भ्रष्टाचार,अपराध र रोग बिरुद्ध राष्ट्र एकमत

बिबिध लेख

सबै भन्दा ठुलो वाद राष्ट्रवादलाई भनिन्छ त्यसैले राष्ट्रवाद वादहरुको वाद महावाद नै हो । राष्ट्रलाई आपद् बिपद् परेको बखत यो महावाद सक्रिय हुन्छ र अरु सबै राजनीतिका वादहरु गौण बन्छन । अहिले नेपालमा यहि भएको छ त्यसैले के कम्युनिष्ट, के काँग्रेस, के पाहाडी, के मधिसे सबै कोरोनाभाईरस बिरुद्धको लडाईमा एकमत भएका छन । यसो त नेपालमा उक्त कोरोनाभाईरसको प्रकोप त्यति साह्रो देखिएको छैन तर बिदेशबाट नेपाल आउने बिदेशी पाहुनाहरु र नेपालीहरु कै कारणबाट नेपाल भित्र फाटफुट संक्रमण सुरु हुन थालेको पुष्टी भएको छ । नेकपा सरकारले उक्त रोग सित लड्नको लागि बिभिन्न उपायहरुका साथ राष्ट्रलाई तयारी हालतमा राखेको छ । संसार भर उक्त रोगबाट मर्नेको संख्या १६ हजार नाघी सकेको छ भने नयाँ रोगीहरुको संख्या बढ्ने क्रम रोकिएको छैन । उक्त रोग ज्यामितिय हिसाबले बढ्ने हुँदा नयाँ नयाँ मुलकहरु र नयाँ नयाँ व्यक्तिहरु यसको सिकार सजिलै बन्दै गएको देखिन्छ । यो रोगको प्रामाणित औषधी, उपचार वा खोप अहिले सम्म जानकारीमा छैन तर पनि रोगलाई फैलिन नदिनको लागि बिभिन्न उपायहरु छन । विज्ञहरुले हात सावनपानीले बेलाबेलामा धुने, रुघाखोकी लागि हाछ्यूँ आएमा रुमाल वा टिस्यु पेपरले नाक मुख छोप्ने र सिगान पुछ्ने, नाक मुख र आँखामा हातले बारबार नछुने, भिडभाडबाट टाढै बस्ने जस्ता उपायहरु सुझाएका छन । विज्ञहरुले सुझाएका यिनै उपायहरुलाई ध्यानपूर्वक पालना गर्न सकेमा उक्त रोगले सजिलै छुन नसक्ने अनुभव यो रोगको उद्गम स्थल चीनका विज्ञहरुले गरीसकेका छन । कोरोनाभाईरसको जीवन चक्र १४ दिनको मात्र भएको पुष्टी भइसकेको छ । त्यसैले यो अवधीमा कोरोनाभाईरसले कुनै मानव होस्ट नपाएको खण्डमा आफै निस्क्रिय हुने पत्तो लागेको छ । यसै सत्यताबाट फाईदा लिने उद्देश्यले चीनमा लकडाउन विधिको प्रयोग गरिएको थियो र त्यो सफल पनि भएको प्रामाणित भइसकेको अवस्था छ । चीनमा अहिले यो कोरोनाभाईरसको रोग नियन्त्रणमा आइसकेको छ । नयाँ बिरामीहरुको संख्या र नयाँ मृत्यू हुनेहरुको संख्या चीनमा सुन्य अंक तिर तिब्ररुपले झर्दै छ । नेपाल सरकारले पनि यो कोरोनाभाईरसको रोग सित लड्नको लागि त्यहि स्थापित र प्रमाणित चीनियाँ विधिलाई नै हाल अपनाएको छ । आज मंगलबारबाट एक हप्ताको लागि पुरै नेपाललाई लकडाउन गरिएको छ र यसको नतिजालाई हेरी अर्को एक हप्ताको लकडाउनको अवधि बढाउन पनि सकिने छ । अहिले सबै भन्दा नेपालको लागि ठुलो चुनौती नेपाल र भारत बिचको खुला सीमानाले नै गरेको छ । धेरै नेपालीहरु भारतमा रोजगारीका लागि जान्छन र खुला सीमाना भएको हुनाले कुनै रोकटोक छैन । यतिबेला भारतमा कोरोनाभाईरसको प्रकोप बढेको हुनाले नेपाल तिर भागी आउने नेपालीहरुले नै उक्त रोगको जीवानुलाई बोकेर ल्याई नेपाल भर फैल्याउने जोखिम ह्वात्तै बढेको छ । खुला सीमाना भएकाले कसैलाई रोक्न मिल्दैन र क्वारेन्टाईनमा गएर १४ दिन बस्नको लागि पनि उहाँहरु मान्दैन । बाध्यपारी क्वारेन्टाईनमा लगेकाहरु पनि समयाधी पुरा नगरी बिचैबाट भाग्ने गरेका छन । यो हुँदा नेपाली अधिकारीहरुको लागि यो रोग बिरुद्ध लड्न फलामको चिउरा चपाउनु बराबर नै भएको छ । रोगको परिक्षण गर्ने उपकरणहरु, परीक्षण गर्न जान्ने विज्ञहरु र रोगबारेको जानकारको अभाव नेपालमा यतिबेला ज्यादै खड्किएको छ । कोरनाभाईरसको जाँचबुझ गर्दा र उक्त रोगबाट पीडित बिमारीको हेरचाहा गर्दा स्वास्थ्य कर्मीहरुले लगाउने रक्षा कवज भनिने पुरा शरीरै ढाकिने सेतो ड्रेस र नाक मुख छोप्ने मास्कहरु सबै स्वास्थ्य संस्थाहरुमा सरकारले उपलव्ध गराउन सकेको छैन । यो रक्षा कवच पनि नेपाली रुपिया ३५ हजार सम्म पर्ने देखिएको छ भने संका गरिएको बिमारीको पक्का परिक्षणको खर्च पनि २२ हजारको हाराहारी हुन्छ भन्ने अनुमान गरिएको छ । बिरामीको परिक्षण गर्दा लगाउने साधारण मास्कहरु र हातमा लगाउने पञ्जाहरुको पनि बजारमा कालोबजारी जस्ता परम्परागत अपराध बढेकाले गर्दा निकै अभाव बढेको छ । कोरोनाभाईरसको बिरामीहरुको लागि अति आवश्यक पर्ने भन्टिलेटर सुविधाको अभाव जताततै छ । परिक्षण गर्नको लागि परिक्षण किट र स्याम्पल कलेक्सन गरी राख्ने र सुरक्षित पूर्वक कठमान्डौमा मात्रै भएको परिक्षण गर्ने प्रयोगशाला सम्म लाने साधन स्रोतहरुको कामै चलाउन नसक्ने गरी अभाव छ । नेपाल सरकारले यस्तो जानकारी हुँदाहुँदै पनि अपूर्ति व्यवस्था मिलाउन सकिरहेको छैन । सबै आवश्यक उपकरणहरु र साधनहरु उपलव्ध भएपनि त्यसको उपयोग र सञ्चालनमा अनुभव नहुँदा मुस्किल झन थपिने देखिएको छ । नेपाल सरकारले तत्कालको समस्याहरु सामाधान गर्नको लागि चीनियाँ सहयोग र अनुभवलाई उपयोग गर्ने नीति लिएको देखिन्छ । साथै अन्य मुलुकहरुबाट प्राप्त हुनसक्ने वित्तिय सहयोगलाई पनि यसै रोगका बिरुद्ध परिचालन गर्ने सोच बनाएको देखिन्छ ।बिगत देखि नेपालमा मौलाएको भ्रष्टाचार र अपराधले गर्दा नेपालको राजनीतिक नेतृत्व र निजामति कर्मचारीतन्र प्रभावहिन हुनको साथै कमजोर पनि भएको छ । संघिया राज्य नेपालमा एक केन्द्रिय सरकार, सात प्रदेश सरकारहरु र ७५३ स्थानिय सरकारहरु सक्रिय छन । केन्द्र देखि स्थानिय तह सम्म नै नेपालमा परपूर्वकाल देखि चल्दै र स्थापित हुँदै आएको खान्दानी भ्रष्टाचार र अपराधको लक्षणहरु देखिन थालेको छ । भ्रष्टाचार र अपराध हिजो सम्म ठुलो बिषय बनेको नेपालको परिस्थिमा एकाएक कोरोनाभाइरसको प्रबेशले सबै बिषय वस्तु र प्रसंगमा धेरै परिवर्तन ल्याइसकेको छ । नेपालको परिस्थिति यतिबेला बदलिएकाले नेपाल र नेपालीको प्रमुख दुष्मण पनि अब भ्रष्टाचार र अपराध नभएर कोरोनाभाईरस भएको छ । यो रोगको प्रकोप उत्तर तिरको क्षिमेकी देश चीनमा घट्दो अवस्थामा छ भने पूर्व, पश्चिम र दक्षिण सम्म फैलिएको क्षिमेकी देश भारतमा बढ्दो अवस्थामा छ । नेपाल भित्र यसको प्रकोप भएको कुराको कुनै पुष्टी हुन सकेको छैन भने नेपाल बाहिरबाट आउने नेपालीहरु र बिदेशी पाहुनाहरुबाट मात्र नेपालमा रोग सर्न सक्ने पुष्टी भइसकेको अवस्था छ । सरकारले यहि अवस्थालाई मनन गरी लकडाउन गर्ने निर्णय लिएको हुँदा कोरोनाभाईरसलाई नेपाल सरकारले हराएरै छाड्ने कुरामा सबै नेपाली ढुक्क हुन नित्यान्त जरुरी छ । कडा अनुशासन र पोजिटिभ सोचले मात्रै कोरोनाभाईरसलाई हराउन सकिने हुँदा सबै नेपालीले त्यहि आनुसारको आचरण पालना गर्दै उच्च अनुशासनका साथ कोरोनाभाईरस बिरुद्धको सरकारी अभियानलाई पोजिटिभ सहयोग र योगदान गर्न सकिन्छ । नेपाली नेपाली एक भयौं भने कसैले पनि नेपालीलाई हेप्न सक्ने छैन भने नेपालीको सामु अरुको के कुरा कोरोनाभाईरस पनि धेरै समय टिक्न सक्ने छैन । त्यसैले अहिलेको आवश्यकता भनेको नेपाली नेपाली बिचको एकता नै हो । एकले आर्कोलाई माया गर्ने र एकले आर्कालाई हरदुस्ख र सुखमा सहयोग र साथ दिनेलाई नै नेपाली भन्छन र नेपालीको असली पहिचान पनि यहि नै हो । बिना बोलावट पाहुना लागेका कोरनाभाईरसको कारण नेपालीहरु अहिले दुखी भएका छन र यस्तो दुस्खको बेलामा सबै नेपालीले मिलेर एक अर्काको दुस्क बाड्ने काम गर्नु पर्छ । नेपालीहरु केहि दिन अघि सम्म राष्ट्रको बिकास बारे कुरा गर्दै थिए भने नेपाललाई समृद्ध बनाउने नेकपा सरकारको सोचलाई टेवा दिनको लागि सक्रिय भूमिका निर्बाह गर्दै आएका थिए । नेपाल समृद्ध भएमा नेपाली जनता सुखी बन्ने छन भन्ने कुराले नेपालीलाई अहिले सम्म निर्देशित तुल्याउदै आएको थियो । अचानक कोरोनाभाइरसबाट भएको हस्तक्षेपले नेपालको राजनीतिक परिस्थिति देखि लिएर समृद्धिको परिस्थिति समेत फरक भएको छ । कोरोनाभाईरस नेपालीको एक नम्वरको सत्रु बनेको छ र यसलाई सबै मिलेर नै परास्त गर्नु पर्ने बाध्यकारी अवस्था श्रृजना भएको छ । कोरोनाभाईरस हाम्रो एक नम्वरको चुनौती भए पनि यसले नेपाली नेपालीलाई एक हुनुपर्ने अवसर पनि दिएको छ । यस अवसरबाट फाइदा उठाउँदै राजनीतिक हिसाबले बिभाजित नेपालीहरु एक ढिका हुन सक्छन । यसै प्रसंगलाई लिएर नेकपा बिप्लवले सबै जनकार्यबाहीहरु स्थगित गरेका छन र आफ्ना सबै सक्रिय कार्यकर्ताहरुलाई कोरोनाभाईरसको बिरुद्ध लाग्न निर्देशन दिएका छन । नेकपा क्रान्तिकारी लगायत अन्य नेकपा सरकारको नीति बिरुद्ध लागेका राजनीतिक पार्टीहरुले पनि नेकपा विप्लवले जस्तै राजनीतिक घोषण जारी गर्दै कोरोनाभाईरस बिरुद्धको लडाईमा नेपाल सरकारलाई सघाएर आफ्नो राष्ट्रवादमा कुनै खोट नभएको प्रमाणित गर्नु पर्छ । साथै भ्रष्टाचार, अपराधा र कोरोनाभाईरस जस्तो रोगका बिरुद्ध एकमत छौं भन्ने एकैबद्धता जनाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *