चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगरिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

विविध शिक्षा/स्वास्थ समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ ।

यस अघि सरकारले निजामती कर्मचारीहरुको झैं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटटा गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । गत ३ वैशाखमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हकमा तलब कट्टी स्वैच्छिक बनाउने निर्णय गरेको हो ।
तर कोरानाको महामारीमा आफनो ज्यानको बाजी लगाएर डियुटीमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै चौतर्फि आलोचना भएपछि सरकार आफनो यो निर्णयबाट एक कदम पछि हटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे सबै निकायलाई पत्राचार गरिसकेको जनाएको छ ।

यसलाई स्वैच्छिक बनाउने निर्णय गरिएको हो ।
तर निजामती कर्मचारीहरुको हकमा भने पुनरावलोकन गरिएको छैन । सरकारले निजामती कर्मचारीतर्फ विशिष्ट श्रेणी र राजपत्रांकित कर्मचारीको सात दिनको, राजपत्रांकित द्वितीय तह र तृतीय तहका कर्मचारीको पाँच दिनको र राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको तीन दिनको तलब कट्टी गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *