भारतबाट आएका नेपालीले कोरोना सारे

अन्तरवार्ता शिक्षा/स्वास्थ

विश्वभर कारोना भाइरसको संक्रमण फलिरहेको बेलामा लामो समयपछि नेपालमा पनि यो रोग फलिँदै गएको छ । सरकारले यसका लागि के गरिरहेको छ ? जनता कसरी जोगिनुु पर्छ र कसको दायित्व के हो ? यावत् प्रश्न राखेर प्रा.डा. विधाननिधी पौडेलसँग तामाकोशी साप्ताहिकका संवाददाता एल.बी विश्वकर्माले गरेको कुराकानीः
० विश्व कोरोना महामारीको कहरमा छ । नेपालमा पनि तीव्र रुपमा फैलिरहेको छ । यो रोगको न्यूनीकरणका लागि वीर अस्पतालले कसरी तयारी गरिरहेको छ ?
कोरोना भाइरस (कोभिड–१९) का न्यूनीकरणका लागि सरकारले दिएका मापदण्डहरुको पालना गर्नुप¥यो । यो पहिलो उपाय हो । हामीसँग रिर्सोसेजहरु कम छ । सरकारले पहिले नै एउटा केस मात्र देखिएको बेलामा लकडाउन आह्वान गरेको हो । त्यसबेला लकडाउन गर्दा राम्रो भएको थियो । कोरोना भाइरस लगभग नियन्त्रणकै स्थितिमा थियो । त्यसबेला सरकारले विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुबाट पनि कोरोना फैलिन पाएन । तर भारतबाट आएका नेपालीहरुले सिंगो मुलुकलाई नै जोखिममा पारे । तेस्रो मुलुकबाट आएकाहरु सिधै प्लेनमा आउँदा सर्न नपाएको हो । तर, भारतबाट आउनेहरु स्थलमार्ग हुँदै आएपछि कोरोना स¥यो । त्यसो भएका कारण अब अहिलेको स्थितिमा कोरोना समुदाय लेभलमा पुगिसकेको छ । किनभन्दा खेरी थाहै नपाइकन कोरोना भाइरस स¥यो । विदेशबाट आएका मान्ेछहरु पनि सबैजना बिनाट्र््याकिङ खुल्लमखुल्ला घुमिरहेको देखियो । यसैले गर्दा पनि कोरोना सरेको हो । अहिले यो तेस्रो चरणमा प्रवेश गरिसकेको छ ।
० लेभल थ्री भन्नुभयो । कति खतरा हुन्छ यो लेबल ?
यो भयांकर खतरानाक अवस्था हो । अहिले यो व्यक्ति–व्यक्तिबीचमा सर्दै गइरहेको छ । उसको कन्ट्याक्ट त कसैसँग भयो होला । तर, उसको कन्ट्याक्ट विभिन्न व्यक्तिहरु एकपछि अर्को धेरै जनामा पुगिसकेको छ । सुरुवात कसरी भयो भने एकजना भारतबाट आएको व्यक्ति सिधै घरमा छि¥यो । पहिले उसले आफ्नो परिवारलाई सारिदियो । त्यो परिवारबाट वरिपरिको छिमेकीहरुमा स¥यो । विस्तारै धेरै स्थानमा त्यो रोग सर्दै गयो । स्थिति भयानक बन्यो । त्यसको सिम्टम त्यति सजिलै देखिँदैन । यहाँ त्यहि भएको देखिन्छ । कोरोना सरेको व्यक्तिलाई कुनै सिम्टम देखिएन । अन्त्यमा त्यो अर्को व्यक्तिमा सरेपछि कोरोनाको सिम्टम देखियो । यो त कमजोर व्यक्तिलाई मात्र देखिने कुरा हो नि । आखिर यस विषयमा यहाँ खोजी नै गरिएको छैन । कन्ट्याक्ट ट्रेसिङ गर्दा सिम्टम देखिएको व्यक्तिको सम्पर्कमा आएको मान्छेहरुको मात्र गरियो । ती व्यक्तिहरुले कति जनालाई सम्पर्क गरे भन्ने विषयमा गरिएन । समस्या यहाँ देखियो । लेभल थ्री भनेको पनि यहि नै हो । जहाँ कसबाट आफूलाई कोरोना स¥यो भन्ने जानकारी नै अर्को व्यक्तिलाई हुँदैन ।
० कसको कमजोरीले समुदायमा फैलियो कोरोना ?
मैले यहाँ कसैको कमजोरी देख्दिनँ । तपाईंले सरकारको कमजोरी भने इंगित गर्न खोज्नु भएको होला । सरकारले पनि सक्दो प्रयास गरिरहेको थियो । हामी खटिरहेका थियौँ, फिल्डमा । अहिले पनि विभिन्न खालका आन्तरिक तयारीहरु गरिरहेकै छौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा चाँडै उपलब्धि हात लाग्छ भन्ने कुरामा ढुक्क छ । फेरि विश्वको महामारी नै यहि हो । यसैले कसैलाई कमजोरी भनेर भन्नुहुदैन् । हाम्रो मापदण्ड सरकारले दिएको थियो । देशमा लकडाउन आह्वान गरियो । तर, बाहिरबाट आएका विषेशगरी भारतबाट स्थलमार्ग हुँदै आएकाहरुले कोरोना सारेका हुन् । सरकारलाई मात्र हामीले दोष दिएर हुँदैन । जनता आफैँले पनि जान्नुपथ्र्यो । तर, त्यहाँ क्वारेन्टाइनबाट धेरैमा कोरोना स¥यो । सुरुवातमा क्वारेन्टाइन निर्माण गर्दा गुणस्तरमा ध्यान दिइएन् । यसकारण पनि समस्या भएको हो । डब्ल्युएचओको मापदण्डअनुसार कुनै पनि स्थानमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयास गरिएको पाइँदैन । यसैले कसैलाई दोष दिने कुरा पनि भएन । सुरुवातमा तेस्रो मुलुकबाट आएका ९ जनामा मात्र कोरोना देखिएको थियो । उनीहरुलाई सरकारले क्वारेन्टाइनमा राख्यो । सबै व्यवस्था ग¥यो । उनीहरुले कसैलाई सार्न पाएनन् । त्यसकारण पनि धेरैलाई सार्न पाएनन् । तर, भारतबाट धेरै मान्छेहरु आए । उनीहरु स्थलमार्ग हुँदै आउँदा कोरोना प्रकोप फैलिँदै गयो । लाखौँ मान्छेहरु स्वदेश फर्किए, नाकाबाट जबरजस्ती नेपाल पसे । भारतले पनि उताबाट फर्काइदियो । त्यहि क्वारेन्टाइनमा बाहिर बस्दा नसरेको व्यक्तिमा स¥यो । क्वारेन्टिनमा प्रत्यक व्यक्तिलाई छुट्टै ट्वाइलेट, बाथरुम हुनुपथ्र्यो । तर, यहाँ त्यस्तो देखिएन । मान्छेहरुमा पनि कम्तिमा ६ मिटरको दूरीमा बस्नुपर्छ । त्यो दूरी मेन्टेन हुन सकेन । उनीहरु गाउँमा गए । गाउँमा स¥यो । त्यहाँ गाउँमा काठमाडौंबाट गएका व्यक्तिहरुमा पनि कोरोना स¥यो । त्यो व्यक्ति काठमाडौं आए । यसरी यो भाइरस देशैभरी फलियो ।
० अब यसलाई रोकथाम गर्न सरकारले कुन विधि अपनाउनु पर्छ ? वा लकडाउनभन्दा विकल्प छैन ?
लकडाउन मात्र यसको विकल्प होइन । कोरोना समुदायस्तरमा फैलिसकेपछि अब समुदाय नै सचेत हुनुपर्छ । अलिअलि लकडाउन पनि छ । त्यो ठिक छ । तर, खाद्य पसल, अस्पतालले सेवा दिइरहेको छ । यी पनि लकडाउनकै एक अंग हो । अब सोसियल डिस्ट्यान्स पालना गरिएको छैन । माक्स लगाइएको छैन । यसैले गर्दा पनि कोरोना सरेको हो । ह्यान्ड वासका कुुराहरु छन् । यी माध्यम यो रोगबाट जोगिने उपायहरु हुन् ।
० रोग सरिसकेको अवस्थामा के गर्ने ?
हामीले विषेशगरी रोग लाग्नै दिनुहुदैन् । यदि रोग लागिहाल्यो भने पनि सचेतना अपनाउनु पर्छ । कोरोना पोजेटिभ देखिएका तर, कुन ैपनि सिम्टम नदेखिएकाहरुले कुनै पनि अस्पतालमा बस्न आवश्यक छैन । उनीहरुले घरकै छुट्टै कोठामा बस्नुपर्छ । तर, चिकित्सकको सुल्लाह र सुझाव अनि चेकजाँच भने विभिन्न समयमा गरिराख्नुपर्छ । अहिले अस्पतालहरु पूरै भरिसकेका छन् । यसैले अस्पतालहरुमा पनि खतरा छ । अहिले कोरोना अस्पताल भनेर छुट्टयाइएका टेकु अस्पताल, पाटन, टिचिङ, बलम्बु अस्पताल फुल भइसकेका छन् । जुन केसमा अक्सिजन अत्यावश्यक छ । त्यो केसमा अस्पताल जानु पर्दैन । जुन सामान्य केस छ । त्यो केसमा चाहिँ अस्पताल गइराख्नु आवश्यक छैन । अलिअलि रुघाखोकी र डाइरियाजस्तो रोग यत्तिकै कम गर्न सकिन्छ । यो पनि रुघाखोकीजस्तो त हो नी । अस्पतालमा आएर बेड भएन भने अरुलाई पनि खतरा हुन्छ । र, काम गर्न पनि कठिन हुन्छ यहाँ पर्याप्त बेडहरु छैनन् । कोरोना मात्रै हेर्ने अस्पताल अहिले छैन । यदि एक स्थानमा हजार बेडको मात्रै अस्पताल बनाउने हो भने सरकारले कोरोना नियन्त्रणमा ठूलो उपलब्धि हात पार्न सक्छ । जस्तै काठमाडौंका ३ ठाउँमा एक–एक बेडको भइदिए हुन्थ्यो । यसमा सरकार र जनता दुवै पक्ष सचेत हुन जरुरी छ । सकारले मात्रै गर्छु भनेर पनि हुँदैन । सरकारको ठाउँमा कहाँ हुन्छ भने जहाँ रोग बढ्दै गयो । त्यहाँ चेकजाँच बढाइदिने न हो ।
० कोरोनाबाहेकका रोगका बिरामीहरुको अवस्था के छ ?
अहिले धेरै रोगका बिरामीहरुले उपचार पाउन सकेका छैनन् । देशभर लडकउन भयो । यसैले उनीहरु आवत्जावत गर्न सकेका छैनन् । केहि बिरामीहरु एम्बुलेन्समार्फत काठमाडौं आएका छन् । उनीहरु यसले गर्दा कोरोना कम थियो । त्यसबेला मुटुका बिरामी, दीर्घरोगीहरु दमका बिरामी, डारेक्टिचका बिरामीहरु भए । बाथका बिरामीहरु पनि मर्कामा परे । यसैगरी किड्नीका बिरामीहरु रहेका छन् । उहाँहरुले पुरानै औषधि खाइरहेका छन् । तर, अन्य रोगका बिरामीको अवस्था दर्दनाक छ ।
० वीर अस्पतालले के तयारी गर्दै छ ?
हामीले ट्रमा सेन्टरमा सबैखाले बिरामीको चेकजाँच गर्ने र एउटा सिंगो घरलाई कोरोनाका बिरामी चेकजाँचका लागि प्रयोग गर्ने प्लान बनाएका छौँ । यो काम छिट्टै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *