाइलाइ गरेको र लैङ्गक समनता कायम गर्ने २०६३ ले साविकको व्यवस्था गरेको देखिएको छ।छोराले अपुताली पाएको सम्पत्ति विवाह पछि फर्काउन नपर्ने तर छोरिले फर्काउन पर्ने कानुनी व्यवस्थाले छोरा र छोरिमा विभेद, गरेको समान अबश्थामा महिला र पुरुष बिच फरक फरक किसिम्को कानुनको निर्माणले असमान्ता र विभेद गरेको हुनले सो कानुन खारेज गरि महिला र पुरुषको समान अधिकार स्थापित हुने कानुनी निर्माण गर्नको लागि सम्मनित अदालतले निर्दोशनात्मक आदेश जारी गरेक्ल थियो सोही व्यवस्था अनुरुप विवाहित र अविवाहित छोरिले पनि अपुताली पाउने समान व्यवस्था गरिएको छ।मुलुकी देवानी सम्हिताले पनि छोरी र छोरामा समान अपुताली पाउने प्राथमिकताक्रम तोकेको पाइछ भने अविवाहित छोरि वा विवाहित छोरिमा कुनै विभेद गरेको छैन।सम्मानित अदालतबाट विवाहित छोरीले आमाको अपुताली पाउने सन्दर्भमा सिदान्त प्रतिवादित भएको छ।आफैबाट जन्मिएको सन्तान उस्को सबै भन्दा नजिकको हकवाला हुन्छ र त्यस्तो जन्मिएको छोरी रहिछ भने सौतनी तुलनामा आफ्नै छोरी नजिक्को हकवाला हुन्छ।छोरी विवाहित हुन वा नहुन कुनै असर पर्दैन एकै उदरका छोरा र छोरी वा विवाह भएका छोरी र कन्या छोरी भएमा मात्र ती विच अपुताली पाउने क्रममा असर पर्ने हुन सक्ने रहेछ।त्यस्रै मुलुकी देवानी सम्हिताले पनि छोर र छोरिमा समान अपुताली पाउने प्राथमकता दिइएको रहेछ।कानुनका भागहरुमा पसेर हेर्दा असम्भव र नहुने भन्ने केही छैन तर हाम्रो अन्धो समाजको जति बेला आँखा खुल्छ त्यो बेला त्यस्ता बिषयको मुद्दा अदालतमा परेको हुनु पर्छ अनि मात्र बुज्ने छन।त्यसैले छोरीहरि विवाहित हुन या कन्या जस्ता भए पनि जन्म भने दिएकै हो सो आफ्नो अधिकारमा लड्न पाउनु पर्छ।