वीरमा सहसचिव गौतमको हालीमुहाली कहिलेसम्म ?

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । ‘जो चोर उसैको ठूलो स्वर’ भनेजस्तै सबैभन्दा जेठो र पुरानो अस्पताल भनेर सर्वसाधारणले वीर अस्पताललाई चिन्ने गरेका छन् । सर्वसाधारणले वीर अस्पताललाई आशाको केन्द्र माने तापनि त्यसभित्रको विकृति र विसंगतिको चाङले त्यत्तिकै दूर्गन्धित बनाएको छ । दूर्गन्धित मात्रै बनाएको छैन, वीर अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले यसलाई आफ्नो पेवा जस्तै बनाएका छन् । अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री खरिददेखि लिएर कर्मचारी भर्ना, सरुवा, बढुवा र निर्देशक नियुक्तिमा समेत ठूलो धनराशीको चलखेल हुने गरेको पाइन्छ ।

वीर अस्पतालमा हुने गरेको भष्टाचार र अनियमितताको छाविन अहिलेसम्म अख्तियारले गर्न सकेको छैन । २०५४, ०५५ सालतिर शाखा अधिकृत भएका अर्जुन गौतमले लामो समयसम्म वीर अस्पतालमा हालीमुहाली गर्दै आएका थिए । गौतम खुल्ला प्रतिस्पर्धाबाट नभइ फाइल बढुवाबाट उपसचिव बनेका थिए । वीरमा उपसचिव भएपछि विभिन्न निकायमा बस्न सफल भए । त्यसपछि गौतम सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भएपछि सरकारले गौतमलाई २०८० फागुनमा मधेश प्रदेश पठाएको थियो । उनी मधेश प्रदेशमा तीन महिना पनि नविताइ फेरि वीर अस्पतालमा आउन सफल भएका छन् ।

यसरी सरकारले आवश्यक ठाउनेर मधेश प्रदेश पठाएका सहसचिव गौतम फेरि वीरमै फर्किनुको रहस्य के छ ? यस्ता कर्मचारी त वीर अस्पतालमा कति छन् कति । वीरका यस्ता कर्मचारीमाथि अख्तियारले छानविन गर्न नसक्नु त्यो भन्दा लाजमर्दो अवस्था के हुन सक्छ ? वीर अस्पतालभित्र हुने भ्रष्टाचार, अनियमितता र बेथितिको छानविन गर्न नसक्नु सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *