करोड बुझाए, एआईजी भए, पेन्सन पकाएर घर गए

समाचार

काठमाडौं । राजनीतिक दलको झण्डा लिएर बढुवा हुने ठाउँ पाउनासाथ भ्रष्टाचारी प्रहरीले संगठन बद्नाम बनाए । यसपटक आईजीपी मुद्दा सर्वाेच्चमै थन्किँदा स्थानीय तहको चुनाव सम्पन्न भयो । एसएसपीदेखि एआईजीसम्म सहयात्रीलाई पछाडि पारेका विश्व पोखरेल एमालेका ईश्वर पोखरेलसँगको सम्बन्धले कांग्रेस नेता डा.शेखरसँगको सम्बन्ध काम लागेन ।
नेपाल प्रहरीलाई नेपाली कांग्रेसको भगिनी संस्था बनाउने खेल स्व.खुमबहादुर खड्का, गोविन्दराज जोशी जस्ता नेताले गरे । यिनीहरुले भर्ना गरेको मध्येबाटै अहिले प्रहरीको नेतृत्व लिएका छन् । पोखरेल, सिंह र सहकुल थापा एकै ब्याजी निरीक्षक थिए । स्व.खुमबहादुर खड्काले उनीहरुलाई प्रहरी निरीक्षक बनाएका थिए । शेरबहादुर देउवाको संरक्षणमा प्रहरी भित्र भ्रष्टाचार हुन्छ । निर्वाचनकै बेला म्यादी प्रहरीको नाममा प्रबन्धबाट राम्रै लेनदेन भएको आरोप थियो । त्यो बेला प्रबन्ध शाखामा बसन्त लामा प्रमुख थिए । यिनै लामा एआईजीको फुली लगाएको २४ घण्टामा अवकाश भए । त्यसको लागि बसन्तले करोड खर्च गरेको चर्चा थियो ।
बसन्त पन्थलाई पनि त्यस्तै अवसर जु¥यो । उनी तत्कालीन आईजीपी शैलेश थापासँगै विदा भए । उनले पनि करोडौं बुझाएर पेन्सन खाएका छन् । एआईजीको जोड आईजीपी हुने हो । तर आफ्नो ऐना नहेर्दा पनि हुन्छ । किनकि एसएसपी, डीआईजी र एआईजी बन्दासम्म विश्वको सत्ता पहुँचमा एमाले जोडियो । अहिले आईजीपी धिरज सिंह भए । चुनाव गराए, प्रधानमन्त्री शेरबहादुर देउवाले पत्याए । आईजीपीले प्रशासनमा पुजा सिंह, अपराधमा दिवेश लोहनी, उपत्यकामा रविन्द्र धानुक, अनुसन्धान व्यूरोमा उत्तम सुवेदी, प्रदेश प्रहरी समन्वयमा विश्व पोखरेल, कार्य विभागमा सहकुल थापा, तालिममा मुकुन्द आचार्य खटाएका छन् । नेपाल प्रहरीले १७ डीआईजी पदमा बढुवा गर्नुछ । त्यसको लागि २०५१ सालको ब्याचका धेरै छन् । त्यो ब्याचमा वरिष्ठ हेर्ने हो भने सन्दीप भण्डारी कनिष्ठ हेर्दा भीमप्रसाद ढकाल हुनेछन् । यही हो थपिने पहुँचवालाहरुको दौडधुप । विवादित भएपनि अशोक सिंह प्रवक्ता रहेका विष्णुकुमार क्षेत्री मिरा चौधरीहरुको मौका आउने स्थिति छ । एआईजी बन्न करोड बुझाएका र काम नगरी पेन्सनमा गएका प्रहरीहरुको जस्ताको मौका अब डीआईजी हुनेहरुको आउने छैन भन्दैछन् प्रहरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *