कोभिडलाई पराजित गर्न एकजुट हुन आवश्यक

प्रमुख समाचार

नोबेल कोभिड–१९ ले विश्वलाई नै तहसनहस बनाएको छ । तर, यस्तो महामारीले पनि उत्पादनमा ध्यान दिने मुलुकलाई भने खासै असर पु¥याएको छैन । अहिले हेर्ने हो भने भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गर्दा पनि त्यहाँ यस्ले खासै असर पु¥याएको छैन । तर, नेपालजस्तो रेमिट्यान्सको भरमा चलिरहेको मुलुकलाई भने यसबाट ठूलो समस्यामा पर्ने देखिएको छ । नेपालमा भने सरकारले उत्पादनलाई ध्यान दिनु सकेको छैन । युवाहरुलाई मुलुकमै उत्पादनमा लगाउनुपर्ने बेला सरकारले केही योजना नबनाएकाले अब पनि युवाहरु विदेशिनुको विकल्प देखिएको छैन । कोभिडले मुलुक तहसनहस भइरहेको बेला सरकारले युवाहरुलाई स्वदेशमा नै उपयोग गर्नका लागि योजना नबनाउने हो भने कोभिडपछि पनि मुलुकले कोल्टे फेर्ने सम्भावना भने देखिएको छैन ।
यहि बेला नेपालीहरुको महान् दुई ठूला चाडहरु आए । यस्तो बेला वैदेशिक रोजगारमा रहनेहरुको परिवारका लागि खासै समस्य भएन तर ज–जस्को परिवारहरु वैदेशिक रोजगारीमा रहेनन्, उनीहरुको हालत अत्यन्तै पातलो भयो । कोभिडले मुलुकभित्र हुने आर्थिक कारोबारमा अत्यन्तै ठूलो नकरात्मक असर प¥यो । सरकारले उद्योगी, व्यावसायीहरुलाई राहत ल्यायो तर श्रमजीवी वर्गका लागि कुनै राहत नल्याउँदा दिनभर कमाएर दुई छाक टार्ने समुदायले आत्महत्याको बाटोसमेत रोजेको समाचारहरु यत्रतत्र छरिए । जनताले खाना नपाएर आत्महत्या गर्न बाध्य भए भन्ने समाचार बाहिर आउँदा बेइज्जत नहुने सरकारलाई बेरोजगारीले खान पाउँदा बेइज्जत सम्झनु योभन्दा अर्को दुःखको कुरा खोज्नै पर्दैन । कम्युनिस्ट भन्नेबित्तिकै गरिब र श्रमजीवीहरुको पार्टी भनिँदै आएको थियो तर अहिले कम्युनिस्टले शासन व्यवस्था चलाउँदा तिनै गरिब र श्रमजीवीहरुको पेटमा लात हान्ने काम हुँदा जनतामा एक किसिमको निरासा फैलिएको छ ।
कोरोना रोकथामको प्रमुख उपाय भनेको नै भीडभाड नगर्नु हो भन्ने जान्दाजान्दै पनि सरकारले कडीकडाइका साथ लकडाउन गरेन । सीमा क्षेत्रमा सिल गर्न सकेन, त्यसैले नै कोरोनाले नेपालमा भयवहको रुप लियो । सरकारले लकडाउनको अवधिमा पहुँचवालालाई सवारी पास बाँडेर जनताको जीवनमाथि खेलबाड गरेकै हो । अहिले कोरोना संक्रमितमध्ये पहुँचवालाले सजिलै उपचार पाइरहेका छन् भने गरिब जनताले भने उपचारको रकम भुक्तानी गर्न नसकेर अस्पतालमा नै बन्धक बनेर बस्नु परेको छ । कोरोनालाई परास्त गर्न खासगरी चेतनामूलक कार्यक्रम मात्र बाहिर ल्याएको भए कोरोनाले यत्ति वितण्डा मच्चाउने थिएन तर सरकारी बजेट सकाउनका लागि सरकारमा बस्नेहरुले आर्थिक अनियमितता गर्दा आज आमजनता मारमा परेका छन् । यस्तो अवस्थामा अब कोभिडको संक्रमणलाई न्यूनीकरणका लागि आमजनता नै एकजुट भएर लाग्नु पर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *