गृह मन्त्रालय पंगु बनाउदै सचिव एकनारायण अर्याल

राजनीति समाचार

काठमाडौं । प्रचलित ऐन,कानुन नपल्टाई,स्टण्ड र सनकका भरमा कदम चाल्दा के परिणाम देखिन्छ ? यस्को उदाहरण हेर्न गृहमन्त्री लामिछानेका एक पछाडि अर्काे कदमलाई हेरे पुग्छ ।

सहकारीको करोडौं रकम ठगी र अपचलनमा संलग्न भएको आरोप खेप्दै आएका रवि लामिछाने गृहमन्त्री भएको पछिल्लो तीन महिनाको अवधिमा उनले चालेका कदमहरू हल्काफुल्का र लहडी किसिमका देखिन्छन् । केही पछिल्लो कदम वा निर्णयहरु सर्वाेच्चले उल्टाइदिएको छ भने केही प्रकरणमा उनी आफैं चिप्लिएका छन् । कुनै पनि बिषयको अनुसन्धान सुक्ष्म ढंगले गरिन्छ कि सनकका भरमा ? पहिला अनुसन्धान होला,अनि दोषी देखिए उसलाई कानुन अनुसार पक्राउ गर्नुपर्ने होला तर पछिल्लो समय हचुवाकै तालमा हाइप्रोफाइलवालाहरु समाउने र छोड्ने घटना बढ्न थालेको छ । यस्ले प्रहरीको छबि नै माटोमा मिल्ने चिन्ता व्यक्त गर्दछन्,पूर्व प्रहरीहरु ।

प्रतिशोधको राजनीतिका कारण रवि लामिछाने आफैं आफ्नो छवि धूमिल पारिरहेका छन् । जस्तो कैलाश सिरोहिया प्रकरणमा पक्राउ गरेको ९ दिनपछि हाजिरी जमानीमा छोड्नुप¥र्यो । यदी हाजिर जमानीमै छोड्नु थियो भने किन पक्राउ गरेको ? सुन तस्करी प्रकरणमा जसरी ठूला कुरा गरियो र कृष्णबहादुर महरालाई पक्राउ गरियो र छोडियो । यही प्रकरणमा जोडिएका सहसचिव अरुण पोखरेललाई महिनौसम्म जिम्मेवारविहिन बनाइयो र अन्तिममा नवलपरासीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइयो । रवि लामिछाने नै जोडिएको सहकारी ठगी प्रकरण अन्तिम अवस्थामा पु¥याइरहेकी सिआइबीको तत्कालीन प्रमुख किरण बज्राचार्यलाई समेत सुन तस्करी प्रकरणमा जोडेर हेर्डक्वार्टरमा तानियो ।

यस्तै बाँसबारी छालाजुत्ता प्रकरणमा उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीसँग बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले बयान लिने हल्ला उसैगरी चलाइयो । अन्तिममा क्लिन चिट दिइयो । गणतन्त्र दिवसकै दिन रवि लामिछानेले सनककै भरमा अर्काे निर्णय ठोकिदिए,मापसेमा परेकाहरुलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने । जबकी कानुन तथा ऐनमा यसरी श्रम दण्ड दिन पाइदैन । हुकुमी शैलीमा रविको उक्त निर्देशनलाई सर्वाेच्चले उल्टाइदिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवी बनाउने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यता,गृहसचिव एकनारायण अर्याल अध्यक्ष रहने डिआइजी बढुवामा पैसाको चलखेल भएको आरोप प्रतिष्प्रर्धी नै लगाएको बिषय नै जोडका साथ उठिरहेको छ । यी सबै घटनाक्रमले रविको अपरिपक्कता त देखाएको छ नै । त्यहाँ सचिवका रुपमा पुगेका एकनारायण अर्यालले समेत आफ्नो टिम सेट गराएर खुलेआम लुट धन्दा मच्चाइरहेको बताइन्छ । जस्तो एक पछि अर्काे काण्ड र भ्रष्टाचारमा मुछिएका बसन्त अधिकारी,गोगन बहादुर हमाल लगायतका कीर्ते र भ्रष्टाचार काण्डमा डामिएका प्रशासकलाई गृहमा भित्र्याउनुलाई एकनारायणको सेटिङ्ग भन्छन्,गृहकै कर्मचारीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *