कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नैं गाँजिरहेको छ । चिनवाट सुरु भएको यो भाइरस कुनै पनि देश चोखो छैन भन्दा फरक नपर्ने अवस्था भैसकेको छ । यसको प्राविधिक विषयका वारेमा यस लेखमा चर्चा गर्न खोजिएको छैन । हामी जस्ताले चर्चा गर्ने कुरा पनि हैन । हामी जस्ताले लेख्ने प्रयास गर्नु पनि दिग्भ्रमित पार्ने कोशिस मात्र हुन सक्छ । यस लेखमा सरकारले भनेको कुरालाई कार्यान्वयन गर्ने सिलसिलामा घरमा नैं वस्दाको अनुभुती लेख्ने प्रयास गरेको छु । सरकारले अलि धेरै चासो लिएर निर्णय गरेर वाहिर हिंडडुल नगर्नु भने देखि नैं म कोठमा नैं गुम्सीएर वसेको अवस्था छु । यसरी वस्दाको अनुभुती लेख्ने कोशिस गर्दैछु । यसरी वस्दा मेरो दिमाखमा आएका विषयमा वा दिमाखमा तरंङ्गीत भएका कुराहरु मात्र लेख्ने कोशिस गरिरहेको छु । म जस्तै अरु धेरै पनि यसरी वसिरहनु भएको होला ।
नेपाल सरकारले ५ गते वेलुका अलि धेरै चासो लिएर फटाभट निर्णय गर्न थाल्यो । यतीवेला सम्म त नेपालमा आएको छैन के भो र भनेको जस्तो लाग्दथ्यो । जव सरकारले एसइइको परिक्षा नैं स्थगित गर्ने निर्णय ग¥यो तव संकटै परेको हो की भन्ने लाग्यो । ६ गते विहान देखि समाचार र फेसवुकको आक्रमक प्रस्तुतीले एकै चोटी छोपे जस्तो लाग्यो । त्यसै दिन देखि सुरु भयो मेरो घर वसाई ।
कुनै बेला सोचाई आउँथ्यो दिनभर सुतेर सिनेमा हेरेर वस्न पाए क्या मज्जा हुन्थ्यो । त्यो मज्जा दिन यस पाला भोगियो । पहिलो दिन त रमाइलै लाग्यो । चैत्र ६ गते दिन भर घरमा वसें टिभी हेरें । यूट्यूवमा २ वटा नेपाली सिनेमा हेरें । यस्तो वसाई कति दिन चल्छ कुनै टुङ्गो छैन । पहिला कुनै वेला यस्तो संकट भोगेको पनि छैन । त्यसैले हामी अनुभवी हुने कुरै भएन । पारिवारिक सल्लाह गरियो दोलखा तिर जाने हो की भनेर तर गाडीको संभावना कम देख्न थालियो । दशैंको भन्दा वढि भिड छ भन्ने सुनियो ।
चैत्र ७ गते अफिस तिर गैयो । ग्रिन डेभेलप्मेन्ट वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको आकस्मिक वैठक वसी केही निर्णयहरु गरियो । खास गरी अहिलेको विपद् केन्द्रीत अवस्थामा सहकारीको गतिविधि र शेयर सदस्यलाई पु¥याउने सेवा सम्वन्धी विषयमा केही खास निर्णयहरु गरियो । सहकारीका हामी सवैमा अन्यौलता नैं थियो ।
यस पछिका दिनहरुमा घरमा वस्नुको विकल्प थिएन । दोलखा जाने संभावना पनि सकिएको छ । काभ्रे जिल्लाका वनेपा र धुलिखेलले वाटो वन्द गरेको जानकारी आइसकेको थियो । चैत्र १० गते धुलिखेल नगरप्रमुख अशोक व्याँजुले आफ्नो नगरपालिका भैं अन्य जिल्ला जाने गाडीहरु वन्द गर्ने यसवाट पर्ने असुविधा प्रति क्षमा मागेको फेसवुक स्टाटस देखे पछि दोलखा तिर जाने संभावना पनि सकियो ।
घरमा वसि रहँदा के गर्ने मैले योजना वनाउन लागें । विहान कम्तीमा एक घण्टा व्याडमिन्टन खेल्ने । अनलाईन सधैं वस्ने खवर अपडेट भैरहने । काठमाडौंमा भएका र दोलखामा भएका परिवारका सदस्यहरुसँग दिनको कम्तीमा दिनको २ पटक अनलाइन मेसेन्जरवाट गफ गर्ने । दोलखामा चलिरहेको कृषि परियोजनाको नियमित काम भैरहेको छ त्यसका वारेमा कम्तीमा दिनको २ पटक जानकारी लिने । आवश्यकता अनुसार फोनवाट हुने कार्यहरुको व्यवस्थापन गर्ने । अनी दिनको २ वटा नेपाली सिनेमा हेर्ने । सँगै रहेका ५ जनासँगै वसि खाना खाने । नियमित सावुन पानीले हात धुने । दैनिक रुपमा ल्यापटपमा केही न केही लेख्ने । हरेक दिन केही नयाँ पुस्तक पढ्ने रहर हुँदा हुँदै त्यो संभव भैरहेको छैन । यी कामलाई मैले दैनिक दिन चर्यामा राख्ने कोशिस गरें ।
यस अवधीमा पूराना नेपाली सिनेमा हेर्ने रहर हुँदा हुँदै सम्भव भएको थिएन । त्यो पूरा गरें । इकु इकु २ हेरें । लभ स्टेशन हेरें । त्यसै गरी केही हास्य टेलिसिरियल हेरें । जे गरेर भए पनि आफुलाई व्यस्त राख्ने कोशिस गरिरहें । यो कार्यमा म सफल भएको छु ।
यो विपद्वाट धेरै घाटा होला तर विषम परिस्थीतिलाई सहज वनाउने र अवसरको रुपमा लिने कोशिस गरिरहेको छु । त्यस मध्ये एक पुराना सिनेमा अनी दोहो¥याएर हेर्न चाहेको सिनेमा हेर्ने मौका मिलेको छ । त्यसै गरी केही शव्दावलीको अर्थ थाहा पाउने मौका मिलेको छ । क्यारेन्टाइन र आइसोलेशनको अर्थ व्यवहारिक रुपमा थाहा भएको छ । यस्ता विपद्सँग जुध्नका लागि मानसिक तयारी वनाएको छ । फेसवुकमा नानाथरी कुरा आउँछन् । कहिलेकांही हाँसो पनि उठ्छ । कहिलेकांही नैराश्यता पनि । फेसवुक हेर्दा धेरै जसो कोरोनाका वारेमा सवै जान्ने विज्ञ भए जस्तो गरी उपदेश मात्र दिएको जस्तो लाग्दछ । फेसवुक तथा सामाजिक सञ्जालवाट देश विदेशमा भएका अभ्यासहरु थाहा भैरहेको छ । टेलीकमले फोनवाट अरुलाई फोन गर्दा यही भाइरसको वारेमा जानकारी दिने गर्दछ । त्यो सुन्दा सुन्दा वाक्क लागि सक्यो । अव त सुन्न नपाएपनि हुन्थ्यो भन्ने लागि रहेको छ ।
चैत्र १० गते सरकारले पुरै लकडाउन गर्ने निर्णय ग¥यो । आज नैं स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी फ्रान्सवाट चैत्र ४ गते नेपाल आएकी काठमाडौंकी १९ वर्षे यूवतीलाई कोभिड १९ लागेको प्रमाणित भएको जानकारी गराए । त्यसको लगत्तै सरकारले देश पूरै लकडाउन गर्ने निर्णय ग¥यो । हामी घरजाने कुरा यो पटकलाई ट¥यो । केही खानपिनको सामान जोेहो गर्न लागियो । लकडाउन भनेको सुनिएको पनि थिएन । यसपटक भोग्ने नैं भैयो । कफ्र्यू भोगेका थियौं तर लकडाउन थिएन । कफ्र्यू भनेका केही सिमित स्थानमा हुन्थ्यो । त्यो शान्तीसुरक्षाको खातिर गरिन्थ्यो भने यो लकडाउन स्वास्थ्यसँग सम्वन्धीत थियो । पूरै देशनैं प्रभावित हुने गर्दछ । प्रमुख जिल्ला अधिकारीले कफ्र्यू लगाउने गर्दछ तर लकडाउन संघीय सरकारको निर्णय आवश्यक हुने गर्दो रहेछ । नेपालीहरु ज्याद्रो रहेछौं । सरकारले मानविय संवेदना उल्लेख गर्दै लकडाउन गरेपनि मान्छे सडकमा हिँडिरहेका छन् ।
सवैमा अन्यौलता छ । यसको निकाश कहिले कुन स्तरमा होला अनुमान गर्न कसैले सक्ने नैं भएन । तैपनि सकेसम्म रमाइलो गरी घर भित्र नैं वस्नुको विकल्प हामिसँग छैन । एक सातालाई त पुग्ने गरी खानपिनको जोहो भएको होला तर त्यस पछि कुन अवस्था होला के होला कसैले केही भन्न सक्ने अवस्था देखिन्न । कोरोना आफै घरमा आउँदैन त्यसलाई वाहिर गएर ल्याउनु पर्दछ भन्ने मान्यता अनुसार हामी घरभित्रै बसेर कोरोनासँग मुकाविला गर्दैछौं । मुकाविला त के भन्नु लुकिरहेका छौं । सरकारले भनेको मानौं । आफु वाँचौ अरुलाई पनि वाँच्न दिउँ ।