यौन बिक्री केन्द्र खुले

विविध समाचार

बढ्दो बेरोजगारीको कथा छँदै छ । सरकारले रेडजोन तोक्न सक्दैन । देशभरका सहरी क्षेत्रमा यौन बजार खुलेको छ । प्रहरीले होटल, लजहरुमा बेलाबखत छापा मार्छ । केही युवायुवतीको जोडी पक्राउ गर्छ । कानुन कमजोर छ । यौन व्यापारीको वैकल्पिक क्षेत्र छैन । नांग्ले पसलेलाई कर लगाउने अर्थविज्ञ डा.युवराज खतिवडाले सञ्चार क्षेत्रलाई थला पार्ने ऐन लगाए । कुनै पनि कार्यालय विकासका आयोजनाले विज्ञापन दिन नपाउने स्थिति बनाइयो । भ्र्रष्टहरुको लुट घटेको छैन । यस्तो बेला बागबजारका होटल एन्ड रेस्टुरेन्टको व्यापार फापेको छ । त्यहाँ लकडाउन खेलेपछि हरेक दिन १५÷२० जनाको जोडी भित्रन्छन्, एकाध घन्टा समय बिताउँछन् । लज भाडा ५ सयदेखि ११ सय तिरे पुग्छ । प्रहरीले आम्दानीको स्रोत वेश्यावृत्तिलाई बनाएको छ । लाइनका प्रहरी हाकिम फेरिएको १०÷१५ दिन बागबजार र बसपार्कका लज सुनसान हुन्छन् जब कुरा मिल्छ तब यौन व्यापार चम्कन्छ । अहिले यो व्यवसाय राम्रो चलेको छ । प्रहरीको नजर त्यहाँ जाँदैन । किनकि कमाइ भनेको अहिले त्यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *