समयमा औषधि ल्याउन नसक्ने तर नेपालको ढुकुटीबाट खर्च भएको कैयौँ छ । ठेक्का पट्टाको कामहरुसँग जोडिएका मन्त्रीहरु कै बोली चर्का छन् । पार्टी फुटाउने योजनाबाट बद्नाम भएपछि बल्ल चेत खुलेका छ, प्रधानमन्त्रीको । पहिला प्रधानमन्त्री केपी ओलीप्रतिको आस्था र विश्वास समग्र पार्टीले ग¥यो । व्यक्ति सुध्रन सक्छ, देशभक्त ब्यूँतन सक्छ । पहिला राष्ट्रघाती काम गरेर महाकाली नदीको पल अहिले नेकपाको २३ जिल्लाका १८ हजार ८०० किमी क्षेत्रमा छिमेकी भारतीय विस्तारवादले देखाएको दादागिरीप्रति जनता आक्रोशित छ । सीमा क्षेत्रका जिल्लाको रोगको आतंक बढाउन भारत सफल छ ।
त्यही राष्ट्रप्रेमी जनताको बलमा स्थानीय तहबाट सीमा क्षेत्रमा तारबार लाग्न थालेको छ । सरकारले उनीलाई स्याबासी दिनु पथ्र्यो । तर मधेसी शक्तिहरु भारतीय पक्षकै रुपमा खडा भए । उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो हुँदै डा.बाबुराम भट्टराईको पक्षमा समावादी पार्टीको प्रदेश दुईमा सरकार छ । त्यो सरकारकाले सीमा क्षेत्रको नेपाली भूमिको संरक्षणमा खटेका ठोरीका जनप्रतिनिधिलाई उत्साहित बनाउन सकेका छैनन् ।
भारतले जे गर्छ त्यही गर्ने नेपाल सरकार राष्ट्रिय विपत्तमा आफ्नो स्पष्ट कार्यक्रम दिन नसक्ने भएको छ । यो महामारीलाई भारतसँग सीमा जोडिएका कैलाली कञ्चनपुर, बाँके, रुपन्देही, कपिलवस्तु, बारा, पार्सा, रौतहटमा जाग्नुको कारण भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नाले हो । सरकारले पनि आफ्नो क्वारेन्टाइन भरपर्दो प्रविधियुक्त बनाएको छैन । स्वास्थ्यकर्मी सुरक्षाकर्मी आफैँ आतंकित छन् । राज्यबाट दिनु पर्ने औषधिजन्य सामग्री तीनलाई दिइएको छैन । कोरोना फैलाउन यो हेलचक्रयाइँ काफी छ ।