कोरोना भाइरस संक्रमितको संख्या ७ लाख नाघ्यो, करिब ३४ हजारको मृत्यु

विविध शिक्षा/स्वास्थ समाचार

कोरोना भाइरसका कारण विश्वभरमा ३४ हजार जनाको मृत्यु भएको छ । यसैगरी ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित रहेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचरपछि निको भई घर फर्केका छन् । सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अहिले पनि ९० हजारभन्दा बढी संक्रमित छन् । वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनसार आइतबारसम्म विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुनेको संख्या ७ लाख नाघेको छ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वर ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । अहिले विश्वका बिभिन्न देशमा ५ लाख ३६ हजार ४ सय ५२ जना कोरोना संक्रमित उपचारत छन्, जसमध्ये ५ लाख ९ हजार ६ सय ६३ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने २६ हजार ७ सय ८९ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसयता यो भाइरस विश्वका १ सय ९९ देश तथा क्षेत्रमा देखिएको छ । पछिल्ला साताहमा कोरोनाको प्रभाव चीनमा घटेको छ भने अमेरिका र युरोपेली राष्ट्रहरुमा तिव्र रुपमा बढिरहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशहरुमा अमेरिका, इटाली, चीन, स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, बेल्जियम, दक्षिण कोरिया, टर्की, अष्ट्रिया, क्यानडा, पोर्चुग, नर्वे र ब्राजिल रहेका छन् ।

कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिकामा देखिएको छ भने मृत्यु हुनेको संख्या इटालीमा रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ जसमध्ये २ हजार ४ सय ७५ जनाको मृत्यु भइसकेको छ । इटालीमा ९७ हजार ६ सय ८९ कोरोना संक्रमित रहेकोमा १० हजार ७ सय ७९ को मृत्यु भएको छ ।
चीनमा ८१ हजार ४ सय ३९ जनामा कोरोना भाइरस देखिएको छ । यीमध्ये ३ हजार ३ सय जनाको मृत्यु भइसकेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या ८० हजार १ सय १० रहेको छ जसमध्ये ६ हजार ८ सय ३ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा ४० हजार १ सय ७४ जना कोरोना संक्रमित रहेकोमा २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

इरानमा ३८ हजार ३ सय ९ जनामा कोरोना भेटिएको छ । यीमध्ये २ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ । बेलायतमा कोरोना संख्या १९ हजार ५ सय २२ पुगेको छ भने १ हजार २ सय २८ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १४ हजार ८ सय २९ जनामा कोरोना देखिएकोमा ३ जनाले ज्यान गुमाएका छन् ।

नेदरल्याण्ड्समा १० हजार ८ सय ३६ जनामा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । बेल्जियममा १० हजार ८ सय ३६ जनामा कोरोना संक्रमण देखिएकोमा आइतबारसम्म ४ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *