भारतमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई दुर्गा पौडेलको अनुरोध

देश/विदेश समाचार

प्रतिनिधिसभामा दलको तर्फबाट धारणा राख्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन अनुरोध गरेकी छन् ।

उनले आफ्नो धारणा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकतामा ल्याउने भनेपनि भारतमा रहेकाहरुको बारेमा केही नगरेको भन्दै उनीहरुप्रति पनि सोच्न सभामुखमार्फत आग्रह समेत गरीन् ।

भारतमा बेखर्ची भएका २५ हजार नेपालीहरु रहेको तथ्याँक पाएको भन्दै उनीहरुलाई उचित व्यवस्थापन गर्न सुझब पपनि दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *