रोकिएन कोरोना परीक्षणको लुट

समाचार

काठमाडौं । विश्व महामारीले कारोनाको खोप नेपालमा ल्याउने रु ४८ अर्बको आवश्यक छ । तर, प्रधानमन्त्री केपी ओली भने स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि खरिद र स्वास्थ्य परीक्षणमा हुने भ्रष्टाचारको बारेमा चासो दिँदैनन् । प्रधानमन्त्री ओलीले संयोजक बनाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट ओम्नी समूहबाट मात्र होइन, सेनाले भित्र्याएको माक्समा समेत ठूलो रकम भ्रष्टाचार भएको थियो । जनताको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जसलाई स्विकृति दियो, त्यसको अनुगमनसमेत गरेन । कोरोना परीक्षणका नाममा प्रतिव्यक्ति दुई हजारबाट सुरु भई चार हजार पाँच सयसम्म असुलेका छन् । ग्रान्डी ह्याम्स, ग्रिनसिटी मात्र होइनन्, डा.उपेन्द्र महतोले खोलेको धापाखेलस्थित अस्पतालले समेत ठगी गरेको अवस्था छ । सरकारले परीक्षण संख्या पनि घटायो । स्वास्थ्यबाट हुने खरिदमा सिसिमएमसीका संयोजक पोखरेलको भ्रष्टाचार सेनाबाट खरिद भएको एन–९५ माक्समै तोकिएको मूल्य र बजारको अवस्थाले देखाएको छ । स्वास्थ्य मन्त्री बन्न पुगेका हृदेश त्रिपाठीले जनताको पीडाप्रति ध्याने छैन । भानुभक्त ढकालले खानु खाए । ढकाल ओलीको विश्वास प्राप्त भएकाले गोकुल बास्कोटा जोगिएजस्तै जोगिएका छन् । गरिबका लागि स्वास्थ्य क्षेत्र पनि टाढिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *