व्यक्तिगत असन्तुष्टिको गुजुल्टो जम्मा पारेर बिनागल्ती आरोप थुपारिएको मात्र हो

अन्तरवार्ता

 

 

अछामको रामारोशन गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले अध्यक्ष र कर्मचारीमाथि विभिन्न आरोप लगाएर तालाबन्दी गर्नुभएको थियो । दुई पक्षीय वार्ता र संवादपश्चात तीन दिनमा ताला खोलिएको छ । उहाँले तालाबन्दी गर्नै पर्ने स्थिति कसरी आयो ? गाउँपालिका अध्यक्षमाथि लगाइएको आरोपहरु के सबै सहि हुन् त ? यस विषयमा तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी विश्वकर्माले रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदसँग गरेको कुराकानीको सम्पादित अंशः

० रामारोशन गाउ“पालिकाको कार्यालयमा गाउ“पालिकाका उपाध्यक्षले नै तालाबन्दी गर्नुभयो । के विषयमा विवाद भएको थियो ?
गाउँपालिकामा तालाबन्दी नै गर्नुपर्ने कुनै पनि किसिमको विवाद हामीबीच भएको छैन । यदि त्यस्तो भएको थियो भने त हामीबीच एकपटक वार्ता पनि हुन्थ्यो होला । यदि उहाँले वार्ता गर्न चाहनु भएको होइन भने पनि विधि विधान छ । हामी दुवैजना गाउँपालिकाको जिम्मेवारी सम्हालिरहेका छौँ । कम्युनिस्ट पार्टीका पनि जिम्मेवार व्यक्ति हौँ । प्रदेश कमिटी सदस्य छौँ, दुवै जना । एउटै पार्टीबाट जितेका पनि हौँ । यदि त्यस्तो असन्तुष्टि नै थियो भने जिल्ला कमिटी, प्रदेश र अन्य पार्टीका कमिटीहरुमा छलफल गरिनु पथ्र्यो । मेरो नाममा पार्टीमै मुद्दा हाल्नुपथ्र्यो । कार्यापालिका, अख्तियारलगायत थुप्रै ठाउँहरुमा मुद्दा हाल्न सकिन्थ्यो । तर, त्यस्तो नगरी उहाँले सिधै तालाबन्दी गर्नुभयो । यो काम विधि विधान मिचेर र सामान्य प्रक्रियासमेत पूरा नगरी तालाबन्दी भयो । छापामार शैलीमा एउटै रेडियोमार्फत ३ दिनसम्म लगातार समाचार प्रशारण गर्न लगाइयो । जो मिडियाहरु पहिलेदेखि नै मेराविरुद्ध लागेका थिए । ती रेडियोहरुले सामाचार प्रशारण गरे । यो ममाथिको षड्यन्त्र हो । प्रक्रिया र पद्धतिविरुद्धको अराजकता हो । उहाँलाई लागेका कुराहरु अध्यक्ष तानाशाही भयो । अध्यक्षले तानाशाही शैलीबाट सरकार चलायो भन्ने उहाँलाई लागेको हो भने त्यो पुष्टि हुनुप¥यो । मैले सेना हातमा लिएको वा प्रहरी हातमा लिएको रहेछु, कानुन र विधिविधान मिचेको रहेछु भने पनि भन्नुप¥यो । कार्यापालिका हातमा लिएको भए पनि तानाशाही भएको हो भन्ने हुनुपथ्र्यो । सोमबार कर्मचारसँग उहाँले राखेको कुराहरु बुझ्दा एउटा घट्टेखेतीमा रेडक्रसले दिएको राहत बाँड्न दिइएन भन्ने गुनासो आयो । यसैगरी, कोभिड–१९ नियन्त्रणका लागि निर्माण गरिएको पाँच शैय्याको हस्पिटलसमेत अध्यक्षले एक्लैले उद्घाटन गरेको र आफूलाई कर्मचारीले जानकारी नदिएको असन्तुष्टि आयो । अध्यक्षले पनि समन्वयन भएन । तेस्रो असन्तुष्टि अध्यक्षको श्रीमती सरकारी गाडीमा हिँड्ने अरुलाई हेप्ने, कर्मचारीले समेत उनैले भनेको टेर्ने आफूले केही भन्दा नमान्ने, श्रीमतीलाई मात्र स्थापित गर्न खोजेको भन्ने आरोप छ । यी तीनवटा असन्तुष्टि आन्तरिक रुपमा आए । बाहिर भने तानाशाही शैली, गलत प्रवृति देखाएको आरोप लागेको छ । कर्मचारीबाट अनियमितता भएको, समन्वय नगरेका, सैद्धान्तिक कुराहरु पूरा नगरेकालगायत कुराहरु बाहिर आएका छन् । त्यसले गर्दा तानाशाहीजस्तो शब्द प्रयोग गरिएको छ । इतिहास हेर्दा पनि तानाशाही भनेको हिटलर हो । उ बद्मास थियो । सबैलाई आफ्नो खुट्टामुनी च्याप्नुपर्छ भन्ने उसको भावना थियो । सबै मान्छेलाई सिध्याउने धम्काउने गथ्र्यो । त्यस्तो परिपाटी अहिले छैन । जनताले पनि कदापि यस्ता गलत कुराहरु मान्दैनन् । एउटा लोकतान्त्रिक पार्टीबाट आएको जनवादी मान्छेले यति गलत गर्दैन । सारमा भन्नुपर्दा उनी कोरोना महामारीको बेलामा १–२ महिना काठमाडौं बसिन् । एक महिना बाहिर बसिन् र सारा कुराहरु सामाजिक सञ्जालदेखि सबैतिर विरोध गरिन् । विद्युत् उद्घाटन र राहत वितरणमा पनि उहाँको चर्को असन्तुष्टि रह्यो । मैले आफँैले बढी पहल कदमी लिँदा उहाँ आत्तिनु भयो । त्यसमा फेरि बाहिरबाट पनि रिमोर्ट घुमाइदिए । पार्टीका पनि नेताहरु असन्तुष्ट छन् । कुनै मन्त्रीहरु आफूले राहतका नाममा पाएका चामल बाँडिदिएनन् भन्ने गुनासाहरु पनि थिए । अस्ति हेलिकोप्टर आएको बेलामा पोर्टफोलियोको हिसाबले आफूलाई पछाडि पारिदियो भन्ने पनि थियो । यस्ता समग्रका असन्तुष्टिको गुजुल्टो जम्मा पारेर बिनागल्ती मेरो टाउकोमा आरोप थुपारिएको मात्र हो ।
० अनुगमन प्रतिवेदनबिना नै तपाईंंले योजना पास गरेका आरोप छ नी ।
प्रतिवेदनबिना आयोजना पास गरिएको हो भने त्यो यहाँको अडिटलाई दिने र अख्तियारलाई दिने कुरा हो । यदि त्यस्तो रहेछ भने । कुनै पनि डकुमेन्टमा यस्तो खालको त्रुटि छ भने अडिट र अख्तियारले पनि तानिहाल्छ । अनुगमनको रिपोर्टबिना भुक्तानी भएको कुनै पनि आयोजना छ भने त्यो ल्याउनुस् । त्यस्तो हुनै सक्दैन । यो विवाद वडा नम्बर ५ को निलकण्ठ स्कुलको बारेमा हो । त्यहाँ यस्तो भएको छैन । केही असन्तुष्ट पक्षहरुले उहाँलाई अफवाह फैलाइदियो होला । त्यो मलाई जानकारी छैन । यो कुरा किन बाहिर ल्याइयो भन्द जनताले घुमाउरो भाषा बुझ्दैनन् । फलानोले यसो ग¥यो भनिदिए । रै’छ भनेर बुझ्छन् । यसैले यो कुरा बाहिर ल्याइएको हो ।
० कर्मचारी भर्ना तथा नियुक्तिमा अनियमितता भन्ने आरोप लागेको छ तपाईंमाथि ।
कुनै पनि व्यक्तिलाई सजिलै सन्तुष्ट पार्न सकिँदैन । यसकारण पार्टीको कुनै नेताको वा हाम्रो उपाध्यक्षका केही मान्छे पारिदिऊन् भन्ने चाहना थियो होला । यता परीक्षा भयो । अहिलेको परीक्षा भनेको लोकसेवासरहको हुन्छ । त्यसकारण पनि उनीहरुले नमानेका हुन सक्छन् । यता त आफूले भाग नपाएपछि कांग्रेससमेत सन्तुष्ट छैन । अरु व्यक्तिहरु पनि सन्तुष्ट छैनन् । उनीहरुले फलानोलाई पारिदेऊ भनेर भन्छन् । परिँदिदैनन् । हामीले के गर्नु छ र ! परीक्षामा पास पनि हुनुप¥यो । त्यो त लिखित कुरा हो । हामीले भनेर वा पारिदिएर हुने कुरा होइन । यसकारण उहाँले आफ्ना मान्छे लिस्टमा नपरेपछि विवादको बिउ रोप्नुभएको मात्रै हो । अरु त्यस्तो केहि पनि होइन । मेरा विषयमा शृंखलाबद्ध रुपमा विरोध भइरहेको छ । उच्च अदालतमा मुद्दा छ । अदालतहरुमा मुद्दा छन् । भोटिङ काण्ड छन् । केन्द्र सार्ने विषयमा मुद्दा हालिएको छ । त्यसपछि बन्द छन् । यस्ता शृंखलाबद्ध विरोध भइरहन्छन् । ती सबै विरोधलाई हामीले पचाउँदै हेर्नुपर्छ ।
० कर्मचारीलाई किर्ते हस्ताक्षर गर्न लगाएको आरोप पनि तपाईलाई लागेको छ ?
त्यो किर्ते हस्ताक्षर होइन । हामीले रामारोशन गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा छलफल गरेका थियौँ । त्यसमा उपाध्यक्षज्यूको पनि सहमति देखिन्थ्यो । केन्द्रका लागि गाउँपािलकाले एउटा सिफारिस गरिदिनुप¥यो । आठ लाखको भवन पार्नका लागि भन्ने आयो । हामीले केन्द्र सरकारलाई रामारोशनको केन्द्र गैरीखेत हो भनेर लेख्नुपर्ने र सबैले सहमति भएको देखाउनु पर्ने थियो । त्यसबेला म पनि बाहिर थिएँ । उपाध्यक्षज्यू पनि बाहिर हुनुहुन्थ्यो । पहिले भएको निर्णय हेरेर हस्ताक्षर भनेको थिएँ । उहाँ आफँै सहमत भएको पक्षमा पनि पछि के कारणले पछि हट्नुभयो । थाहा छैन ।
० कांग्रेसले पनि यहि समयमा विरोध गरेको छ । यो संयोग मात्रै हो वा के हो ?
पुनः स्थानीय तहको निर्वाचन नजिकिँदै छ । तत्कालिन एमाले र माओवादी नेकपा भइसके । त्यतिबेला समीकरण थियो । अहिले कांग्रेस समीकरणबाट टाढा हुँदै छ । यसकारण आफ्नो लोकप्रियता बढाउन कांग्रेसले मेरो विरोध गरेको हुनुपर्छ । अर्को कारण भनेको कांग्रेस गाउँपालिका समिति सचिव पूर्ण विकका मान्छेहरु कर्मचारी भर्ना गर्दा नपरेका कारण पनि यो समस्या आएको भन्ने हल्ला पनि यदाकदा सुन्नमा आएको छ । कांग्रेसले व्यक्तिगत स्वार्थलाई संस्थागत बनाएको मात्रै हो ।
० प्रसंग बदलौ“, रामारोशन गाउ“पालिकामा २ भदौको बाढीले ठूलो जनधनको क्षति पु¥याएको खबर छ । कति क्षति पु¥याएको छ ?
रामारोशनमा भदौ २ गतेको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । पाँच सय घरहरु बगाएका छन् । २ सय जनाको सबै सम्पत्तिसहित घर बगाइएको छ । यसैगरी, पाँच सय हेक्टर खेतीयोग्य जमिन र त्यसमा लगाइएको बालीनाली बगाएको छ ।
० निर्माणका काममा स्थानीय जनप्रतिनिधिहरुको साथ कस्तो रह्यो ?
म आफू निर्वाचन भएर आइसकेपछि हाम्रो ७ वटै वडाका जनप्रतिनिधिहरुको साथ राम्रै रह्यो । काम गर्ने क्रममा विचार नमिल्दा वा फरक धारणाका कारण केही असन्तुष्टिहरु रहे । यसकारण पटक्कै साथ पाइएन भन्न मिल्दैन । भदौ २ गतेको बाढीपश्चात् जुन स्प्रिटमा विपद् व्यवस्था गर्ने भनेर सोचेका थियौँ । त्यसरी काम भने हुन सकेको छैन । साथीहरु अलमलमा परेर पनि होला । जनगुनासाहरु धेरै थिए । १७ जनाले ज्यान गुमाएका थिए । त्यसमा पनि हाम्रो वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण परियारज्यूको काँधमा अझ बढी जिम्मेवारी थियो । उहाँले आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ ढंगले पूरा गर्न अहोरात्र मेहनत गर्नुभयो । अन्य ठाउँको सम्बन्धमा विपद्का बेला बेस्सरी भने लाग्न सकिएन । हामीले समिति बनायौँ । विपद् व्यवस्थापन समिति त्यसको नामाकरण गरेर तीन वटा समिति बनाएका थियौँ । उहाँहरुले त्यति सक्रियताका साथ काम गर्नु भएन । सामान्य–सामान्य काम भयो । मुलभूत रुपमा सबै काममा म आफैँ खटेको छु ।
० राहत वितरणमा पनि गाउ“पालिकाले भनेको एकद्वार प्रणाली लागू भएन नी, किन ?
सर्वदलीय बैठक बसेर नै राहत वितरणलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने हामीले योजना बनाएका थियौँ । तर, वास्तवमा त्यस्तो हुन सकेन । त्यसमा अलिकति स्वार्थहरु मिसिए । अलिकति राजनीति भयो । त्यसपछि सबै पार्टीहरुले आ–आफ्नै तरिकाले वितरण र संकलन गर्नेजस्तो देखियो । हामीले त्यो राजनीति रोक्नका लागि सबैलाई आ–आफ्नो तरिकाले वितरण गर्न अनुमति दियौँ । अहिलेसम्म राहत त्यसैगरी वितरण भयो । यस्ता विपत्ति आउँदा देशमा राष्ट्रिय सरकारहरु बन्छन्, जस्तो ०७२ सालको विनासकारी भूकम्प जाँदा पनि त्यस्तो सरकार नेपालमा बनेको थियो । त्यहि विधिलाई अवलम्बन गर्न खोजेका थियौँ । यसैले सहमतिको आधारमा अगाडि बढ्नुपर्छ भनेर हामी लागेका थियौँ । गाउँपालिकाको व्यानरमा हामी लाग्ने सहमति भयो । विषेशतः हरेकलाई आफ्नो लोकप्रियताको भोक थियो । त्यसकारण पनि उनीहरुले हाम्रो नियमलाई उल्लंघन गर्ने स्थिति आएको थियो । अहिले विभिन्न भिजनहरु हुने भएपछि हामीले कुनै पनि राहत वितरण गर्दैनौँ भनेर पछि सरेका थियौँ । अहिले अब सबै खाताहरु बन्द गरेर विपत् र रामारोशनका पीडितको नाममा राहत बाँड्न नपाइने । र, राहत वितरण नगर्ने भनेका छौँ ।
० सबै पीडितसम्म सामान रुपमा राहत पुग्यो ?
राहत वितरण गर्दा समान रुपमा वितरण भयो होला भनेर भन्न सकिने स्थिति छैन । रामारोशनमा राहतको नाममा राजनीति भएको स्पष्ट छ । कोरोना नियन्त्रणका लागि विश्वले नै अपनाएको सामाजिक दूरी कायम गर्ने सन्दर्भमा पनि ख्याल गरिएन । सबैलाई ह्वारह्वार्ती जम्मा पारेर लकडाउनको खिल्ली उडाउँदै राहत वितरण भयो । त्यसबेला एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पैदल मार्गसमेत थिएन । हामीले सेवा कार्यालयहरु निर्माण ग¥यौँ । चार वटा स्थानमा सेवा कार्यालय निर्माण गरिएका थिए । यसपछि पुनर्निर्माणको काममा जोड दिएर । बाढी गएको एक महिना नबित्दै रामारोशनमा पुनः सवारी पु¥याउन सफल भयौँ । त्यसको दुई महिना नपुग्दै राष्ट्रिय लाइन सुचारु गरियो । अब निर्माणका अन्य कामहरुलाई हामीले तीव्रता दिइरहेका छौँ । यहाँ ८ सय ५० जना बाढी पीडितहरु छन् । बाढीले ८ परिवारका १७ जना बगाएको हो । बाढी पीडित सबैले दरखास्त हालेका छन् । त्यसको पनि वर्गीकृत गरेका छौँ । बाढी पीडितहरुमा साउन १२ गते र भदौ २ गतेको बाढीमा परेकाहरु छन् । त्यसमा हामीले वर्गीकृत गरेका छौँ । पहिलो नम्बर मृतक, दोस्रो नम्बरमा २२ वटा घरका ज्यान मात्र जोगाएका पीडितहरु छन् । उनीहरुको कुनै पनि सम्पत्ति बाँकी छैन । त्यसपछि २ सय वटा घरहरु उच्च जोखिममा रहेका छन् । ती घरहरु रहेको बस्ती जतिबेला पनि पहिरोमा पर्न सक्छ । तेस्रो नम्बरमा ३ सय घरहरु अन्य छन् । हाम्रा ७ वटै वडाका ५ सय घरहरु रहेका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने स्थितिमा पुगेका छन् । त्यसमा हाइ जोखिम २ सय घरहरु हुन् । त्यसपछिका पीडित भनेका ५ सय हेक्टर खेतीयोग्य जमिन नष्ट भएर खेत र अन्नबाली बगाएकाहरु छन् ।
० गाउ“पालिकाको अबको रणनीति के छ ?
हाम्रो अबको रणनीति भनेको पुनर्निर्माणलाई तिव्र्रता दिनु, संघसंस्थाबाट सहयोगको अपिल गरेर जनतालाई छाक, बासको व्यवस्था गर्नु । यसैगरी, बस्ती स्थानान्तरण, रोजगारीको व्यवस्थापन, कोरोना नियन्त्रण तथा रोकथाम, बालबिबाह न्यूनीकरण रहेका छन् । यसैगरी, थप वडाहरुको निर्माणका लागि वडा नम्बर ४ लाई २ वटा वडा बनाउने, वडा नम्बर ५ लाई ३ वटामा भागबन्डा गर्ने, वडा नम्बर ६ लाई २ बनाएर ११ वडा बनाउने र गाउँपालिका कार्यालय तोक्ने विषयमा हामी लाग्ने छौँ । सबैलाई राष्ट्रिय विद्युत्को पहँचमा पु¥याउने, सबै स्थानमा सडक निर्माण र पुनर्निर्माणलाई तिव्रता दिने गाउँपालिकाको आगामी कार्ययोजना हुनेछ । यसैगरी, एम्बुलेन्स खरिदका लागि भन्सार छुटको माग गरेको छौँ । त्यो पूरा भएलगत्तै गाउँपालिकामा एउटा एम्बुलेन्स हुनेछ र थप साधन स्रोतहरु हामीले बढाउँदै लैजाने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *