नेपाली जनतालाई कोरोनाको चेतना भया

प्रमुख समाचार

काठमाडौं । विश्वभरी कोरोना महामारीबाट ५ करोडभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेका संख्या १२ लाखभन्दा माथि रहेका छन् । नेपालमा पनि कोरोनाको संक्रमितको संख्या २ लाखभन्दा बढी भइसकेको अवस्था छ । निको हुनेको संख्या १ लाख ६० हजारभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको संख्या ११ सयभन्दा बढी भइसकेको छ । चाडबाडका बेला मानिसहरुको भिडभाड पनि बाक्लो भएको छ र अहिले यातायात क्षेत्रमा जोर बिजोरको व्यवस्था छ । यातायात सञ्चालकले मनलाग्दी यात्रु राखेर ओसार पसार गरिराखेका छन् । कतिपय यात्रुको लापारबाही पनि रहेको छ । यातायात सञ्चालकले मनलाग्दी यात्रु राखेर गाडीभित्र कोचाकोच गरेर यात्रु ओसार्ने काम गरिरहेको अवस्था छ । यसले सामाजिक दूरी कायम भएको छैन । अहिले बजार तथा सरकारी कार्यालयमा भिडभाड त्यत्तिकै अवस्थामा बढेको छ । बजारका लागि असन बजार, भाटभाटेनी सुपरमार्केट, बानेश्वर चोक चाबहिल चोक, कोटेश्वर चोक, बौद्ध जोरपाटी, तिनचुले तरकारी बजारदेखि कलंकी, सामाखुशी, बसुन्धरादेखि मालपोत, नापी महानगरपालिका, नगरपालिका, गाउँपालिका राजस्व कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालयमा व्यापक रुपमा भिड देखिएको छ । यस्तै यातायात सञ्चालकले सिटभन्दा बढी यात्रु राखेका छन् र गाडीभित्र दायाँबायाँ उभिएर यात्रु कोचिएको अवस्था छ । लामो दूरीको भन्दा छोटो दूरीको यातायात व्यावसायीले व्यापक रुपमा यात्रु कोचेको अवस्था छ । लगनखेलदेखि गोदावरी, ठेचु, चापागाउँ, मच्छे गाउँ, कीर्तिपुर, लेले हुँदै सहरी इलाकाभित्र तरकारी ओसार पसार गर्ने जिल्लामा यस्तै बिहान ८ बजेदेखि ११ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म भिडभाड व्यापाक रुपमा भएको छ । प्रहरी रमिते भएको छ । हुन त सरकारले कोरोना चेकजाँच गर्नसमेत छाडेको अवस्थामा कोरोनाको निगरानी राखेर केही हुँदैन् । कोरोना रोग भुसको आगोझै गाउँदेखि सहरसम्म फैलिँदै छ । अहिले धेरै भिडभाड हुने स्थान खोलिएको छैन । चलचित्र भवन, जिम हल, निजी विद्यालय, कलेज, सरकारी कलेज, सरकारी स्कुल, टुरिज्म क्षेत्र, पार्टी प्यालेसजस्ता ठाउँमा देखावटी रुपमा सञ्चालन गरेका अवस्था छैन तर सहरी इलाकामा दिन प्रतिदिन कारोना फैलिएको अवस्था छ । सरकार रमिते भएको अवस्था छ । यी सबै क्षेत्र खोलिएको भए कस्तो अवस्था आउने थियो ? कल्पना पनि गर्न सकिँदैन । तर, कतिपय अवस्थामा नेपाल सरकार जिम्मेवारीबाट पन्छिँदै छ । सरकारका कर्मचारीले कोरोनाको नाममा जथाभावी गरेका छन् । खोकी लागेको बाहनामा कोरोना देखाएर कार्यालय नआउने कर्मचारीले तलब पाउने गरेका छन् । बेतलबी बिदा लेखाएर घरमा बस्ने, अफिसमा गए पनि हाटा गर्ने, जनताको काम पेन्डुलम राख्ने, कहिले को आएन, कहिले कार्यालय प्रमुख आउनु भएको छैन, कहिले प्रशासनको हाकिम आउनु भएको छैन, कहिले लेखा अधिकृत आउनु भएको छैन भन्दै सेवाग्राहीलाई मारमा पार्ने गरेका छन् र एक दिनमा हुने काम एक हप्तासम्म राख्ने कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । काम ढिला गर्ने तर सामाजिक दूरी कायम राख्नु भन्ने गरिएको छ । यसको अनुगमन कसैले गरेको छैन । कोरोनाको बाहना गरेर सरकारी कर्मचारीले तलब मात्र खाने गरेका छन् । अहिले झन् राजनीतिक दलभित्रको कर्मचार िसंघ संगठनका नेता जति कोरोनाको बाहना बनाएर सरकारी गाडी लिएर घुमघाममा व्यस्त रहेका छन् । ठूला ठूला राजनीतिक दलका नेता, कर्मचारी संघसंगठनका नेतालाई रमाइलो भएको छ । जागिर खान पनि नजाने, काम पनि नगर्ने तलब मात्र लिन जाने प्रवृति बढेको छ । स–साना कर्मचारीाई मार ठूला कर्मचारीलाई चैन भएको छ । यसको निगरानी कसैले गरेको छैन । जुनसुकै सरकारी कार्यालयदेखि गैरसरकारी कार्यालयमा सेवाग्राहीलाई निषेधाज्ञा जारी गरी महिना मरेपछि तलब खानेभन्दा अन्य काम भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *