लाश आउन बन्द गरी रेमिट्यान्स आउने वातावरण बनाऔँ

लेख

रामचन्द्र बस्नेत
गत शनिबार नेपाल बायु सेवा निगमले मलेसियाबाट १८ जना नेपाली युवाको बाकसमा बन्द लाशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको छ । समाचार सूत्रका अनुसार कामको सिलसिलामा मलेसिया पुगेर आकस्मिक निधनलाई भोग्न बाध्य भएका अरु ५० जना नेपालीको लाश मलेसियामा रहेको छ । तीन दशकदेखि नेपाली युवा युवतीहरु मलेसियादेखि खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । यसैगरी अमेरिकादेखि अस्ट्रेलिया र बेलायतमा पनि नेपाली युवा युवतीहरु अध्ययनसँगै रोजगारका गर्नका लागि पनि पुग्ने गरेका छन् । अरब मुलुक र मलेसियामा जाने युवा युवतीहरुले आफ्नो घर परिवारको साँझ बिहानको चुलो बाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसैगरी अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विकसित र समृद्ध मुलुकमा पुगेर अध्ययनसँगै रोजगारी पनि गरिराखेका नेपाली युवा युवतीहरुले नेपालमा रहेका आफ्नो घर परिवारको आर्थिक स्थितिमा उल्लेखनीय सहयोग पु¥याइराखेका छन् । अरब मुलुक तथा मलेसियामा मात्रै ३० लाखभन्दा बढी नेपाली युवायुवतीहरु रोजगारीमा रहेको अनुमान गरिएको छ । र, मलेसिया, अरब मुलुकसँगै अष्ट्रलिया र पश्चिामा मुलुकमा ठूलो संख्यामा नेपाली युवा युवती रोजगारीका निम्ति गएका कारणले गर्दा नै नेफालको अर्थतन्त्रलाई राम्रो भरथेग हुने गरी रेमिट्यान्स आउने गरको छ । यही कारणले गर्दा नै दुनियाँभरका मुलुकरुको अर्थतन्त्र धारासायी हुँदा पनि रेमिट्यान्सकै कारणले गर्दा नेपालको अर्थतन्त्र भने जोगिएको थियो । यही कारणले गर्दा नै नेपाल राष्ट्र बैंका तथा अर्थ मन्त्रालयले रेसिमट्यान्सलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड मान्ने र त्यही अनुसारको व्यहार गर्ने गरेका छन् ।
सरकारको तर्फबाट रोजगारीलाई प्रोत्साह गर्ने काममात्र हुने गरेकाले मुलुकमा उब्जिने तेलबारीहरु बर्षौँदेखि बा खेत बाँझो रहँदा त्यहाँ पसिना बगाउनु पर्ने नेपाली युवा युवतीहरु भने मलेसिया र अरबको कम्तिमा ५० डिग्री तापक्रमा परिवारको हातमुख जोर्नका लागि पसिना बगाइरहेका छन् । यता, कृषि कृषि प्रधान मानिएको यो मुलुकमा आवश्यक पर्ने सबै कृषिजन्य सामग्रीहरु भने बाहिरबाट आयत गरिएको हुन्छ ।
वैदेशिक रोजागरीका कारण एकातिर मुलुक अर्थतन्त्र पूर्णरुपमा रेमिट्यान्समा निर्भर भइराखेकोछ भने अर्कातिर मुल्ुकको उब्जाउशील खेतबारी जनशक्तिको अभावमा लामो समयदेखि खेतबारी बाँझो राखिएको छ । नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत सरोकारबाला निकायको ध्यान रेमिट्यान्समा मात्र पुग्ने गरेकाले पछिल्ले समयमा रोजगारीका लागि मलेसिया पुगेका १८ जना युवायुवतीहरुको लास एकै दिन ४÷५ वटा आउने गरेको छ । र, मलेसियमा नै ५० वटा नेपाली युवायुवतीको लाश पालो पर्खिरहेका छन् ।
यो नियति भनेको सम्बन्धित व्यक्तिको परिवारका लागि मात्र होइन, सम्पूर्ण नेपालहरुका लागि यो मार्मिक अवस्था हो । तर सरकारको वैदेशिक रोजगारदेखि नेपाल राष्ट्र बैंक अर्थ मन्त्रालय तथा कृषि तथा सहकारी विकास मन्त्रालयले कहिल्यै पनि रोजगारीका लागि अरब र मलेसिया पुगका नेपाली युवा युवतीको निधन कसरी हुन्छ भनेर अहिलेसम्म खोजीनिती गरेको देसिएको छैन । नेपालमा सरकारी निकायहरुको चासो सधैँभरी रेमिट्यान्समा मात्र ह्ुने गरेको छ ।
कतिपय राजनीतिक दल तथा उनीहरुका भ्रातृ संगठनहरुले अहिले पनि गोर्खा भर्ती केन्द्र बन्द गर भनेर चर्को नारा लगाउने गरिराखेकै छन् । तर गोरखा भर्ति केन्द्रभन्दा पनि अपमानजनक अवस्थामा नेपाली युवा युवतीहरुले खाडी तथा मलेसियामा पुगेर जोमिखपूर्ण अवस्थामा श्रम बेचिराखेका छन् । त्यसैको परिणम नै अहिले दैनिक १८ वटासम्म लाश त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आउने गरेका छन् ।
एक वर्ष अगाडि विश्वव्यापी रुपमा नै कोरोना महामारी फैलिएर रोजगारी र उद्योग धन्दामा गम्भीर असर पर्न थाले पछि नेपाली युवा युवतीहरु पनि रोजगारी गुमाएर नेपाल फर्किएका थिए । खुद र अतंकपूर्ण अवस्थामा सरकारका कतिपय मन्त्रीहरुले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई आफ्नै मुलुकमा रोजगारी उपलब्ध गराउने र मुलुकलाई पनि आत्मनिर्भर बनाउने अठोट गर्ने काम भएको थियो । तर कोरोना महामारी नियन्त्रण गर्न आजबाट सरकारले सर्वसधारणमा खोप लगाउँदै छ । तर, कोरोना महामारीका कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवायुवतीहरुलाई आफ्नै मुलुकमा रोजागरी उपलब्ध गराउनेतिर सरकारको तर्फबाट कुनै पहल भएको छैन । सरकारको पक्षबाट जहिले पनि आफ्ना जनतामथि करको भार थप्ने काम मात्र हुने गरेको छ । अहिलेसम्म भएका अर्थमन्त्रीले जनताका लागि रोजगारी उपलब्ध गराउने योजनाहरु ल्याउनेभन्दा जनताको काँधमा आर्थिक भार थप्ने काम मात्रै हुने गरेको छ । यही कारणले गर्दा पनि नेपाली युवा युवतीहरु विभिन्न जोखिम र चुनौतिलाई मोलेर रोजगारीका निम्ति मलेसियादेखि खाडी मुलुकसम्म पुग्ने गरेका छन् । यो स्थितिमा सरकारको तर्फबाट रेमिट्यान्सलाई भन्दा पनि अब काठको बाकसमा बन्द भएर आउने नेपाली युवायुवतीको लाशलाई ध्यान दिनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *