पद नायव सुब्बाः २९ वर्षे जागिर अवधिमा १९ करोड कमाई, कहाँबाट आयो यत्रो रकम ?

समाचार

सरकारी जागिर खाएर भन्ने नै हो भने महिना दिन पनि चलाउन गाह्रो छ । अझ विशेष गरि त सामान्य पदमा भएकोलाई धेरै नै गाह्रो छ । तर, एक यस्तो व्यक्ती छन् जो नायब सुब्बा पदमा रहेर पनि कुल १९ करोड ३६ लाख रुपैयाँ कमाएको भेटिएको छ । यती मात्र नभई राजधानीको सुन्धारा र कलंकीमा घरजग्गा पनि रहेको छ । उनकै सर्लाहीसहित तराईका जिल्लाहरूमा घरजग्गा र सम्पत्ति साथै आफ्नो कार्यालयका सहयोगीका सासूका नाममा समेत जग्गा खरिद ।

२९ वर्षअघि खरिदारका रूपमा सरकारी जागिर सुरु गरेका मदनकुमार गुप्ताको सम्पत्ति विवरण हो यो । जागिर अवधिमा उनले २७ लाख ९२ हजार रुपैयाँ तलब बुझेका थिए । सर्वोच्च अदालतले ठहर गरेको मापदण्ड हेर्ने हो भने त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँबाहेक एक पैसा पनि बच्दैन । १९ लाख रुपैयाँ कमाएको व्यक्तिसँग १९ औं करोड रुपैयाँ कसरी आयो ?

‘एउटा कार्यालयमा हुँदा हामीले परीक्षण गरेको आठ महिनाको अवधिमा उनले ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको देखिन्छ,’ अख्तियार स्रोतले गत जेठ ३ गते दायर गरेको भ्रष्टाचार मुद्दाबारे भने, ‘नक्कली रसिदप्याड छाप्ने, जग्गापास गर्नेहरूसँग नगद लिने र सरकारी खातामा नबुझाउने गरेको भेटियो । केही फाइल हेर्दै करोडौंको अनियमितता गरेको देखिन्छ, अरूमा के हाल होला ?’ ०७५ साउनदेखि फागुन १२ गतेसम्म मात्रै अख्तियारले गुप्ताको नेतृत्वमा साढे ४ करोड अनियमितता भएको भेट्टाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *